Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

तिहारका गीत: कस्तो हुनु पर्छ होला?

Lochan Rijal

Lochan Rijal is a scholar of ethnomusicology. Credit: YouTube/Lochan Rijal

लोचन रिजाल एक गायक, सङ्गीतकार र अनुसन्धानकर्ता हुन्। उनी नेपाली लोक सङ्गीत, परम्परागत वाद्य यन्त्र, र साङ्गीतिक संरचनामा आधारित अनुसन्धानमा संलग्न छन् र शिक्षणमार्फत पनि ज्ञान आदानप्रदान गर्दै आएका छन्। प्राय गरेर सारङ्गी लगायतका नेपाली पारम्परिक वाद्य यन्त्रहरूको प्रयोग गर्दै विभिन्न प्रकारका सङ्गीत सिर्जना गर्ने रिजाल, गिटार तथा अन्य बाजाहरू पनि आफ्ना साङ्गीतिक प्रस्तुतिहरूमा प्रयोग गर्न रुचाउँछन्। कला बाहेक शैक्षिक क्षेत्रतर्फ पनि आफू उत्तिकै व्यस्त रहने उनको भनाई छ। हाल काठमाण्डू युनिभर्सिटी, स्कुल अफ आर्ट्स अन्तर्गत डिपार्टमेन्ट अफ म्युजिकका हेड रहेका एसोसिएट प्रोफेसर लोचन रिजालले अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्स र काठमाण्डू विश्वविद्यालय एथ्नोम्युजिकोलोजीमा पीएचडी गरेका हुन्। तिहारको मौका पारेर एसबीएस नेपालीका लागि गिरिश सुवेदीले लोचन रिजालसँग गरेको कुराकानीको सुन्नुहोस्। नोट: यो सामाग्री पहिलो पटक प्रकाशित हुँदा, युनिभर्सिटी अफ मासाचुसेट्स र काठमाण्डू विश्वविद्यालय हुनुपर्नेमा एरिजोना स्टेट युनिभर्सिटी तथा विश्वभारती विश्वविद्यालय (शान्तिनिकेतन) उल्लेख भएकोमा भूल सुधार गरिएको छ।

Published

By Girish Subedi

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now