Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

‘पुर्खाहरूको त्याग बिर्सनु हुँदैन’: रिमेम्ब्रेन्स डे बारे पूर्व सैनिकहरूको भनाइ

REMEMBRANCE DAY SYDNEY

MUSN Jacob Legaspi, bugler for Australian Army Band Sydney, plays ‘The Last Post’ as poppies are projected onto the Sydney Opera House sails during a Remembrance Day 2025 Dawn Service at Campbells Cove, in Sydney, Tuesday, November 11, 2025. Credit: AAP Image/Bianca De Marchi

प्रथम विश्वयुद्ध र त्यसपछि भएका युद्धहरूमा ज्यान गुमाएका सैनिक र नागरिकहरूको सम्झनामा मनाइने रिमेम्ब्रेन्स डे मङ्गलवार, नोभेम्बर ११ मा अष्ट्रेलियाभर सम्पन्न भएको छ। उक्त दिनको महत्त्व र यसका बारेमा नँया पुस्ताहरूले कसरी मनन गर्नु पर्छ भनी हामीले एडिलेडमा सन् १९७८ देखि बसोबास गर्दै आएका रण्जित शमशेर जङ्गबहादुर राणालाई हामीले सोधेका थियौँ। सन् १९८० को अक्टोबर १० देखि आफू अस्ट्रेलियाको सैन्य सेवामा एक प्राइभेटका रुपमा प्रवेश गरेको बताउने राणा १६ औँ एअर डिफेन्स रेजिमेन्टसँग आबद्ध रहेका थिए र हाल उनी निजी रूपमा रक्षा विशेषज्ञका रूपमा कार्यरत छन्। यसै सन्दर्भमा, सन् १९८९ मा अस्ट्रेलिया आएका पूर्व गोर्खा सैनिक श्यामबहादुर गुरुङले पनि आफ्नो विचार राखेका छन्। करिब १५ वर्ष बेलायती सेनामा रहेका गुरुङ एक कर्पोरलका रूपमा कार्यरत रहेको बताउँछन्। सन् १९६० को दशकमा ब्रुनाइको लडाइमा परेको र हङकङ, बेलायत लगायतका ठाउँहरूमा बसोबास पछि अस्ट्रेलिया आएको उनको भनाइ छ। त्यस्तै, सैन्य सम्मान कार्यक्रमहरूमा सहभागी हुँदै आएका तमु समाज सिड्नीका अध्यक्ष हिउँपति गुरुङले पनि इतिहासलाई फर्किएर हेर्दै आफ्ना पुर्खाहरूको योगदानलाई सम्झिएका छन्। कुराकानीहरू एसबीएस नेपाली पोडकास्टमा सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now