SKIP TO MAIN CONTENT

'कोड ब्राउन' के हो र यसले स्वास्थ्य क्षेत्रमा कस्तो असर पुर्‍याउँछ?

A hospital worker with a stretcher.
Victoria declared a code brown emergency as the system buckles under COVID-19 admissions and staff shortages. Source: AAP

'कोड ब्राउन' यस्तो कोड हो जुन देशका अस्पतालहरूमा कुनै बाह्य कारणले चाप बढ्न गएको खण्डमा लागू गरिन्छ।


Published

Updated

Source: SBS



Skip to podcast episode content

'कोड ब्राउन' यस्तो कोड हो जुन देशका अस्पतालहरूमा कुनै बाह्य कारणले चाप बढ्न गएको खण्डमा लागू गरिन्छ।


 'कोड ब्राउन'ले  हालै अस्ट्रेलियाभरका स्वास्थ्य सेवाहरूमा पहिचान पाएको छ।

 

भिक्टोरियाले 'कोड ब्राउन' लागू गरेको घोषणा गरेपछि सङ्घीय सरकारले सन् २०२० मा महामारी फैलँदै गर्दा  निजी अस्पतालहरू सँग गरेको सम्झौता क्रियाशील गराउने  खुलासा गरेको छ ।

 

उक्त सम्झौतामा  आवश्यक परेको अवस्थामा निजी अस्पतालहरूले आफ्नो उपकरण, कर्मचारी र अन्य स्रोतहरू सहयोग स्वरूप सार्वजनिक स्वास्थ्य क्षेत्रलाई उपलब्ध गराउने उल्लेख गरिएको छ।

 

अस्ट्रेलियाका निजी अस्पतालहरूको सङ्गठनका प्रमुख कार्यकारी अधिकृत माइकल रफले यो निर्णयको पछाडि कोभिड-१९ का बिरामीहरूको सङ्ख्या उच्च रहनु एक कारण भएको बताएका छन्।

 

तर उनले स्वास्थ्य प्रणालीमा देखिएको यो चाप कोरोनाभाइरस मामिलामा वृद्धि भएका कारण मात्र नभएको बताएका छन्।

 

डिकन विश्वविद्यालयको महामारी सम्बन्धी विषयकी प्रमुख प्रोफेसर क्याथरिन बेनेट भन्छिन् स्वास्थ्य प्रणालीमा ओमिक्रनले नयाँ चुनौतीहरू थपी दिएको छ।

रिपोर्ट सुन्नुहोस्:

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

 

यता 'कोड ब्राउन' लागू गर्दै गर्दा भिक्टोरिया सरकारले कोभिड-१९ मामिलाका कारण अस्पतालहरूमा परेको चाप कम गर्न भन्दै इन्भीट्रो फर्टीलाइजेसन अर्थात् आइभीएफ लगायत सम्पूर्ण इलेक्टिभ सर्जरीहरूलाई तिन महिनाका लागी बन्द गर्ने निर्णय गरेको थियो।

 

तर आइभीएफ बन्द गर्ने निर्णयको चौतर्फी विरोध भए पछि राज्यका प्रिमियर ड्यानियल एन्ड्रुजले सो निर्णय सच्चाएर आइभीएफ उपचारलाई निरन्तरता दिने निर्णय गरे।

 

यस पश्चात् इलेक्टिभ सर्जरीको परिभाषा भित्र रहेका केही  कमजोरी पनि बाहिर आयो। 

 

'कोड ब्राउन' लागू गरे पछि केही असन्तुष्टि, विरोध र निराशाका आवाज सुनिए पनि यसलाई नकारात्मक रूपमा मात्र लिन नहुने भन्दै प्रोफेसर बेनेटले यसरी स्रोतहरूको परिचालन गरिदा आउँदा हप्ताहरूमा अस्पतालहरूमा देखिएको चाप कम हुनेमा आशा व्यक्त गरेकी छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now