Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

भिक्टोरियामा आपराधिक जिम्मेवारीको उमेर हद १० वर्षबाट बढाएर १२ वर्ष पुर्‍याइने

A child's hand hooked on a blue metal fence

Youth Justice. Source: Getty / Getty Images

भिक्टोरिया सरकारले आउँदो वर्ष आपराधिक जिम्मेवारीको उमेरलाई बढाउने योजना बनाएको छ। अहिले १० वर्ष रहेको उमेरलाई, आउँदो साल १२ वर्ष बनाउँदै, सन् २०२७ सम्म १४ वर्ष बनाउने सरकारको योजना छ। यता युवा अधिवक्ताहरूले भने आपराधिक जिम्मेवारीको उमेरलाई यसरी चरण चरणमा बढाउनु भन्दा एकै पटक बढाउनु पर्ने बताएका छन्। बालबालिकाहरूलाई हिरासतमा राखिनबाट रोक्नका लागि यस नियममा तुरुन्त परिवर्तन आउनु पर्ने उनीहरूको भनाइ छ।

Published

Updated

By Phillippa Carisbrooke

Presented by Dinita Rishal

Source: SBS

Share this with family and friends

भिक्टोरिया सरकारले आउँदो वर्ष आपराधिक जिम्मेवारीको उमेरलाई बढाउने योजना बनाएको छ। अहिले १० वर्ष रहेको उमेरलाई, आउँदो साल १२ वर्ष बनाउँदै, सन् २०२७ सम्म १४ वर्ष बनाउने सरकारको योजना छ। यता युवा अधिवक्ताहरूले भने आपराधिक जिम्मेवारीको उमेरलाई यसरी चरण चरणमा बढाउनु भन्दा एकै पटक बढाउनु पर्ने बताएका छन्। बालबालिकाहरूलाई हिरासतमा राखिनबाट रोक्नका लागि यस नियममा तुरुन्त परिवर्तन आउनु पर्ने उनीहरूको भनाइ छ।

भिक्टोरिया सरकारले आपराधिक जिम्मेवारीको उमेरलाई आउँदो साल १० वर्षबाट बढाएर १२ वर्ष पुर्‍याउने बताएको छ।

हाल १० वर्ष उमेर भएका बालबालिकाहरू कुनै अपराधको आरोप लागेमा वा दोषी ठहर भएमा, पक्राउमा पर्न या किशोर किशोरीहरूलाई राखिने जुभिनाइल हिरासतमा राखिन सकिने व्यवस्था रहेको छ।

साथै सरकारी योजनामा आउँदो चार वर्षमा आपराधिक जिम्मेवारीको उमेरलाई १४ वर्ष बनाउने रहेको छ।

आपराधिक जिम्मेवारीको उमेरलाई १४ वर्ष बनाउनु पर्ने भन्दै लामो समयदेखि आवाज उठाउँदै आएका अधिवक्ताहरूले सरकारको चरणबद्ध योजनालाई लिएर असन्तुष्टि व्यक्त गरिरहँदा राज्यकी महान्यायाधिवक्ता ज्याक्लिन साइम्सले भने यसलाई प्रगतिशील सुधारका रूपमा लिएकी छिन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now