हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
‘तपाईँ (नेपाली)हरूले पुर्याउनु भएको योगदानका लागि धन्यवाद’: भिक्टोरियन प्रिमियर जसिन्टा आलान

(L) Victorian Premier Jacinta Allan spoke to SBS Nepali during the Nepal Festival Melbourne 2025 at Federation Square, Melbourne on Saturday, 15 March 2025. Credit: SBS Nepali/Dinita Rishal
मेलबर्नमा नेपाल फेस्टिभल गए शनिवार, १५ मार्चमा सम्पन्न भएको छ। दुई वर्षको अन्तरालमा हुने उक्त महोत्सवमा पहिलो पटक भिक्टोरियन सरकार प्रमुखको उपस्थिति रहेको थियो। प्रिमियर जसिन्टा आलान र विपक्षी गठबन्धनका उप-प्रमुख स्याम ग्रथ लगायत अन्य प्रमुख अतिथि, परेडका सहभागीहरू र कलाकारहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी गरेका सुन्नुहोस्। यो अडियो प्रस्तुतिमा मेलबर्न स्थित नेपाली कन्सुलेटको कार्यालयको औपचारिक उद्घाटनका क्रममा भिक्टोरियाका लागि नेपाली दूत नीराजन गौली र एक नयाँ एपका मेलबर्न निवासी सञ्चालक नवीन सापकोटासँगको कुराकानी पनि समेटिएको छ।
Share