Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा नेपाली सामुदायिक रेडियो चलाउनेहरू के भन्छन् त?

NITV Radio

NITV Radio - on air program 15/04/2022 Source: Flickr/by-sa-2.0

रेडियो अझै पनि एक महत्त्वपूर्ण सञ्चार माध्यमका रूपमा नै रहेको अस्ट्रेलियाका केही नेपाली सामुदायिक सञ्चारकर्मीहरूले बताएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


रेडियो अझै पनि एक महत्त्वपूर्ण सञ्चार माध्यमका रूपमा नै रहेको अस्ट्रेलियाका केही नेपाली सामुदायिक सञ्चारकर्मीहरूले बताएका छन्।


विश्व रेडियो दिवसको अवसरमा एसबीएस नेपालीको रेडियो कार्यक्रममा गरिएको विशेष कुराकानीका क्रममा उनीहरूले रेडियोको महत्त्व कम नभएको बिचार राखेका हुन्।

सन् २०११ मा युनेस्कोले आफ्नो ३६ औँ सम्मेलनका क्रममा प्रत्येक फेब्रुअरी १३ तारिखलाई विश्व रेडियो दिवसका रूपमा मनाउने निर्णय गरे को थियो।

त्यस पश्चात् रेडियोको महत्त्व मानिसहरूलाई बुझाउने अभिप्रायले यो दिवस मनाउन थालिएको हो।

Radio and trust वा रेडियो र विश्वास भन्ने मूल नाराका साथ विश्व भर विविध कार्यक्रम गरेर यो दिवस मनाइएको थियो।

यस नाराले रेडियो र विश्वासलाई एकै ठाउँमा राखेको छ भने परिवर्तन, नवीनता र सम्पर्क लाई पनि रेडियोको क्षेत्रमा महत्त्वपूर्ण हुने सन्देश यस पटक विश्व रेडियो दिवसमा दिइएको थियो। 

World Radio Day SBS German
Wer entscheidet, was im Radio läuft? Bei SBS German bestimmst du täglich mit, als Moderator und/oder Redakteur. Ausserdem online und auf Facebook. Source: Supplied

विश्व रेडियो दिवसकै अवसरमा अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूमा नेपाली सामुदायिक कार्यक्रम सञ्चालन गरेको अनुभव बोकेका व्यक्तिहरूसँग कुरा गरेका थियौं। 

क्यानबेरा, भिक्टोरिया, क्वीन्सल्याण्ड, र नर्दर्न टेरिटरीका हिमांशु प्रधान, प्रदीप तिमल्सिना, तिलक पोखरेल, केशव शर्मा र नितेशराज पन्तसँग रेडियोको महत्त्व र अहिलेको समयमा यसको सान्दर्भिकताबारे गरेको कुराकानी सुन्नुहोस्:

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now