Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

मोबाइल फोन प्रयोग गर्दै गाडी चलाउनेलाई समात्न न्यु साउथ वेल्समा नयाँ क्यामेराहरू

high definition camera NSW

न्यु साउथ वेल्समा सवारी साधन चलाउँदा अवैध रूपमा मोबाइल फोन वा अन्य इलेक्ट्रोनिक उपकरण प्रयोग गर्नेहरूको पहिचान गर्न विशेष क्यामेराहरू जडान गरिने भएको छ।


Published

Updated

Source: SBS




Share this with family and friends


न्यु साउथ वेल्समा सवारी साधन चलाउँदा अवैध रूपमा मोबाइल फोन वा अन्य इलेक्ट्रोनिक उपकरण प्रयोग गर्नेहरूको पहिचान गर्न विशेष क्यामेराहरू जडान गरिने भएको छ।


ग्लाडिस बेरिजिक्लिन नेतृत्वको राज्य सरकारका अनुसार न्यु साउथ वेल्सका सडकहरूमा स्थायी रूपमा नै मोबाइल फोन प्रयोग भए नभए चिन्ने क्यामेराहरू जडान हुनेछन्।

राज्य सरकारका अनुसार, गएको ६ महिनाको परीक्षण अवधिमा जम्मा तीन क्यामेराहरूले मात्र, एक लाख मानिसहरूले सवारी साधन चलाउँदा आफ्नो फोन लगायतका उपकरण प्रयोग गरेको तस्बिर उतारेको थियो।

उक्त अवधिभर सवारी चालकहरूले फेसबुक, एसएमएस चलाएको र एक घटनामा त चालकले आफ्ना दुवै हात मोबाइल चलाउन प्रयोग गरेको अनि उनको यात्रीलाई “स्टेरिङ” घुमाउन लगाएको समेत पाइएको सरकारले बताएको छ।

 drivers on mobile phones
Detection cameras rolling out across New South Wales in bid to catch drivers on mobile phones Source: NSW Government

अब, आगामी डिसेम्बरदेखि राज्यका विभिन्न सडकहरूमा थप नयाँ क्यामेराहरू जडान गरिनेछन् भने फोन प्रयोग सम्बन्धी नियम तोड्नेहरूलाई पहिलो तीन महिनामा चेतावनी पत्र पठाइने सरकारको भनाइ छ।

८ करोड ८० लाख डलरको लागतमा जडान हुने ती क्यामेराहरू विभिन्न ४५ स्थानमा स्थापना गरिने बताइएको छ। तर, गति मापन गर्ने “स्पिड क्यामेरा”हरू यहाँ छन् भन्ने जस्तो ब्यहोराको सूचना भने यी नयाँ जडान हुने क्यामेराका लागि उपलब्ध बनाइने छैन।

यो थप राजस्व उठाउने भन्दा पनि नागरिकहरूको ज्यान बचाउन अपनाइएको कार्य भएकोमा जोड दिँदै राज्यका सडक मन्त्री एन्ड्रु कन्सटेन्सले भने, “ए, मलाई त कुनै बेला पनि समात्न सक्छन् भन्ने सोच मानिसहरूमा हुनु जरुरी छ नि त! म चाहन्छु मानिसहरूको बानी तत्काल परिवर्तन होस्।”

न्यु साउथ वेल्स प्रहरीका सह-महानिरीक्षक माइकल कोर्बोय मन्त्री कन्सटेन्ससँग सहमत देखिन्छन्। उनी भन्छन्, मदिरा सेवन गरेर र सिट बेल्ट नलगाउने जस्ता अन्य ट्राफिक नियमहरूको उल्लङ्घन भए झैँ मोबाइल फोनको अवैध प्रयोग गर्ने बारे पनि मानिसहरूको सोचमा परिवर्तन आउन जरुरी रहेको छ।

राज्यका रिजनल सडकहरू हेर्ने मन्त्री पल टूलका अनुसार एक स्वतन्त्र अध्ययनले यी नयाँ क्यामेराहरुको प्रयोगले पाँच वर्षको अवधिमा ज्यानै जाने जस्ता करिब १०० जति दुर्घटनाहरू रोक्न सकिने पाएको बताए।

“आर्टिफिसियल इन्टेलिजेन्स” भनिने कृत्रिम बुद्धिमत्ताको प्रयोग हुने यी “हाई डेफिनेसन” क्यामेराहरूले झरी, घाम जस्तो सुकै मौसम र दिन वा रात कुनै पनि समय काम गर्न सक्ने बताइएको छ।

जता सुकै लैजान मिल्ने अन्य “पोर्टेबल” किसिमका क्यामेराहरू भने राज्यभर प्रयोग हुनेछन्।

प्रयोगमा छुट

La ‘app’ de Singapur para frenar coronavirus que Australia quiere adoptar
Source: Getty Images

मन्त्री कन्सटेन्सको भनाई मान्ने हो भने गाडी मै मोबाइल चलाउन केही विशेष परिस्थितिहरूमा भने छुट दिइने छ।

विशेष गरेर, फोन अड्काउन मिल्ने “क्राडल” आफ्नो सवारी साधनमा जडान गरिएको छ भने ब्लुटुथ मार्फत, आफ्ना यात्रीलाई फोन हस्तान्तरण गर्दा र “ड्राइभ थ्रु”मा भएको बखत फोन प्रयोग गर्न कुनै बन्देज नहुने बताइएको छ।

“गाडी भित्र रहँदा बिलकुलै फोन नचलाउनु होस् भनेको होइन, मोबाइल उपकरण सुरक्षित रूपमा प्रयोग गर्नुपर्‍यो भन्ने हो,” मन्त्री एन्ड्रु कन्सटेन्सले भने।

हाल विद्यमान नियमानुसार, न्यु साउथ वेल्स राज्यमा अनधिकृत रूपमा मोबाइल चलाउँदै गाडी हाँकेको पाइएमा ३४४ डलर जरिवाना तिर्नुपर्ने र ५ डीमेरिट पोइन्ट पाइने प्रावधान छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now