Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्व स्तरीय प्रतियोगिताका प्रतिस्पर्धी शेफ भन्छन् नेपाली र भारतीय खाना एकै होइनन्

Binod Dhungana

Binod Dhungana talking to SBS Nepali Source: SBS Nepali

पहिलो पटक अस्ट्रेलियामा हुन गइरहेको वर्ल्ड फुड च्याम्पियनसिप्स् अन्तर्गतको प्रतिस्पर्धामा विनोद ढुङ्गानाले नेपाली खाना र यससँग जोडिएको सांस्कृतिक पाटोलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयास गर्दै छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


पहिलो पटक अस्ट्रेलियामा हुन गइरहेको वर्ल्ड फुड च्याम्पियनसिप्स् अन्तर्गतको प्रतिस्पर्धामा विनोद ढुङ्गानाले नेपाली खाना र यससँग जोडिएको सांस्कृतिक पाटोलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयास गर्दै छन्।


सिड्नी निवासी ३५ बर्षीय ढुङ्गानाले वर्ल्ड फुड च्याम्पियनसिप्स्को सिड्नीमा भएको प्रतिस्पर्धामा चिकेन विधामा जित हासिल गरिसकेका छन्।

साथै उनले जुलाई ८ देखि १० सम्म हुने मेलबर्नको प्रतिस्पर्धामा  राम्रो प्रदर्शन गर्न सके  टेक्ससमा हुने वर्ल्ड फुड च्याम्पियनसिप २०२२ उपाधिका लागी भिड्न गोल्डेन टिकट इन्ट्री  प्राप्त गर्ने छन्।

नेपाली र भारतीय खानामा प्रयोग हुने मसलाहरू एकै प्रकारको हुने भए पनि यी दुई खानामा धेरै भिन्नता रहेको र यो कुरा अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन आवश्यक भएको ढुङ्गानाले बताएका छन्।

Binod Dhungana was the champion winner of the chicken category in the Sydney competition.
Binod Dhungana was the champion winner of the chicken category in the Sydney competition. Source: Supplied

मेलबर्न प्रतिस्पर्धामा भने उनले सी फुड र बार्बिक्यु विधामा नेपाली फ्युजन खाना बनाउँदै छन्।

विनोद ढुङ्गानासँगको पुरा कुराकानी सुन्नुहोस्: हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now