Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा विद्यावारिधिका लागि छात्रवृत्ति पाएकाहरूले भिसाका लागि तीन वर्षसम्म कुनु पर्ने अवस्था

student visa

विद्यावारिधिका लागि अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति भएका सयौं विद्यार्थी भिसामा ढिलाइ हुँदा निराश बनेका छन्।


Published

Updated

By Lin Evelin

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


विद्यावारिधिका लागि अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति भएका सयौं विद्यार्थी भिसामा ढिलाइ हुँदा निराश बनेका छन्।


अस्ट्रेलियाको समृद्ध भविष्यका लागि गरिने सोध र अनुसन्धानका लागि आउन लागेका संयौ अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा ढिलाइ हुँदा प्रभावित बनेका छन्।

विशेष गरी भारत, पाकिस्तान, चीन र इरान लगायतका मुलुकबाट विद्यावारिधिका लागि आउने मानिसहरूको भिसामा ढिलाइ भएको बताइन्छ।

जसका कारण विश्वविद्यालयको दिने अनुदानमा पनि अलमल भइरहेको छ।

अस्ट्रेलियाबाट विद्यावारिधि लागि छात्रवृत्ति पाउने मध्ये हमेद पोराजर्ड पनि एक हुन।

तीन वर्ष अघि छात्रवृत्तिका लागि छनौटमा परेको भए पनि भिसा नआएपछि, उनले आफ्नो अध्ययनलाई बेलायती विश्वविद्यालयबाट अगाडी बढाएका छन्।

“मैले सधैँ जसो इमेल चेक गर्थे तर लामो समयसम्म कुर्दा मानसिक र शारीरिक रूपमा प्रभाव पार्ने रहेछ,” उनले भिसाको पखाईमा बस्दाको समयलाई याद गर्दै भने।

तर हेमद मात्र यस्तो समस्या भोग्ने एक्ला विद्यार्थी भने रहेनछन्।

करिब ५० जना इरानी विद्यार्थी विगत १ वर्षदेखि भिसाको पर्खाइमा छन्।

यता एसबीएसले चीनमा रहेका विद्यार्थीहरुसँग कुरा गर्दा उनीहरू पनि भिसा नआएका कारण प्रभावित बनेको बताए।

आफ्नो नाम उल्लेख गर्न नचाहेका एक विद्यार्थीका अनुसार दुई वर्षदेखि उनी भिसा पर्खिरहेका छन्।

student
Credit: CC

यता अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई विद्यावारिधिका लागि छनोट गर्ने अस्ट्रेलियाली शिक्षाविद्हरू निराश बन्दै गएका छन्।

सिड्नी विश्वविद्यालयमा कम्यूटर साइन्सका शिक्षक क्लेमेन्ट क्यानन् अस्ट्रेलियाले महत्त्वपूर्ण अनुसन्धान र प्रतिभाहरू गुमाउने खतरामा रहेको बताउँछन्।

“हामीले आफ्नै खुटमा बन्चरो हानिरहेका छौ, उनीहरू (छानिएका व्यक्ति) अस्ट्रेलियाका लागि योगदान दिन चाहने मानिसहरू हुन्, र उनीहरू हामीलाई चाहिन्छन् पनि।” क्यानन भन्छन्।

गृह मामिला विभागको वेबसाइटका अनुसार पोस्ट ग्र्याजुएट भिसाका आवेदनहरू माथि चार महिना भित्र निर्णय हुन्छ।

तर यस्ता भिसा आवेदनमा १० मध्ये एकलाई भने १ वर्षसम्म पनि समय लाग्न सक्छ।

पोस्टग्रेजुएट अनुसन्धानहरूको महत्त्वका बारेमा गृह मामिला विभागले उल्लेख गरेको देखिन्छ।

वेबसाइटका अनुसार यस्ता भिसा सबैभन्दा बढी चिनिया विद्यार्थीका लागि दिइएको छ।

गत वर्षको जुलाई यता भिसा पाउनेमा भारत तेस्रो, पाकिस्तान आठौँ र इरान नवौँ नम्बरमा छ।

अस्ट्रेलियाको नीति निर्माण गर्न मद्दत गर्ने संस्था अस्ट्रेलियन स्ट्राटेजिक पोलिसि इन्स्टीच्यूटका जोन कोइन जोखिमका आधारमा आवेदन माथि निर्णय हुने बताउँछन्।

विभिन्न कुराहरूलाई विचार गरेर भिसा आवेदन माथि निर्णय हुने भए पनि विश्वका राम्रो प्रतिभा भित्र्याउन भने प्रक्रिया छिटो गर्नु पर्ने उनकाे भनाई छ।

यसैबिच ग्रुप अफ एट(8) नामक विश्वबिद्यालयहरुको सङ्गठनका प्रमुख भिकी थोमसले एसबीएसलाई एक विज्ञप्ति पठाउँदै “कुनै कुनै विद्यार्थीले भिसाका लागि एक वर्षसम्म कुर्नु स्वीकार्य नभएको” बताए।

“निर्णय जे हुने भए पनि सहज तरिकाले जानकारी दिनु पर्दछ।”

भिकी थोमसको कुरामा हमेद पोराजडको समर्थन छ।

“उनीहरू(भिसा दिने अधिकारी) भन्छन् कुर्दामा केही समस्या छैन, उनीहरूलाई कुर्न दिऊ, अस्ट्रेलियालाई केही घाटा नभए पनि कुर्नेलाई त छ नि।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now