SKIP TO MAIN CONTENT

शिभाली गुरुङ: १४ वर्षमै अस्ट्रेलियन ग्रान्ड स्लाम खेल्ने ‘पहिलो नेपाली’, फुटबलबाट टेनिस कसरी?

Shivali Gurung Melbourne 1
Shivali Gurung is representing Nepal in the under-14 category of the Asia Pacific Elite Trophy at the Australian Open. Credit: SBS Nepali/Dinita Rishal

ज्यानुअरी १२ बाट सुरु भएको अस्ट्रेलियन ओपन अन्तर्गत हुने एसिया प्यासिफिक एलिट ट्रफीमा नेपालको प्रतिनिधित्व गर्दै शिभाली गुरुङले खेल्दै छिन्। उनी १४ वर्ष र मुनिको विधामा खेल्ने भएकी हुन्। फुटबलमा रुचि राख्ने शिभालीलाई ६ वर्षको हुँदा बुवाले टेनिस खेल्न लगेयता उनले निरन्तर टेनिस खेल्दै आएकी छन्। गुरुङ हाल एसियाको यू-१४ तर्फको चौथो वरीयताकी खेलाडी हुन्। अस्ट्रेलिया आउनु अगि केही समय मलेसियास्थित मोराटोग्लु एकेडेमीमा अभ्यासमा बिताएकी थिइन्। उक्त एकेडेमीमा उनले एक वर्षको छात्रवृत्ति पाएकी हुन्। अस्ट्रेलियामा ज्यानुअरी २८ देखि ३० सम्म हुन गइरहेको प्रतियोगिताको तयारीका लागि मलेसिया प्रस्थान गर्नु अगि नेपाल संवाददाता प्रतिक्षा दुलालले गुरुङसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

ज्यानुअरी १२ बाट सुरु भएको अस्ट्रेलियन ओपन अन्तर्गत हुने एसिया प्यासिफिक एलिट ट्रफीमा नेपालको प्रतिनिधित्व गर्दै शिभाली गुरुङले खेल्दै छिन्। उनी १४ वर्ष र मुनिको विधामा खेल्ने भएकी हुन्। फुटबलमा रुचि राख्ने शिभालीलाई ६ वर्षको हुँदा बुवाले टेनिस खेल्न लगेयता उनले निरन्तर टेनिस खेल्दै आएकी छन्। गुरुङ हाल एसियाको यू-१४ तर्फको चौथो वरीयताकी खेलाडी हुन्। अस्ट्रेलिया आउनु अगि केही समय मलेसियास्थित मोराटोग्लु एकेडेमीमा अभ्यासमा बिताएकी थिइन्। उक्त एकेडेमीमा उनले एक वर्षको छात्रवृत्ति पाएकी हुन्। अस्ट्रेलियामा ज्यानुअरी २८ देखि ३० सम्म हुन गइरहेको प्रतियोगिताको तयारीका लागि मलेसिया प्रस्थान गर्नु अगि नेपाल संवाददाता प्रतिक्षा दुलालले गुरुङसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now