चीनको कोभिड–१९ नीति र अन्य राजनीतिक जोखिमका कारण बहुराष्ट्रिय कम्पनीहरू चीनबाट बाहिरिन खोजिरहेको बताइन्छ।
लगभग तीन वर्षदेखि जारी कढा लकडाउनका कारण चीनका विभिन्न सहरका कामदार आफूले काम गर्ने स्थानमै थुनिन् पुगे।
अस्ट्रेलियाको भन्दा बढी जनसङ्ख्या भएका कैयन सहरहरू महीनौसम्म ठप्प रहे।
यतिखेर चीनमा रहेका विभिन्न बहुराष्ट्रिय कम्पनीहरू सरकारी प्रतिक्रियाका कारण समस्यामा परिरहेका छन्।
विश्व प्रसिद्ध कम्पनी एप्पललाई विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनाउन भूमिका खेलेको चीनबाट अब कम्पनी बाहिर निस्कन खोजिरहेका रिर्पोटहरु केही हप्तादेखि सुनिन थालेका छन्।
लोवी इन्स्चीच्यूटकी जेनिफर सु चीनको शून्य कोभिड नीतिका कारण कामदारहरूले ऐतिहासिक सर्घष गर्नु परिरहेको बताउँछिन्।
“कम्पनीले लगाएको लकडाउनका विषयमा कामदारहरूले असन्तुष्टि व्यक्त गरिरहेका थिए, तर कोभिड अघि पनि सुरक्षा र लामो काम गर्ने विषयलाई लिएर फक्सकन कम्पनीमा विरोधहरू भइरहेको हामीले देखेका छौ, अब एप्पल जस्ता बहुराष्ट्रिय कम्पनिहरुहरुले अहिलेको वातावरणमा प्रतिक्रिया खोजिरहेका छन्,” उनले भनिन्।
चीन र अमेरिकाबिच देखिएको व्यापार द्वन्द्व पनि एक रहेको सुको बुझाई छ।
विगत चार दशकमा निकै माथि पुगेको चीनको आर्थिक वृद्धि पछिल्लो समय केही खुम्चँदै गइरहेको छ।

अन्तर्राष्ट्रिय मौद्रिक कोषले चीनको सन् २०२२ का लागि आर्थिक बृद्धीद्धर ३.२% रहने आँकलन सार्वजनिक गरेको थियो, यो बृद्धीदर सन् १९७७ पछिको सबैभन्दा कम हो।
“बिना शङ्का चीनको आर्थिक बृद्धीदर कम भइरहेको छ, यसको मुख्य कारण शून्य कोभिड नीति हो,”
त्यसो भए राजनीतिक जोखिम चाहिँ के हो त र किन बहुराष्ट्रिय कम्पनी चीनबाट बाहिरिन खोज्दैछन् ?
युरेसिया नामक राजनीतिक जोखिम परामर्श केन्द्रका नील थोमस अस्थिरता नै प्रमुख कारण भएको बताउँछन्।
“समान्य स्तरमा बुझ्दा, नीति नियमहरू र कानूनबाट सिर्जना भएको व्यापार वातावरणलाई बुझ्नुपर्छ, एक स्थिर र अनुमानित वातावरण सिर्जना हुनुपर्छ,” निल भन्छन्।
थोमसका अनुसार कम्पनीहरूले चीनमा जोखिम देखिरहेका छन्।
“अहिले चीनमा धेरै समस्याहरू छन्, चीनको अर्थतन्त्र सेलाउँदै जानुले पनि बहुराष्ट्रिय कम्पनीहरूलाई थाप लगानी गर्न रोकिरहेको छ,” थोमस भन्छन्।
एप्पल बाहेक अन्य प्रविधि सम्बन्धी कम्पनीहरूले अन्य एसियाली देश जस्तै भियतनाम र भारतमा लगानी विस्तार गर्न खोजिरहेको थोमसको बुझाई छ।
चीनबाट एप्पलले आफ्ना उत्पादन केन्द्रहरू बन्द गर्ने निर्णय गर्यो भने पनि यसका लागि बषौ समय लाग्नै बताइन्छ।





