तपाईँहरूमध्ये धेरैले ग्रीष्म, शरद, हिउँद र वसन्त चार ऋतु अनुभव गर्नुभएको होला। तर के तपाईँलाई थाहा छ फर्स्ट नेसन्सका मानिसहरू यी चार बाहेक अरू मौसमहरू पनि अनुभव गर्छन् । आदिवासी मानिसहरूका लागि ठाउँ अनुसार प्रत्येक वर्ष छ वटा फरक मौसमहरू हुन्छन्।
Key Points
- फर्स्ट नेसन्स मानिसहरूले मौसम परिवर्तन बारेको जानकारीहरू मौखिक कथाको माध्यमबाट वा चट्टानहरूमा चित्रहरू बनाएर वा चट्टान कुदेर बताउने गरेका थिए।
- फर्स्ट नेसन्स मानिसहरूले वर्णन गरेको मौसमी चक्रहरू तिनीहरूको भौगोलिक स्थानअनुसार अस्ट्रेलियाभरि फरक-फरक हुन्छन्।
- फर्स्ट नेसन्सको मौसम सम्बन्धी ज्ञानले जनावरहरूको व्यवहार वा बिरुवाहरूको वृद्धिमा मौसम र ऋतुहरूमा हुने परिवर्तनहरूसँग कसरी सम्बन्ध राख्छ भन्ने बुझाइ समावेश गर्दछ।
सबै चिजहरू एक आपसमा अन्तर सम्बन्धित हुन्छ, यो नै फर्स्ट नेसन्सको मुख्य दर्शन हो।
अस्ट्रेलियाको आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूले शताब्दी औँ देखि वातावरणलाई अवलोकन गर्दै जलवायु, मौसम र ऋतहरू बिचको सम्बन्ध र यसले जनावर र वनस्पतिमा ल्याउने परिवर्तनहरू बुझेका छन्।
जस्तो कि कुनै खास चरा कराउँदा वर्षा सुरु सङ्केत गर्न सक्छ, र कुनै बोटबिरुवामा फूल फुल्नुले मौसम परिवर्तन हुन लागेको सङ्केत गर्छ।
जसअनुसार उनीहरू मौसम अनुसार नयाँ ठाउँमा सर्ने समय भएको थाहा पाउँछन्।
आन्टी जोन सेल्फ अस्ट्रेलियाको पुर्वी किनाराको ग्याडिगल वुमन हुन्।
उनी आफ्नो परिवार र समुदायबाट मौसम, ऋतु र वातावरणको बारेमा सिक्दै हुर्केकी थिइन्।
आन्टी जोआनले बताउँछिन् कि अस्ट्रेलियाको भूगोलमा बाँच्नका लागि मौसमको असरको बारेमा आदिवासीहरू त्यहाँको मौसम हेरेर थाहा पाउन सक्छन्।
जस्तो कि कति बेला आँधी आउँछ वा खडेरी पर्छ भनेर अनुमान गर्छन्।

अस्ट्रेलियाको पश्चिममा रहेको मर्डक युनिभर्सिटीका आदिवासी विज्ञ जोर्डन आकि ,किम्बर्लि क्षेत्रमा जन्मिएका हुन्।
उनको बिन्जरेब, वन्जार्नी, पालेकु, निकिना र वारूरू मानिसहरूसँग सम्बन्ध रहेको छ।
उनी भन्छन् कि हामीलाई निश्चित घर वा स्थान नभएको घुमन्तेको रूपमा हेरिन्छ तर मौसम अनुसार एक ठाउँबाट अर्को ठाउँमा सर्ने गर्छौ।
आकि भन्छन्, फर्स्ट नेसन्स मानिसहरूको जमिन, आकाश र जल सँगको गहिरो सम्बन्धले मौसमहरू परिवर्तन हुँदा यहाँको वातावरणमा कस्तो प्रभाव पर्छ भनेर बुझाउँछ।
हामी मौसमसँगै धेरै नै यताउता सर्छौँ र एक ठाउँबाट अर्को ठाउँमा सर्दा दिगो तरिकामा सर्छौँ।जोर्डन आकि
आन्टी जोआनले भने झैँ, फर्स्ट नेसन्सको विभिन्न मौसमहरूको बुझाइले संस्कृति र आफू बस्ने स्थानको र भूगोलको हेरचाह गर्ने परम्परागत अभ्यासहरूलाई असर गर्छ।
फर्स्ट नेसन्स मानिसहरूका अनुसार मौसमको चक्र अस्ट्रेलियाको विभिन्न स्थानहरू फरक फरक हुन्छ।

वेर्स्टन अस्ट्रेलियाको दक्षिण-पश्चिममा रहेको नुगर कन्ट्रीमा एक वर्षमा छ वटा मौसम रहेको मानिन्छ।
जस्तो कि विरकले डिसेम्बरको सुरुवात बाट नै ग्रीष्म ऋतुको सङ्केत गर्छ। यसलाई तातो मौसम र उत्सवको समयको रूपमा लिइन्छ।
फर्स्ट नेसन्सका मानिसहरू चन्द्रमा र यसको चक्र लगायत आकाशमा देखिने वस्तुहरूको आधारमा मौसम परिवर्तन हुने समय भयो थाहा पाउँछन्।
चन्द्रमाको प्रकाशको आधारमा पानी पर्छ वा पर्दैन थाहा पाउने गरिन्छ।
चन्द्रमाको स्थान परिवर्तनले पनि विशेष अर्थ बोकेको हुन्छ।

फर्स्ट नेसन्स मानिसहरूले मौसम परिवर्तन बारेको जानकारीहरू मौखिक कथाको माध्यमबाट वा चट्टानहरूमा चित्रहरू बनाएर वा चट्टान कुदेर बताउने गरेका थिए।
सिड्नीमा रहेका केही ‘पेट्रोग्लिप्स’ त्यसकै उदाहरण हो, त्यसलाई ‘मुन रक’ समेत भनिन्छ।
अस्ट्रेलियाको हावापानी एकदमै विविध छ, ट्रपिकल मनसुन, डेजर्ट हिट वा मरुभूमिको गर्मी र अल्पाइन क्षेत्रको जस्तै चिसो पनि हुन्छ। प्रत्येक क्षेत्रको आफ्नै विशेषताहरू छन्।
आदिवासी समुदायको मौसमको बारेमा थप जानकारीको लागी तल दिइएका लिङ्कमा जानुहोस्:




