SKIP TO MAIN CONTENT

तराई स्टायलको मालपुवा बनाउने तरिका शेफ सन्तोष साहबाट

Malpuwa.jpg
Source: Supplied / Santosh Shah

मालपुवा र राबरी नेपालको तराई क्षेत्रका मानिसहरूबिच लोकप्रिय परिकार हो। विशेष गरी होली पर्वको समयमा बनाइने यो गुलियो परिकार सेफ सन्तोष साहले मास्टरशेफ प्रतियोगितामा पनि बनाएका थिए। कसरी बनाउने त सन्तोष साहको स्टायलमा मालपुवा र राबरी ?


Published

Updated

Presented by Sunita Pokharel

Source: SBS


Skip to podcast episode content

मालपुवा र राबरी नेपालको तराई क्षेत्रका मानिसहरूबिच लोकप्रिय परिकार हो। विशेष गरी होली पर्वको समयमा बनाइने यो गुलियो परिकार सेफ सन्तोष साहले मास्टरशेफ प्रतियोगितामा पनि बनाएका थिए। कसरी बनाउने त सन्तोष साहको स्टायलमा मालपुवा र राबरी ?


चाहिने सामाग्रीहरू (चार सर्भिङको लागि)

मालपुवाको पिठो बनाउन

  • २०० ग्राम (डेढ कप) मैदा
  • ५० ग्राम (एक तिहाइ कप) चामलको पिठो
  • २५ ग्राम (५ चम्चा) पाउडर दूध
  • आधा सानो चम्चा बेकिङ पाउडर
  • आधा सानो चम्चा सौंफको दाना, साथमा थप एक सानो चम्चा पकाउनका लागि
  • तीन चम्चाभन्दा केही कम कोरिएको नरिवल, साथमा थप एक चम्चा पकाउनका लागि
  • २५० मिलिलिटर तताएको दूध (फुल क्रिम)

राबरी बनाउन

  • ८०० मिलिलिटर दूध
  • चम्चामा आठ भागको एक भाग केसर जसलाई एक चम्चा तताएको दूधमा घोल्ने

सिरपको लागि

  • २५० ग्राम धुलो चिनी (क्यास्टर सुगर)
  • आठ देखि १० वटा केसर रेसा

खाना प्रस्तुतिका लागि

  • ६ चम्चा घिउ
  • २ चम्चा सानो पारेर काटिएको पिस्ता
  • दुई देखि तीन टुक्रा गोल्ड लिफ

मालपुवा र राबरी कसरी बनाउने भन्ने बारे भने सन्तोष साहसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now