Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

वर्ल्ड कप विजेता डेभ वाटमोर: नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ प्रशिक्षक

Pakistan's team coach Dav Whatmore helps fielders during the team's net session at Dubai stadium on November 12, 2013. South Africa face Pakistan in the first of two Twenty internationals in Dubai.

Pakistan's team coach Dav Whatmore helps fielders during the team's net session at Dubai stadium on November 12, 2013. Source: ASIF HASSAN/AFP via Getty Images

नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगे पछि नेपाली क्रिकेट प्रेमी उत्साहित बनेका छन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोर नेपाल आइपुगे पछि नेपाली क्रिकेट प्रेमी उत्साहित बनेका छन्।


विश्व प्रसिद्ध क्रिकेट प्रशिक्षक वाटमोरले यो भन्दा अगाडि सन् १९९६ मा श्रीलङ्कालाई क्रिकेट विश्वकपको विजयसम्म पुर्‍याएका थिए, र थुप्रै टोलीलाई सफलतापूर्वक प्रशिक्षण दिएका छन्। उनलाई गत महिना नेपाली क्रिकेट टोलीको प्रशिक्षक नियुक्त गरिएको थियो।

श्रीलङ्काली मूलका वाटमोर अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्। उनले कुनै समयमा अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीमा खेलेका थिए भने पाकिस्तान, बंग्लादेश र जिम्बाब्वेका राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिएका छन्।

वाटमोर जनवरीको १७ तारिखमा नेपाल आइपुगेका थिए, र एक हप्ता आइसोलेसन र कोभिड परीक्षण पछि सार्वजनिक रूपमा देखिएका हुन्।

गत बिहीबार उनलाई स्वागत गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली क्रिकेट टोलीलाई क्रिकेटको विश्वकप सम्म पुर्‍याउनु आफ्नो चुनौती रहेको बताएका छन्।

"विश्वकपको स्तरमा पुग्नु निकै गाह्रो कुरा हो। हामी जे गर्न खोजिरहेका छौँ, अरू थुप्रै देश पनि त्यही गर्न खोजिरहेका छन्।

त्यसैले मैले यसलाई ठुलो चुनौतीको रूपमा लिएको छु। तर हामीले सपना नै देखेनौँ वा उच्च स्तरमा पुग्ने लक्ष्य नै राखेनौँ भने त त्यहाँसम्म पुग्दै पुग्दैनौँ।

खेलाडीहरूले यो एक अर्काका लागि खेल्ने हो र एक अर्काका लागि काम गर्ने हो भन्ने कुरा राम्रोसँग बुझे भने यो सम्भव पनि हुन सक्छ।"

वाटमोरले सन् २०१७ मा राष्ट्रिय टोलीका केही सदस्य लगायत नेपालका क्रिकेट खेलाडीलाई दुई हप्ते प्रशिक्षण दिइसकेका छन्। नेपाली खेलाडीहरू आशालाग्दो भएका र उनीहरूसँग काम गर्न आफू उत्सुक भएको पनि वाटमोरले बताएका छन्।

Former Australian cricketer Dav Whatmore (C) has ended his two-year stint as Pakistan coach. (AAP)
Dav Whatmore (Center) was also the coach for Pakistan Cricket Team from 2012-2014. Source: AAP

एक वर्षका लागि पुरुष टोलीलाई प्रशिक्षण दिने वाटमोर महिला टोली र यु–१९ टोलीका सल्लाहकार पनि रहनेछन्।

विगतको दशकमा नेपालको क्रिकेटले निकै प्रगति गरेको छ। नेपाली राष्ट्रिय पुरुष टोलीले सन् २०१४ मा आइसिसी डिभिजन ३ को प्रतियोगिता जितेको थियो भने सन् २०१८ मा नेपालले क्रिकेट विश्वकप छनौट प्रतियोगिताको पहिलो प्ले-अफ खेल जितेपश्चात् एक दिवसीय अन्तर्राष्ट्रिय खेल र साथै ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने मान्यता प्राप्त गरेको हो।

पछिल्लो समयमा नेपालमा क्रिकेट निकै लोकप्रिय भएको छ, र वाटमोर जस्ता प्रख्यात र सफल प्रशिक्षकको आगमनले क्रिकेट प्रेमीले नेपाली टोलीबाट भविष्यमा धेरै आशा गरेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now