एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। पोडकास्टको यो अङ्कमा उक्त कार्यक्रममा भाग लिनु भएका डिकी बम्जन, अर्जुन पौडेल र नारायण मिश्रसँग उहाँहरूको केर्न्ससम्मको यात्रा, तिहार अनि गीत सङ्गीत लगायतका विषयहरूमा गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





