SKIP TO MAIN CONTENT

सामुदायिक पत्रकारितामा “धम्की”को चिन्ता

अस्ट्रेलियामा सामुदायिक पत्रकारितालाई अगाडी बढाउँदै जाँदा, विभिन्न किसिमका धम्कीहरू आउने गरेको यहाँ पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूले बताएका छन् ।

Rishi Acharya, the newly elected president of the Australian Nepalese Journalist Association with outgoing and founder president Hemanta Kafle.
Rishi Acharya, the newly elected president of the Australian Nepalese Journalist Association with outgoing and founder president Hemanta Kafle. Source: SBS NEPALI

2 min read

Published



Skip to article content

सामुदायिक पत्रकारितालाई अगाडी बढाउँदै जाँदा विकृति र विसङ्गतिका बारेमा सत्य तथ्य समाचार सम्प्रेषण गर्दा - कानुनी प्रक्रियामा लिएर जाने लगायतका धम्कीहरू आउने गरेको उनीहरूले बताएका हुन्।

अस्ट्रेलियामा रहेर पत्रकारिता गरी रहेका नेपाली पत्रकारहरूको संस्था - अस्ट्रेलिया नेपाल पत्रकार महासङ्घ अस्ट्रेलिया (एन्जा)को गत मे १ मा आयोजना गरिएको पहिलो साधारण सभाका क्रममा उक्त खुलासा गरिएको थियो।

नेपाल पत्रकार महासङ्घ अस्ट्रेलियाले साधारण सभा मार्फत यस अघिको सहमति अनुसार नै ऋषि आर्चायलाई पद हस्तान्तरण गरेको छ।

पद हस्तान्तरण पछि एसबीएस नेपालीसँग कुरा गदै निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले विभिन्न विसङ्गतिका बारेमा लेख्दा आफूलाई धम्कीहरू आउने गरेको खुलासा गरे ।

“अवैध रहेको हुन्डीका विषयमा लगातार लेख्दा मैले धम्कीहरूको सामना गरेको छु ” उनले भने ।

“वास्तवमा पत्रकारिता गर्ने हो भन्ने विद्यार्थीहरूका समस्या, लुट व्रम्ह लुट, दैनिक रूपमा खुलेआम हुने हुन्डीका विषयमा लगायतमा लेख्नु पर्छ” हेमन्त काफ्लेले बताए ।

यता, भर्खरै कार्यभार सम्हालेका अध्यक्ष ऋषि आर्चायले पनि समाचारका विषयमा धम्कीहरू आउने कुरालाई स्विकार्छन्।

Rishi Acharya,President Australia Nepal journalist association
ऋषि आचार्य Source: SBS Nepali

“समाचार लेखेकै कारणले व्यक्तिले अन्य तनावहरू भोग्नु परिरहेको छ – सङ्गठित भएर काम गर्दा आफ्नो आवाज बलियो हुन्छ, व्यावसायिक  पत्रकारिता बलियो रूपमा गर्न सकिन्छ,” आचार्यले भने ।

अस्ट्रेलियामा दर्ता भएर कानूनी रूपमा सञ्चालनमा आएका नेपाली सञ्चार माध्यमलाई जिम्मेवार मिडियाका रूपमा अगाडी बढाउँदै व्यावसायिक बनाएर, यहाँका मानिसले पनि सहकार्य गराउने वातावरण मिलाउन जरुरी रहेको उनको भनाई छ ।

“हाम्रो समुदायका केही सदस्यहरूको नेपालको जस्तै पत्रकारिता होस भन्ने चाहाना छ, यहाँको आचार संहितालाई आधारमा राख्दै समुदायमा सौर्हादता बढाउने योजना छ।"

यस बाहेक यहाँ बसेर पत्रकारिता गरी रहेका मानिसहरूलाई तालिम प्रदान गर्ने उद्देश्य रहेको पनि उनले बताए ।

महामारीका बेला समुदायमा कोरोनाको जोखिमका बारेमा सूचना सम्प्रेषण गर्न महत्त्वपूर्ण भूमिका खेलेको पनि संस्थाले जनाएको छ ।

“महामारीका बेला नेपाली दूतावास र एनआरएन मार्फत थुप्रै मानिसलाई स्वदेश फर्काउन सफल भइयो ” निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले भने ।

संस्थापक अध्यक्ष अब उक्त संस्था संरक्षकका रुपमा रहने छन् ।

संस्थाका अन्य पदाधिकारी भने यथावत् रहने संस्थाले जानकारी दिएको छ ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now