SKIP TO MAIN CONTENT

चर्चित टिभी श्रृङ्खलाबाट अश्वेत मानिसहरू प्रतिको दृष्टिकोण बदल्ने नायिका

Nichelle Nichols on set for Star Trek
Nichelle Nichols on set for Star Trek Source: AAP

चर्चित अमेरिकी कार्यक्रम स्टार ट्रेककी नायिका निशेल निकोल्सको ८९ वर्षको उमेरमा निधन भएको छ।


Published

Updated

By Stephanie Corsetti

Presented by Dinita Rishal

Source: SBS



Skip to podcast episode content

चर्चित अमेरिकी कार्यक्रम स्टार ट्रेककी नायिका निशेल निकोल्सको ८९ वर्षको उमेरमा निधन भएको छ।


मनोरञ्जन क्षत्रमा गाढा रङ्गको छाला भएका मानिसहरू प्रति रहेको दृष्टिकोणलाई परिवर्तन गर्ने उनको प्रयास र उनको कामलाई सम्झेर थुप्रैले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। 

प्राकृतिक कारणले शनिबार न्यु मेक्सिकोमा उनको मृत्यु भएको खबर उनका छोराले अनलाइन मार्फत सार्वजनिक गरेका हुन्।

स्टार ट्रेका नामक टेलिभिजन कार्यक्रममा नीओटा उहाराको भूमिका निभाएकी निशेल निकोल्सले, गाढा छाला भएका कलाकारहरू प्रतिको दृष्टिकोणलाई परिवर्तन गरेकी थिइन्।  

सन् १९६६ सुरु भएको उक्त कार्यक्रम आफ्ना बहु सांस्कृतिक कलाकारहरू सँगै पप संस्कृतिमा निकै चर्चित हुन पुगेको थियो। 

स्टार ट्रेकमा निकोल्स र उनका सह-कलाकार विलियम शाट्नर बिचको चुम्बन, अमेरिकी टिभी कार्यक्रमको इतिहासमा पहिलो अन्तर जातीय चुम्बनको दृश्य थियो।  

शाट्नरले निकोल्सलाई सामाजिक सञ्जाल मार्फत यसरी सम्झिएका छन्।  

"मलाई अवश्य पनि उनको याद आउने छ," शाट्नरले भने।

“उनी एक सुन्दर युवती थिइन्, र अमेरिका र सारा विश्वमा सामाजिक मुद्दाको विषयमा धेरै काम गरेकी थिइन्।”

त्यस बेलाको जमानामा छालाको रङ्ग गाढा भएका महिलाहरूलाई नोकरको भूमिकामा मात्र खेल्न दिइन्थ्यो।

त्यस्तो समयमा एक मुख्य भूमिकामा आएकी निकोल्सको कामका प्रशंसक मध्य मार्टिन लुथर किङ जुनियर र पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा पनि हुन्।

जब एक समयमा निकोल्सले स्टार ट्रेकमा काम गर्न छोड्ने सोचेकी थिइन्, त्यसबेला नागरिक अधिकारको लागि काम गरिरहेका किङ्ग जुनियरलाई उनलाई हार नमान्न प्रोत्साहन गरेका थिए।  

अमेरिकामा जातीय समानताको लडाई जारी रहेको समयमा, निकोल्सको भूमिका निकै महत्त्वपूर्ण रहेको किङ्ग जुनियरको भनाइ थियो।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: चर्चित टिभी श्रृङ्खलाबाट अश्वेत मानिसहरू प्रतिको दृष्टिकोण बदल्ने नायिकाको मृत्यु हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

निशेल निकोल्स नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिसट्रेसन (नासा)मा भर्तीकर्ताको रूपमा पनि कार्यरत थिइन्, र उनले अल्पसङ्ख्यक समुदाय र महिलाहरूलाई उक्त संगठन तर्फ आकर्षित गर्न मद्दत गरेकी थिइन्।  


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now