SKIP TO MAIN CONTENT

अवकाश घोषणा पश्चात् टेनिस खेलाडी रोजर फेडेररको सम्मानमा प्रतिक्रियाहरू आउने क्रम जारी

Tennis / Roger Federer decides to retire
FILE: Roger Federer of Switzerland reacts during the Men's singles first round of the Championships, Wimbledon at the All England Lawn Tennis and Croquet Club in London, United Kingdom on June 29, 2021. Former world number one in men's tennis Roger Federer announced his intention to retire. 41-year-old Roger Federer has claimed 20 Grand Slam titles.( The Yomiuri Shimbun via AP Images ) Source: AAP / Shuhei Yokoyama/AP

टेनिस खेलाडी रोजर फेडेररले धेरै चोट र सर्जरीहरू पश्चात् खेलबाट सन्यास लिने घोषणा गरेका छन्। उनको सो घोषणा पश्चात् टेनिस समुदाय र उनका विश्वभर रहेका प्रशंसकहरूले उनको सम्मानमा प्रतिक्रियाहरू दिएका छन्।


Published

Updated

By Essam Al-Ghalib

Presented by Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

टेनिस खेलाडी रोजर फेडेररले धेरै चोट र सर्जरीहरू पश्चात् खेलबाट सन्यास लिने घोषणा गरेका छन्। उनको सो घोषणा पश्चात् टेनिस समुदाय र उनका विश्वभर रहेका प्रशंसकहरूले उनको सम्मानमा प्रतिक्रियाहरू दिएका छन्।


२० पटकका ग्राण्ड स्लाम च्याम्पियन रोजर फेडेररले यसै महिनाको लेभर कप पश्चात् अवकाश लिने घोषणा गरेका छन्।

फेडेररले पछिल्लो वर्षहरूमा विभिन्न चोटहरूको समस्या भोगेका थिए भने घुँडाको अपरेसन पनि गरिएको थियो।

४१ वर्षीय फेडेररले उनको २४ वर्षको खेल जीवनमा १ हजार ५ सय खेलहरू खेलेका थिए र एक समयमा त विश्व टेनिसमा नै छुन पनि नसकिने खेलाडीका रूपमा स्थापित भएका थिए।

प्रमुख खेलहरूमा जित हाँसिला गर्ने मात्र होइन उनि लगातार २३ वटा ग्रान्ड स्लाम सेमी फाइनल र लगातार ३६ क्वाटर फाइनलसम्म पुगेका थिए।

फेडेररले आफ्नो पहिलो ग्राण्ड सलाम २१ वर्षको उमेरमा सन् २००३ मा विम्बल्डनमा जितेका थिए। र त्यसपछि १०३ ए-टी-पी सिङ्गल टाइटल, २८ ए-टी-पी मास्टर्स टाइटल र छ ए-टी-पी फाइनल जितेका थिए।

उनले टेनिसले यतिका वर्षभरि दिएको अनुभवका लागि आफू आभारी भएको बताए।

"टेनिसले मैले सपनामा सोचेको भन्दा धेरै उदारतापूर्वक व्यवहार गरेको छ र अब मैले मेरो प्रतिस्पर्धाको समय समाप्त गर्ने बेलाका रूपमा चिन्नै पर्छ। मैले भविष्यमा अझ टेनिस खेल्ने खेल्नेछु मात्रा ग्राण्ड स्लामहरू र टुरहरूमा होइन।"

स्विस स्टार खेलाडी फेडेररले सन् २०२१ को विम्बल्डन पछि खेलेका छैनन्। त्यसपछि उनको तेस्रो पटक घुँडाको अपरेसन भएको थियो।

फेडेरर अहिले सम्मकै महान् खेलाडीहरू मध्ये गनिने गर्दछन्। उनको अहिले सम्मकै सबैभन्दा बढी २ सय ३७ हप्ता सम्म विश्व नम्बर एकको स्थानमा रहेको रेकर्ड रहेको छ।

यो घोषणासँगै टेनिस जगत् र वृहत् समुदायले उनको सम्मानमा प्रतिक्रिया आउने क्रम जारी छ।

अस्ट्रेलियाली खेलाडी जेसन कब्लरले फेडेरर एक महान् खेलाडी भएको बताए।

फ्रेन्च खेलाडी रेशार्ड ग्यासकेले उनलाई सधैँ सम्झिइने बताए।

स्विजरल्याण्डको न्योन टेनिस क्लबका खेलाडी तथा कर्मचारीहरूले उनको उपलब्धि र देशका लागी उनले कस्तो महत्त्व राख्छन् भन्ने बारे बताएका छन्।

केभिन बेटेनड्रोफर उक्त क्लबका टेनिस प्रशिक्षक हुन्।

"रोजरले धेरै कुराहरू ल्याए। सबैभन्दा पहिले त उनले सानो राष्ट्र स्विजरल्याण्डका लागि धेरै दिए।"

स्विस टेनिसको ट्विटर पेजमा लेखिएको छ :

"रोजर फेडेरर तिमीले स्विस र अन्तर्राष्ट्रिय टेनिसका लागि जे जति गर्‍यौ त्यसको लागि धन्यवाद,… अनगिन्ती भावनाहरू तिमीसँग साट्न दिएकोमा,… प्रत्येक बच्चालाई टेनिस खेल्न प्रोत्साहित गरेकोमा ! शुभकामना"

बेलायतको विम्बल्डन टेनिस म्युजियममा टेनिस खेल प्रशंसकहरूले फेडेररको सम्मानमा बोलेका छन्।

विश्वभरका समकालीन टेनिस स्टारहरूले सामाजिक सञ्जालमा उनि प्रति सम्मान व्यक्त गरेका छन्।

स्पेनिस महान् खेलाडी राफायल नाडालले लेखे:

Roger Federer
Roger Federer battled flu like illness during his Brisbane International loss to Canadian player Milos Raonic Source: AAP

"प्रिय रोजर, मेरो साथी र प्रतिद्वन्द्वी। म चाहन्थे यो दिन कहिल्यै नआओस्। व्यक्तिगत रूपमा मेरो लागि र विश्वभरको खेलकुदको लागि यो एक दुखद दिन हो।"

पूर्व विश्व नम्बर एक खेलाडी क्रिस एभर्ट भने:

"उनि च्याम्पियनका प्रतिमूर्ति थिए; स्तरीय, लालित्य, नम्रता र सबैका प्यारा थिए।

टेनिस महान् हस्ती बिली जिएन किङ्गले पनि लेखे:

"रोजर फेडेरर च्याम्पियनका पनि च्याम्पियन हुन्। "

फेडेररले आफ्ना प्रशंसकहरूलाई उनि फेरी टुरमा फर्किने बारे केही आसा भने दिएका छन्।

उनको लामो समयदेखिका प्रतिद्वन्द्वी र मित्र नाडालसँग जोडिँदै आगामी हप्ता लन्डनमा हुने लेभर कपको डबल्स खेल्ने योजना रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now