सन् २०२१ मा सम्पन्न अस्ट्रेलियाको पछिल्लो जनगणना अनुसार देशभर ४,७०० भन्दा बढी भुटानी शरणार्थीहरूले अस्ट्रेलियालाई आफ्नो घर मान्दै आएका छन्। तिनै मध्येकी एक, टास्मेनियाकी निर्मला राई भने सन् २०१७ मा अस्ट्रेलियामा बस्न आउँदा आफूलाई भाषा लगायत थुप्रै कुराको अड्चन थियो भन्छिन्। तर, अनेकौँ चुनौतीहरू पार गर्दै राईले अङ्ग्रेजी भाषा मात्र सिकिनन्, जागिर पाउन सक्ने गरी पठनपाठन पनि गरिन् र अस्ट्रेलिया बसाइँ सरेको तीन वर्ष भित्रै आफ्नै नाममा घर किन्न पनि उनी सफल भएकी छिन्। आफ्नो यो सफलताको पछाडिको सङ्घर्षका कथाहरू बारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





