एसबीएस नेपाली लगायत तिहार तथा दीपावली मनाउने एसबीएस साउथ एसियनका भाषा सेवाहरूले क्वीन्सल्यान्डको राजधानी ब्रिसबेनबाट झन्डै १,४०० किलोमिटर उत्तरमा पर्ने क्षेत्रीय शहर केर्न्सबाट बिहीबार, अक्टोबर ९ मा आफ्ना रेडियो कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण गरेका थिए। दिनभर केर्न्स स्थित केर्न्स सेन्ट्रल सपिङ सेन्टरबाट भएको प्रत्यक्ष प्रसारणका क्रममा केही नेपालीभाषीहरू पाहुनाका रूपमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा जोडिनुभएको थियो। पोडकास्टको यो अङ्कमा उक्त कार्यक्रममा भाग लिनु भएका केर्न्स भुट्निज कम्युनिटी इन्कका तेजमान रायका मगर तथा स्थानीय रूपमा खुद्रा व्यवसाय सञ्चालन गर्ने सुमित्रा गौतम र उनका श्रीमान् धन गौतमसँग भुटानदेखि केर्न्ससम्मको यात्रा अनि तिहार लगायतका विषयहरूमा गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





