हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलिया बुझ्नुहोस्: ‘क्लोजिङ्ग द ग्याप’ भनेको के हो?

What is closing the gap? Source: Moment RF / Attila Csaszar/Getty Images
अस्ट्रेलियनहरूको औसत आयु अन्य धेरै मुलुकको तुलनामा बढी रहेको मानिन्छ। यहाँका मानिसहरू सरदर ८३ वर्ष बच्ने गर्दछन्। तर जब यो कुरा आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूमा आउँछ, उनीहरूको आयु अरूको भन्दा लगभग आठ वर्ष कम छ। क्लोजिङ्ग द ग्याप यस्तो एउटा राष्ट्रिय सम्झौता हो, जसको उदेश्य आदिवासी मानिसहरूको स्वास्थ्य र कल्याणको सुधार गर्दै, अन्य अस्ट्रेलियनहरू जस्तै उनीहरूको जीवनस्तर उन्नति गर्ने हो। त्यसो भए क्लोजिङ्ग द ग्यापको सुरुवात किन र कसरी भयो त?
Share