Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया बुझनुहोस्ः 'क्यापिटल गेन ट्याक्स' भनेको के हो?

Young man holding paper letter reading shocking unpleasant unexpected news

A young man holding a paper letter reading shocking, unpleasant, unexpected news feels frustrated and stressed—high tax rates. Source: iStockphoto / fizkes/Getty Images/iStockphoto

क्यापिटल गेन ट्याक्स (सीजीटी) भनेको सम्पत्ति बेच्दा प्राप्त हुने मुनाफामा लाग्ने कर हो। कुनै सम्पत्ति बेच्दा, त्यसबाट फाइदा भयो भने तपाईँले त्यस बापतको कर अस्ट्रेलियन सरकारलाई तिर्नु पर्ने हुन्छ। यो छुट्टै कर नभएर, एक आर्थिक वर्षमा तपाईँले कमाएको आम्दानी भित्रै यसको गणना गरिन्छ।


Published

Updated

By Ruchika Talwar

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


क्यापिटल गेन ट्याक्स (सीजीटी) भनेको सम्पत्ति बेच्दा प्राप्त हुने मुनाफामा लाग्ने कर हो। कुनै सम्पत्ति बेच्दा, त्यसबाट फाइदा भयो भने तपाईँले त्यस बापतको कर अस्ट्रेलियन सरकारलाई तिर्नु पर्ने हुन्छ। यो छुट्टै कर नभएर, एक आर्थिक वर्षमा तपाईँले कमाएको आम्दानी भित्रै यसको गणना गरिन्छ।


प्रमुख बुँदा:

  • सम्पत्ति, शेयर, वा क्रिप्टोकरेन्सी जस्ता लगानीबाट आएको मुनाफाबाट क्यापिटल गेन ट्याक्स (सीजीटी) तिर्नु पर्छ।
  • सामान्यतया आफू बसिरहेको घर वा सम्पत्ति बेचेर आउने मुनाफामा भने क्यापिटल गेन ट्याक्स लाग्दैन।
  • सीजीटी नतिर्दा वा आम्दानीका बारेमा अस्ट्रेलियन ट्याक्सेसन अफिसलाई जानकारी नगराउँदा, ठुलो रकम जरिमानाका रूपमा तिर्नु पर्ने हुन सक्छ।

क्यापिटल गेन ट्याक्सलाई (सीजीटी) सामान्य भाषामा पुँजीगत लाभ कर पनि भनिन्छ।

घर, जग्गा, सम्पत्ति, क्रिप्टोकरेन्सी वा शेयरहरू बेच्दा हुने नाफालाई, ट्याक्स रिटर्नका बेला आफ्नो आम्दानीमा जोड्नु पर्छ र यस बापतको कर पनि तिर्नु पर्छ।

अस्ट्रेलियाको कर सम्बन्धी जिम्मेवार निकाय, अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) हो।

अस्ट्रेलियामा बसोबास गर्ने सबै मानिसले सम्पत्तिबाट भएको आम्दानी वा घाटाका बारेमा अस्ट्रेलियन ट्याक्सेसन अफिसलाई (एटीओ) जानकारी गराउने र यससँग सम्बन्धित करहरू तिरेर दायित्व निर्वाह गर्नु पर्ने हुन्छ।

अस्ट्रेलियाका धेरै जसो मानिसहरूले एजेन्ट मार्फत ट्याक्स रिटर्न गर्ने चलन छ।

चूडामणि बेलबासे, सिड्नीमा रजिस्टर्ड ट्याक्स एजेन्टका रूपमा कार्यरत छन्।

बेलबासेका अनुसार, सीजीटी आफैमा फरक कर होइन, यो त सम्पत्ति बेच्दा हुने फाइदा सम्बन्धी कर हो।

“कुनै पनि एसेटहरु तपाईँले ब्रिकी गर्नु भयो, एसेट भन्नाले रियल स्टेट एसेट भयो, शेयरहरू भयो, क्रिप्टो भयो, यिनीहरूलाई बेच्दा खेरी आएको प्रोफिटको मात्रा ट्याक्स रिटर्नको अरू कम्पोनेन्टसँग जोडिन्छ,” एजेन्ट बेलबासे भन्छन्।

उदाहरणका लागि तलबबाट १ लाख आएको छ, र शेयर बेच्दा अर्को १० हजार आएको छ भने क्यापिटल गेन चाहिँ ट्याक्समा आएर जोडिन्छ
चूडामणि बेलबासे, रजिस्टर्ड ट्याक्स एजेन्ट

आफूले बेचेको सम्पत्तिले दिएको मुनाफा वा घाटाका बारेमा हिसाब किताब राख्ने र यसका बारेमा ट्याक्स रिटर्नका बेला एटीओलाई जानकारी गराउनु पर्छ।

सीजीटीको क्यालकुलेसन विधि पनि फरक हुने बेलबासेले बताए।

उनका अनुसार, शेयरहरू खरिद ब्रिकी गर्दाको लागत र त्यसमा तिरिने कमिसन कटाएर प्राप्त हुने लाभमा मात्र कर तिर्नु पर्छ।

इन्भेस्टमेन्ट प्रपर्टीको हकमा चाहिँ यसमा लाग्ने अन्य खर्च, जस्तै कि स्ट्याम्प ड्युटी, लिगल कस्ट, मोर्गेज इन्स्योरेन्स र बिचमा भएका मर्मत सम्भार सम्बन्धी खर्च पनि कटाउन सकिन्छ।

किन्दाको खर्च मात्र नभएर त्यस पछि बेच्दा लाग्ने खर्च पनि कटाउन सकिने उनले बताए।

“मानौँ, तपाईँले ५ लाखको प्रर्पटी किन्नु भयो, सबै कस्टहरु जोड्दा अरू एक लाख खर्च भयो भने, र त्यसलाई ८ लाखमा बेच्नु भयो भने सरर्सती हेर्दा तपाईँलाई दुई लाख फाइदा भयो , हो त्यो दुई लाखमा ट्याक्स तिर्नु पर्ने हुन्छ।” उनले भने।

यदि तपाई अस्ट्रेलियन बासिन्दा हो र कुनै सम्पत्ति किनेर कम्तीमा १२ महिना त्यसलाई 'होल्ड' गर्नु भयो र पछि बेच्नु भयो भने चाहिँ, सीजीटीमा ५० प्रतिशतसम्म छुट पाउन सकिन्छ।

“त्यही उदाहरणमा अब १ लाखको कर तिर्नु पर्ने भयो, प्रर्पटी दुई जनाको नाममा छ भने, ५० हजार एउटाको इन्कममा र अर्कोकोमा ५० हजार गएर जोडियो ।”

Close up of female accountant or banker making calculations. Savings, finances and economy concept
Close up of female accountant or banker making calculations. Savings, finances and economy concept Source: Moment RF / Prapass Pulsub/Getty Images

एटीओका असिस्टेन्ट कमिस्नर टिम लो, कर सम्बन्धी दायित्वका बारेमा यसरी बुझाउछन्।

“मानौँ कि नुरी भन्ने कुनै मानिसले ५,००० डलरको शेयर किने अनि ६ महिना जति राखेपछि ५५०० सयमा बेचे भने उनले ट्याक्स रिटर्नको बेला, शेयरबाट भएको ५०० डलरको आम्दानी उल्लेख गर्नुपर्छ र व्यक्तिगत आयमा निर्भर हुँदै त्यसको कर तिर्नु पर्ने हुन्छ।”

कर छल्दा दण्ड र जरिवाना

एसेटहरूबाट प्राप्त आम्दानी लुकाउन खोजे चाहिँ एटीओले ठुलो जरिमाना गर्न सक्ने बताइन्छ।

एटीओ कार्यालयका लो विभिन्न संस्थाबाट प्राप्त तथ्याँकहरुलाई जाँचेर हेर्ने बताउँछन्।

“बैङ्क, स्टेट रिभिन्यु अफिस, ल्यान्ड टाइटल अफिस, इन्स्योरेन्स कम्पनी, शेयर रजिस्टार लगायतबाट आम्दानी र अन्य डेटाहरू प्राप्त हुन्छन्,” लोले भने।

“उबर, एयरबीनबी जस्ता कम्पनीहरूले पनि जानकारी पठाउँछन्।”

यता ट्याक्स एजेन्ट, बेलबासेपनि एटीओको कार्य प्रणाली फरक बन्दै गएको बताउँछन्।

पहिले विश्वासको भरमा चल्ने भए पनि अहिले भने एटिओ ले विभिन्न निकायबाट तथ्याँकहरु प्राप्त गर्ने उनले बताए।

“जस्तो घर किन्नु भयो भने, कहिले किनेको कतिमा किनेको कोबाट किनेको सबै रेकर्ड ट्याक्स अफिससँग हुन्छ, बेच्दा खेरी पनि कहिले कतिमा बेच्यो रेभीन्यु अफिसँग हुन्छ। रेभिन्यु अफिससँग डेटा लिएर, म्याच गर्छ र एकदम धेर फरक देखियो भने अडिट गर्न सक्छ,” उनले भने।

“र यदि त्यो कुरा डिस्क्लोज गर्‍या छैन भने पनि नन–डिस्क्लोजर पेनाल्टी भनेर लगाउन सक्छ, त्यो २५ प्रतिशत सुरु भएर थुप्रै पेनाल्टी लगाउन सक्छ।”

अन्य सामान्य अवस्थामा कर छल्न खोजे जस्तै, कति कर छल्न खोजेको हो व्यक्तिगत अवस्था हेरेर जरिमाना निर्भर हुने बताइन्छ।

जरिमाना बाहेक, तिर्नु पर्ने करमा व्याज समेत लगाइन सक्छ।

एटीओका लोका अनुसार, छल्न खोजेको करको २५ देखि १०० प्रतिशतसम्म जरिमाना हुन सक्छ।

तर बारम्बार कर छल्न खोजी रहे चाहिँ, आपराधिक कानूनको कसुर पनि लाग्न सक्छ।

Wooden cubes with word 'Tax' on australian dollars
Wooden cubes with word 'Tax' on australian dollars Source: iStockphoto / alfexe/Getty Images

एटीओको जरिवाना गलत लागे अपील गर्न मिल्छ?

अस्ट्रेलियाको इकोनोमि 'क्यासलेस' जस्तै भइसकेको अवस्थामा, घर, सम्पत्ति वा शेयरको कारोबार क्यासमा हुने सम्भावना निकै कम हुने बताइन्छ।

तर ट्याक्स अफिसले गलत तरीकाले कारवाही गरेको छ भन्ने लाग्यो भने चाहिँ, एटीओमा अपिल गर्न सकिन्छ।

एटीओले निवदेन माथी छानबिन गरी ठिक ठानेमा, जरीमाना कम गर्न वा पुरै हटाउन पनि सक्छ।

एटीओका लो, कर सम्बन्धी सबै नियमहरुको पालना गर्दा, समाजलाई पनि फाईदा पुग्ने बताउछन्।

“तपाईले ट्याक्स तिर्नु भएन भने यसको परिणाम हामी सबैले भोग्नु पर्छ, स्कुल र अस्पतालहरुले चाहीने जति रहम पाउदैनन् अनि शिक्षक, डाक्टर र नर्सहरुको कमी हुन्छ।”

african couple outside home with sold sign
happy African couple outside home with sold sign giving thumbs up Source: iStockphoto / michaeljung/Getty Images

कुन अवस्थामा सीजीटीमा छुट पाइन्छ?

ट्याक्स एजेन्ट बेलबासे, आफुले दुख गरेर कमाएको सम्पत्ति सही ठाउमा लगानी गर्नका लागि सुझाव दिन्छन्।

”एक जना मेरो क्लाइन्टले आफु युनिटमा बसेर, ओरन पार्कमा घर किन्नु भयो, ७ लाखको प्रर्पटी १२ लाख भयो, ५ लाख फाईदा भयो भनेर बेच्नु भयो तर साडे दुई लाख ट्याक्स तिर्नु पर्ने भयो,”

“आफु बसेको भए एक रुपैया पनि ट्याक्स तिर्नु पर्ने थिएन्।”

ट्याक्स छल्ने नभई कसरी कम गर्ने भन्ने बारेमा सोच्न उनले आग्रह गरे।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now