SKIP TO MAIN CONTENT

नेपाली शेफ सुजन श्रेष्ठको अस्ट्रेलियाली टिभीमा जीत

सुजन श्रेष्ठले मध्य पूर्वको प्रख्यात मिठाई बनाउनु आफ्नो विशेषता नभएको सोच्ने गर्थे। तर केही वर्ष अगाडी नेपालबाट सिड्नी आएका विनम्र स्वभावका श्रेष्ठले "द शेफ्स लाइन" नामक एसबीएस टिभीमा प्रसारण हुने प्रतिष्पर्धामा बनाएको कनाफे र स्याउको चियाले जजको मन जित्न सफल भएको थियो।

Sujan Shrestha participated in the SBS show The Chef's Line.
Sujan Shrestha spoke to SBS Nepali about his participation in the cooking show The Chef's Line on SBS. Source: Supplied

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

शेफ सुजन श्रेष्ठ हाल सिड्नी स्थित एक बहु-पुरस्कृत केपोस स्ट्रीट किचेनमा कार्यरत रहेका छन्। उनको रेस्टुरेन्टलाई "द शेफ्स लाइन" नामक कार्यक्रममा आफ्नो घरमा मात्र खाना बनाउने गैर पेशागत शेफहरुसँग प्रतिष्पर्धा गर्न आमन्त्रित गरिएको थियो।

 

उक्त प्रतिष्पर्धामा आफुले केही मिठाई बनाउनु नपर्ने आशा श्रेष्ठले गरेका थिए।

 

जब केपोस स्ट्रीट किचेनमा कार्यरत उनका अन्य सहकर्मीहरु गैर पेशागत शेफहरुसँग एक पोइन्टले पछाडी परे तब पुरस्कार हात पार्ने भार सबै स्टेशन शेफ श्रेष्ठ माथि परेको थियो। तर उक्त जीत हासिल गर्न खाली एउटा समस्या थियो - आफ्नो विशेषता नरहेको मिठाई बनाउनु।

 

द शेफ्स लाइनका केही झलकहरू हेर्न तल रहेको भिडियो प्लेयरमा प्ले बटन थिच्नुहोस्: 

"म उक्त चुनौतीको लागि तयार थिए र त्यसको नतिजा पनि राम्रो नै भयो", एसबीएस नेपालीसँग कुरा गर्दै सुजन श्रेष्ठले बताए।

 

जीत हासिल गर्न उनले मध्य-पूर्वीय मिठाईको परिकार कनाफे तथा स्याउको चिया रोजेका थिए।

 

काठमाडौँमा हुर्किएका एक नेपालीले कसरी अस्ट्रेलियाली टिभी कार्यक्रममा मध्य-पूर्वको मिठाइ बनाउदै प्रतिष्पर्धा जित्न सफल भए? यसबारे श्रेष्ठसँगको हाम्रो पुरा कुराकानी सुन्न तल रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्:

सुजन श्रेष्ठले एसबीएस टिभीमा प्रसारण हुने "द शेफ्स लाइन" मा बनाएको कनाफे र स्याउको चियाको रेसिपी यहाँ हेर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now