'डरलाग्दो अवस्था': जलवायु परिवर्तनले अस्ट्रेलियाको वातावरणमा ठुलो प्रभाव पार्दै

A bushfire jumps the Bells Line Road north of Lithgow.

A bushfire jumps the Bells Line Road north of Lithgow, Thursday, Oct. 17, 2013. (AAP Image/Dean Lewins) NO ARCHIVING Source: AAP

वातावरणीय कारण अस्ट्रेलियाका कैयन जनावर लोप भइरहेको एक डरलाग्दो तथ्य सार्वजनिक भएको छ।


वातावरणीय अवस्थाका बारेमा सार्वजनिक भएको पछिल्लो प्रतिवेदनले अस्ट्रेलियाका विभिन्न प्रजाति र इकोसिस्टममा जलवायु परिवर्तनको प्रत्यक्ष असर गरेको खुलासा भएको छ।

सन् २०२१ को अस्ट्रेलियाको वातावरणीय मूल्याङ्कन सार्वजनिक भएसँगै यसले डरलाग्दो अवस्थाको उजागर गरेको हो।

हालकी वातावरण मन्त्री तान्या प्लिसवर्ग यसलाई 'कठिन' परिस्थितीको रूपमा व्याख्या गर्छिन्।

“व्यक्तिगत रूपमा मेरा लागि यी सबै खुलासाहरू डरलाग्दा छन्, एकत्रित प्रभावका बारेमा सोच्दा वातावरणीय गिरावटको पूर्ण चित्र देख्न सकिन्छ,” उनले भनिन्।

प्रत्येक पाँच वर्षमा सार्वजनिक गरिने उक्त रिर्पोटमा यस पटक भने अस्ट्रेलियाको बिग्रँदै गएको वातावरणका बारेमा धेरै चर्चा गरिएको छ।

रिर्पोटका अनुसार जमिनको तापक्रम १.४ डिग्रीले बढेको छ भने जैविक विविधता पनि नष्ट हुँदै गएको छ।

Minister for the Environment and Water Tanya Plibersek with the State of the Environment report at the National Press Club
Ministerin Tanya Plibersek mit dem State of the Environment Bericht. Source: AAP

“अस्ट्रेलियाले कुनै पनि महादेशको तुलनामा सबैभन्दा बढी स्तनपायी जनावरहरूलाई गुमाएको छ,” उनले भनिन्।

उक्त प्रतिवेदनमा १९ वटा इकोसिस्टम विनाश हुने अवस्थामा रहेको पनि खुलासा गरिएको छ।

प्रतिवेदन लेखिका इमा जोन्स्टन् प्रजातिहरू खतरामा पर्नुका विभिन्न कारणहरू रहे पनि यसको अन्तर्निहित कारण भने जलवायु सम्बन्धी घटनाहरूको प्रभाव रहेको बताउँछिन्।

“सामान्यतया वातावरण खराब अवस्थामा छ, र आलोचनात्मक रूपमा तिनीहरूको प्रक्षेपण पनि खराब नै छ,” उनले भनिन्।

सन् २०१९/२० मा डँडेलोका कारण मात्र पनि करिब तीन अर्ब जनावरहरू मारिएका थिए।

अस्ट्रेलियाको वातावरण संरक्षण सम्बन्धी संस्था अस्ट्रेलियन कन्जरभेसन फाउन्डेसनकी प्रमुख केलि ओ सानासी सार्वजनिक भएको रिपोर्ट डरलाग्दो भएता पनि आश्चर्यजनक भने नभएको बताउँछिन्।

“विलुप्त हुनबाट रोक्न सकिन्छ, र यसलाई रोक्न कोइला र ग्यास सम्बन्धी खानीहरूलाई बन्द गरिनु पर्छ,” उनले भनिन्।

डिसेम्बर महिनामै पूर्व सरकारलाई उक्त रिपोर्ट बुझाइएको भए पनि यसका बारेमा उचित कदम नचालिएको भन्दै वातावरण मन्त्री तान्या प्लिसवर्गले अघिल्लो सरकारको आलोचना गरेकी छन्।

रिपोर्ट सुन्नुहोस्। 'डरलाग्दो अवस्था': जलवायु परिवर्तनले अस्ट्रेलियाको वातावरणमा ठुलो प्रभाव पार्दै हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

वर्तमान लेबर सरकारले भने वातावरण संरक्षण र जैविक विविधता संरक्षण ऐनको स्वतन्त्र समीक्षा गरी वर्षको अन्त्यसम्म जवाफ दिने वाचा गरेको छ।

यस बाहेक, ऐनमा परिवर्तन गरी, सन् २०३० सम्म ३० प्रतिशत भूमि र समुन्द्रलाई संरक्षण गर्ने नीति लिने पनि सरकारले जनाएको छ।

केलि ओ सानासी सरकारी प्रतिबद्धताले राम्रो सुरुवात गर्ने आशा गर्छिन्।

यद्यपि सरकारले चुनावका गरेका प्रतिबद्धताहरू कार्यान्वयन गर्न सुरु नगरिएको प्रति भने प्रश्नहरू उठ्न थालेका छन्।

उत्सर्जनलाई कम गर्ने लक्ष्य र कोइला तथा ग्यास खानीहरू बन्द गर्ने प्रतिबद्धतामा अघि नबढेको भन्ने गुनासाहरूबिच वातावरण मन्त्री तान्या प्लिसवर्ग आफ्ना वाचाहरू नभुलेको बताउँछिन्।

यता ग्रिन्सले पनि महत्वकाक्षी लक्ष्यका लागि जोड दिइरहेको छ, पार्टी प्रवक्ता साराह हयान्सन–यङ्ग लेबरसँग सहकार्य गर्न आफ्नो दल तत्पर रहेको बताउँछिन्।

“यो वातावरणमा कोड रेड जारी भएजस्तै हो, यसका लागि हामीले तुरुन्तै काम थाली हाल्नुपर्छ,” उनले भनिन्।

यता वन्यजन्तुको वासस्थान र यसको वरीपरिको वातावरण सम्बन्धी ज्ञाता प्राध्यापक इयोन रिची, नीतिहरूले काम नगरी रहेको देखिएको बताउँछिन्।

विपक्षी दलका वातावरण सम्बन्धी प्रवक्ता जोनाथन डुनीयमले भने सरकारलाई राजनीति कम गर्न र समस्याको समाधानमा जोडतोडका साथ लाग्नका लागि सुझाव दिएका छन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now