शनिवार २४ ज्यानुअरीमा पारामाटामा न्यु साउथ वेल्स लगायत अन्य राज्यमा बसोबास गर्ने तामाङ लगायत अन्य समुदायका सदस्यहरू भेला भएर सोनाम ल्होसार मनाएका छन्। एसबीएस नेपाली मिडिया पार्टनर रहेको कार्यक्रममा हामीले उपस्थितहरूसँग भाषा, संस्कृति र रीतिरिवाज दोस्रो पुस्तालाई हस्तान्तरण गर्न के गर्न सकिन्छ भनेर प्रश्न गरेका थियौँ। आयोजक संस्था तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सका अध्यक्ष अबिरल तामाङ सहित सहभागीहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





