SKIP TO MAIN CONTENT

'जिहादी बेहुली'लाई अस्ट्रेलिया फिर्ता ल्याउन आमाको गुहार

Zehra Duman and mother Ossie
Zehra Duman and mother Ossie Source: Supplied

अस्ट्रेलियाकी पहिलो जिहादी बेहुली भनेर चिनिएकी ज़ेहरा डुमान र उनका बच्चालाई सकुशल घर फिर्ता गर्न ज़ेहराकी आमाले आग्रह गरेकी छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाकी पहिलो जिहादी बेहुली भनेर चिनिएकी ज़ेहरा डुमान र उनका बच्चालाई सकुशल घर फिर्ता गर्न ज़ेहराकी आमाले आग्रह गरेकी छन्।


ज़ेहरा डुमान आफ्ना दुई बाल बच्चा सहित उत्तर पश्चिमी सिरियाको शरणार्थी शिविरमा रहेकी छन्।

एक अन्तर्वार्ताका क्रममा ओज़्लिम कस्कुनले एसबीएस सँग कुरा गर्दै आफ्नो छोरी जोखिममा रहेको विश्वास गरेकी छन्।

इस्लामिक स्टेट (आइएस) मा आबद्ध व्यक्तिका श्रीमतीहरू मध्ये ज़ेहरा डुमान अस्ट्रेलियाकै सबैभन्दा चर्चित रहेकी छन्।

Zehra Duman
Zehra Duman left Australia to join the Islamic State in 2014. Source: Nine Network

५ वर्ष अघि उनले मेलबर्न छाडेर सिरिया जाने निर्णय गरेकी थिइन।

आफ्नो परिवारलाई पछाडि छाडेर धर्मका लागी ज्यान दिन पनि पछि नपर्ने 'जिहादी' बन्दै आइएसको लडाइमा साथ दिन सिरिया गएकी थिइन।

उनकी आमा ओज़्लिम कस्कुन आफ्नो छोरी र नाति तथा नातिनीको सुरक्षालाई लिएर चिन्तित भएको बताएकी छन्।

"म उनलाई यति मात्र भन्न चाहन्छु कि म उनलाई र आफ्नो नाति नातिनीलाई माया गर्छु, म चाहन्छु कि उनीहरू सुरक्षित रहुन र म चाहन्छु कि उनी बलियो बनुन्।"

कस्कुनले आफ्नो छोरीलाई फेरी भेट्ने आस गर्न भने छोडेकी छैनन्।

Ozlem Coskun
Ozlem Coskun has told SBS she believes her daughter is in imminent danger. Source: SBS

आइएसको हिस्सा बन्दै विवाह गर्ने र बच्चा जन्माउने निर्णय गरे पश्चात् ज़ेहरा आफ्नी आमासँग निकै कम सम्पर्कमा रहेकी छन्।

"म यो बारेमा आज बोल्न चाहन्छु ता कि यो सुनियोस्। त्यसैले यदि उनलाई केही भइहाल्यो भने पनि, मैले यो बारेमा बोली सकेको हुनेछु , म यो कुरालाई लुकाउने छैन।"

डुमन आफ्ना दुई बालबच्चा तिन वर्षीय जराड़ र ११ महिनाकी लाएलाका साथ गत फेब्रुअरी देखि अल-होल शरणार्थी शिविरमा बस्दै आएकी छन्।

ती बच्चाहरूको पिता दुई अस्ट्रेलियाली आइएस लडाकु हरू भएको विश्वास गरिएको छ, जसमध्ये एक जना मेलबर्नकै मुहम्मद अबदुल्लातिफ़ रहेका छन्।

कस्कुन भन्छिन् उनकी छोरी र नाति नातिनीलाई अस्ट्रेलियाको सहयोगको आवश्यकता रहेको छ।

"खाना छैन, औषधि छैन, उनकी छोरीको वजन धेरै घटेको छ र धेरै बिरामी भएकी थिइन, झाडा पखाला लागेको थियो, त्यहाँ चिकित्सकहरू पनि छैनन् र उनीहरू यति मात्र भन्छन्, उनीहरूलाई मर्न देऊ।"

२०१४ मा त्यतिखेर १८ वर्षकी डुमन सिरिया घुम्न गएकी थिइन।

त्यहाँ उनले मुहम्मद अब्दुल्लातिफ़ सँग विवाह गरिन, जो २०१५ मा उनीहरूले विवाह गरेको ५ हप्ता पछि नै मरेको जनाइएको थियो।

ज़ेहरा उनको पहिलो केही वर्ष सिरिया बसाइका क्रममा सामाजिक सञ्जाल ट्विटरमा, मोनिकर अम् अब्दुल्लातिफ़का नाममा,निकै सक्रिय रहेको विश्वास गरिएको छ ।

यसमा उनले एक महिला निकाब (आँखा मात्र देखाएर पुरै मुख छोप्ने) लगाएर, राइफल पक्रँदै आइएसको झन्डा फहराई रहेको तस्बिर राखेकी थिइन।

An account linked to Zehra Duman tweeted "catch me if you can" in 2015. It has since been suspended.
An account linked to Zehra Duman tweeted "catch me if you can" in 2015. It has since been suspended. Source: Twitter

तर ज़ेहराकि आमाले भने इस्लामिक स्टेटका अतिवादीहरूले उनलाई उक्साएको र जबरजस्ती अन्य लडाकु भर्ती गर्ने व्यक्ति बनाएको बताएकी छन्।

तर अहिले उनलाई माफी दिइनु पर्ने चाहना ज़ेहराकि आमाले व्यक्त गरेकी छन्।

"उनले स्वीकारेकी छन् कि उनले गलत गरिन… उनले जे गरिन त्यसको लागी माफी मागेकी छन्।"

लोवी इन्स्टिच्युटका मध्य पूर्वी ज्ञाता रोज़र शनाहन ज़ेहरालाई अस्ट्रेलिया फिर्ता ल्याइए पनि उनको पुनर्वास गर्न गाह्रो हुन सक्ने बारे सचेत गराउँछन्।

"उनले इस्लामिक स्टेटलाई बनाउन मानिसहरूको भर्ती गर्ने प्रयास गरेकी थिइन, उनी यस्तो सङ्गठनको हिस्सा थिइन जो सिरिया र इराकका नागरिकहरू प्रति क्रूर रहेको र ती राष्ट्रका सरकारहरूलाई हटाउन खोजेको थियो साथै अस्ट्रेलिया विरुद्ध युद्धको घोषणा गरेको थियो। मलाई लाग्छ यो भनेको उनी अस्ट्रेलिया फर्किए यहाँका मानिसहरूमा कस्तो प्रभाव पर्छ भन्ने मुद्दा हो।"

एसबीएसले यस सम्बन्धमा गृह मामिला मा सम्पर्क गर्दा व्यक्तिगत मुद्दामा केही टिप्पणी गर्न नमिल्ने बताइएको छ।

ओज़्लिम कस्कुनका लागी यो पाँच वर्ष देखि यो भावनात्मक उतार चढाव चलिरहेको छ।

मेरो भावनाहरू यत्र -तत्र छन् … म रिसाउँछु, म दुखी हुन्छु, म उसलाई निकै सम्झिन्छु, यो सायद स्वस्थ तरिका हैन होला... तर यस्तै नै भइराखेको छ।"

ज़ेहरा लाई अस्ट्रेलिया फर्काउनुको अर्थ उनलाई अस्ट्रेलियाली अदालत समक्ष पेस गर्ने अवस्था भए पनि- कस्कुन लाई अझै पनि आफ्नो छोरी फर्कने आशा रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now