हरेक वर्ष २७ फेब्रुअरीलाई विश्व गैर सरकारी संस्था दिवसको रूपमा मनाउने गरिएको छ। यस वर्षको नारा दिगो भविष्यको निर्माणका विकास लक्ष्यहरू पुरा गर्न गैर सरकारी संस्थाहरूको भूमिकामा आधारित रहेको छ। यसै सन्दर्भमा नेपालमा आगामी दुई वर्ष अर्थात् विक्रम संवत् २०८२ भित्रमा सडकमा आश्रय लिनेहरूको सङ्ख्या शून्यमा झार्ने लक्ष राखेको संस्था मानव सेवा आश्रमका प्रतिनिधिहरूले अस्ट्रेलियाका विभिन्न सहरहरूमा समुदायका सदस्यहरू भेटेका छन्। संस्थाका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले आश्रमको उद्देश्यबारे एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। सोही प्रसङ्गमा नेपालका गैर सरकारी संस्थाहरूको सञ्चालन तथा नियमन बारे नेपालको सामाजिक कल्याण परिषद्का सूचना अधिकृत संजय कुमार मल्लिकले जानकारी दिएका छन्। समग्र रूपमा दिगो विकासमा गैर सरकारी संस्थाहरूको भूमिकाको बारेमा मेलबर्नकी लेक्चरर सावित्रा काफ्लेसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





