क्यानबरा नजिकै न्यु साउथ वेल्सको रिजनल क्षेत्रमा पर्ने क्वीन्बीयनका नेपाली समुदायले यसपालि चाडबाड कसरी मनाए? शनिवार, अक्टोबर १८ मा सम्पन्न भएको 'दिवाली मेला ल्यान्टर्न फेस्टिभल'मा पुगेका नेपालीभाषी अभिभावक, बालबालिका र समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। क्वीनबीयन मल्टिकल्चरल सेन्टरले आयोजना गरेको उक्त कार्यक्रममा पुगेका दर्शकहरूले अस्ट्रेलियामा चाडबाड मनाउँदाको अनुभव बारेमा बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




