SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्सका टीबी बिरामीहरूमा नेपाली दोस्रो नम्बरमा; स्वास्थ्य सेवा कसरी लिने?

In 2021, 558 tuberculosis (TB) cases were reported in New South Wales, with 14% of them being individuals born in Nepal.
In 2021, 558 tuberculosis (TB) cases were reported in New South Wales, with 14% of them being individuals born in Nepal. Credit: Getty Images/ KATERYNA KON (L), SBS/ Sameer Ghimire (R)

वर्ल्ड बैङ्कको तथ्याङ्कका अनुसार, नेपालको प्रत्येक एक लाख जनसङ्ख्यामा कम्तीमा २२९ जनामा क्षयरोग अर्थात् ट्युबरक्युलोसिस (टीबी) रहेको छ। सन् २०२१ मा न्यु साउथ वेल्सको स्वास्थ्य विभागले प्रकाशित गरेको रिपोर्टले राज्यमा सो वर्ष ५५८ व्यक्तिहरूमा यो रोग फेला पारेको देखाएको छ। बिरामीहरू मध्ये नेपालमा जन्मिएकाहरूको सङ्ख्या ७८ रहेको छ।


Published

Updated

By Sameer Ghimire

Source: SBS



Skip to podcast episode content

वर्ल्ड बैङ्कको तथ्याङ्कका अनुसार, नेपालको प्रत्येक एक लाख जनसङ्ख्यामा कम्तीमा २२९ जनामा क्षयरोग अर्थात् ट्युबरक्युलोसिस (टीबी) रहेको छ। सन् २०२१ मा न्यु साउथ वेल्सको स्वास्थ्य विभागले प्रकाशित गरेको रिपोर्टले राज्यमा सो वर्ष ५५८ व्यक्तिहरूमा यो रोग फेला पारेको देखाएको छ। बिरामीहरू मध्ये नेपालमा जन्मिएकाहरूको सङ्ख्या ७८ रहेको छ।


'सर्भेलेन्स रिपोर्ट २०२१' का अनुसार न्यु साउथ वेल्समा देखिएका कुल टीबी मामिलाहरू मध्ये १४ प्रतिशत नेपालमा जन्मिएकाहरू रहेका छन् भने भारतमा जन्मिएका १११ मा यो रोग देखिएको छ।

अघिल्लो वर्षभन्दा आठ मामिलामा कमी आएको भए पनि भारत पछि नेपाल सूचीमा दोस्रो स्थानमा रहेको छ।

न्यु साउथ वेल्स टीबी रोग विभागमा कार्यरत साधना सिग्देल आफूलाई टीबी नर्स भनेर चिनाउँछिन्।

र उनले राज्यमा भेटिएका बिरामीहरूमा विदेशमा जन्मिएका ९२ प्रतिशत रहेको बताइन्।

हालै टीबी रोगका सम्बन्धमा स्नातकोत्तर गरेकी सिग्देलले नेपाल टीबीको उच्च जोखिम भएको देशमा पर्ने र राज्यमा पनि समुदायका सदस्यहरूमा यो रोग देखिने गरेको सिग्देलको भनाई छ।

नेपाली विद्यार्थी समुदायमा टीबी रोग लागे पछि त्यसलाई लुकाउने, यहाँ उपचार महँगो होला भनी नेपाल गई उपचार गर्ने केही परिपाटि देखिने गरेको भए पनि विद्यार्थी वा अन्य कसैलाई टीबी रोग लागेको खण्डमा यहाँको अस्पतालले निःशुल्क उपचार गर्ने सिग्देलले बताइन्।

साथै, टीबी रोग लागे पछि, उपचारको लागि कहाँ सम्पर्क गर्ने र कसरी उपचार खोज्ने भन्ने बारे सिग्देलले एसबिएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि यी जानकारी उपयुक्त नहुन पनि सक्छन् - आफ्नो स्वास्थ्यबारे स्पष्ट सल्लाहको लागि डाक्टरलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now