SKIP TO MAIN CONTENT

होलोकस्ट र अस्ट्रेलियाको नाता: "यो हाम्रा टोल छर-छिमेकमा बस्ने मान्छेहरूको कथा हो!"

Homeland Report in Macedonian 14 October 2021, Australian Macedonian Community,
Portraits of Macedonian Jews who were killed in the Nazi extermination camp Treblinka, displayed in the Holocaust Memorial center in Skopje. Source: Getty Image/Robert Atanasovski

होलोकस्ट भनिने दोस्रो विश्वयुद्ध ताका यहुदीहरू माथि भएको सामूहिक नरसंहार बारे राष्ट्रिय स्तरमा नै सुधारिएको शिक्षा रणनीतिका लागि आव्हान भएको छ।


Published

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

होलोकस्ट भनिने दोस्रो विश्वयुद्ध ताका यहुदीहरू माथि भएको सामूहिक नरसंहार बारे राष्ट्रिय स्तरमा नै सुधारिएको शिक्षा रणनीतिका लागि आव्हान भएको छ।


सन् १९४१ देखि १९४५ का बिचमा भएको सामूहिक नरसंहारको घटनाबाट बाच्न सफल निना बसात अहिले ८३ वर्ष पुगिन्।

१९३९ मा पोल्यान्डमा जन्मिएकी बसात विस्थापित मानिसहरूको शिविरबाट भागेर आफ्नी आमा सँग सन् १९४९ मा मेलबर्न आइपुगेकी हुन्।

एक लेखिकाका रूपमा पहिचान बनाएकी उनी नरसंहारको प्रत्यक्षदर्शी समेत हुन्।

यहुदी पृष्ठभूमिका थुप्रै अस्ट्रेलियाली युवा पुस्ता माझ बितेका ती तिता सम्झनाहरूलाई बुझाउन मद्दत गर्ने एक शिक्षिका रूपमा पनि बसात परिचित छिन्।

उक्त नरसंहारबाट बाँच्न सफल भएका बसात र उनका समकक्षीहरू भन्छन् कि होलोकस्टको प्रत्यक्ष अनुभव भएका मानिसहरूको सङ्ख्या बिस्तारै घट्दै छ।

ती दिनहरुबारे बसात भन्छिन्, "बाँचेका प्रत्येक मानिसका आ-आफ्नै रोचक कथाहरू छन्।

Holocaust survivor Nina Bassat.
Holocaust survivor Nina Bassat. Source: Supplied / Dean Schmideg
रिपोर्ट सुन्नुहोस्: होलोकस्ट र अस्ट्रेलियाको नाता: "यो हाम्रा टोल छर-छिमेकमा बस्ने मान्छेहरूको कथा हो!" हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूलाई होलोकस्टका बारे कत्ति थाहा छ त?

हरेक वर्ष २७ जनवरीका दिन अन्तर्राष्ट्रिय होलोकस्ट डे मनाइने गरिन्छ तर हालै भएको एक सर्वेक्षणका अनुसार एक तिहाइ अस्ट्रेलियालीहरुलाई यस बारेमा खासै थाहा छैन।

झन् उक्त नरसंहारसँगको अस्ट्रेलियाली सम्बन्धका बारेमा त कमैलाई मात्र थाहा छ जबकी अस्ट्रेलिया इजरायल पछाडि सामूहिक नरसंहारबाट बाचेका मानिसहरूको दोस्रो ठुलो घर हो।

गेन्डेल फाउन्डेसनले गरेको सर्वेक्षणले के देखाएको छन् भने ३० प्रतिशत जनसङ्ख्यामा होलोकाष्टका बारेमा निकै कम ज्ञान छ।

सहभागी मध्ये ७८ प्रतिशत विश्वास गर्छन् कि होलोकस्ट म्युजियम र स्मृतिहरू मूल्यवान् छन्।

६६ प्रतिशत मानिस विद्यालयहरूमा यसमा बारेमा शिक्षा दिनु आवश्यक भएको बताउँछन्।

डिकिन विश्वविद्यालयले बेलायत, क्यानडा, फ्रान्स र अस्ट्रियामा जस्तै यस बारे एक अर्को अनुसन्धान गरेको थियो जसका मुख्य हर्ताकर्ता स्टिभन कुक भन्छन् की यो अस्ट्रेलियाली इतिहासको एक भाग हो।

“होलोकस्ट हाम्रो कथाको एक अंश हो भनेर हामीले स्वीकार गर्नु आवश्यक छ, यो हाम्रा टोल छर-छिमेकमा बस्ने मान्छेहरूको कथा हो,” उनले भने।

गत सेप्टेम्बर महिनामा गरिएको उक्त सर्वेक्षणमा ७० वटा प्रश्न सोधिएका थिए भने विभिन्न राज्य एवम् प्रदेशका ३,५२२ जना वयस्कहरूले सहभागिता जनाएका थिए।

लगभग ७० प्रतिशतले यसलाई यहुदीहरूको नरसंहारको घटनामा जोडिने बताए, जबकि ८० प्रतिशते यो नरसंहार १९३३ देखि १९४५ का बिचमा भएको बताए।

५४ प्रतिशतले भने सही रूपमा पहिचान गरे कि मारिएका यहुदीहरूको सङ्ख्या करिब ६० लाख थियो।

सुश्री जोसेम अचम्म मान्छिन् कि केवल २५ प्रतिशत अस्ट्रेलियालीहरुले मात्र होलोकाष्ट म्युजियमहरूको भ्रमण गरेका छन्।

८१ प्रतिशतले भने होलोकस्टबाट बचेका व्यक्तिबाट व्यक्तिगत कुराकानी वा व्याख्यान कहिल्यै नसुनेको बताएका छन्।

अनुसन्धान टोलीको प्रतिवेदनमा आठ वटा सिफारिसहरू पनि गरिएका छन्।

जसमा अस्ट्रेलियाभरका विद्यालयहरूमा मान्यता प्राप्त शिक्षक प्रशिक्षणका साथ, होलोकाष्टको निरन्तर दृष्टिकोणका परिचयका लागि आह्वान गरिएको छ।

चिन्ताको विषय

मेलबर्नमा रहेको ज्युज होलोकस्ट सेन्टरका निर्देशक जेन जोसेमले सर्वेक्षणका नतिजा अनौठो नभए पनि चिन्ता जताउने खालको रहेको बताउँछिन्।

उनी भन्छिन् कि यस विषयको जागरूकताले एकजुट समाजको नेतृत्व गर्न सक्छ।

योसँगै होलोकस्ट म्युजियमहरूमा थप सामुदायिक संलग्नताका लागि रणनीतिहरूको विकास, शिक्षाद्वारा यहुदीहरूको बिरोध गर्नेहरुलाई चुनौती, विद्यार्थीहरुलाई सामूहिक नरसंहारबाट बचेकाहरूका कुरा सुन्न सक्षम बनाउन र निरन्तर अनुसन्धान गर्नका लागि पनि सिफारिस गरिएका छन्।

क्वीन्सल्याण्डका केल्भिन ग्रोभ स्टेट कलेजका इतिहासकी शिक्षिका लरेन होभल राउड भन्छिन्, ''सर्वेक्षणका माध्यबाट ६० लाख यहुदीहरूको हत्या भएको घटनाका बारेमा राष्ट्रिय प्रतिबद्धता जगाउन सक्छ।''


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now