एन्ज्याक डे: म कसरी भाग लिन सक्छु?

ANZAC DAY MELBOURNE

Crowds are seen walking up the steps to the Shrine of Remembrance during the Anzac Day Dawn Service in Melbourne on Thursday, April 25, 2024. Source: AAP / CON CHRONIS/AAPIMAGE

एन्ज्याक डे भनेर चिनिने एन्ज्याक दिवसमा विश्व युद्धको समयमा सेवा गरेका र सहिद भएका सैनिकहरूको सम्झना गरिन्छ। यसमा अस्ट्रेलिया, न्युजिल्यान्ड, आदिवासी तथा विविध सांस्कृतिक पृष्ठभूमिका मानिसहरू पर्दछन्। यो दिवसमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एन्ज्याक डे हरेक वर्ष २५ एप्रिलमा पर्दछ।

यस दिनलाई पहिलो पटक अस्ट्रेलियन एन्ड न्युजिल्यान्ड आर्मी कर्प्स (एन्ज्याक) भनेर चिनिने अस्ट्रेलिया तथा न्यु जिल्यान्डका सैनिकहरूको सम्मानका लागि सुरु गरिएको थियो।

ती सैनिकहरू सन् १९१५ को पहिलो विश्व युद्धमा ग्यालिपोलीमा लडेका थिए।

पछिल्लो समयमा यस दिनलाई युद्धमा तथा सम्बन्धित सैन्य सेवामा लडेका तथा ज्यान गुमाएका सबै अस्ट्रेलियालीहरूलाई सम्मान गर्ने दिनको रूपमा लिइन्छ।

तपाईँले पनि एन्ज्याक डेका विभिन्न कार्यक्रममा भाग लिन सक्नुहुन्छ।

तपाईँको स्थानीय "डअन सर्भिस" मा जानुहोस्

SG ANZAC DAY
Wreaths are placed on the Cenotaph during the Anzac Day Dawn Service at Martin Place in Sydney, Monday, April 25, 2022. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

एन्ज्याक डेमा देशभर बिहान करिब ४:३० बजे "डअन सर्भिस" भनेर चिनिने कार्यक्रमहरू आयोजना हुन्छन्।

अस्ट्रेलिया र न्यु जिल्यान्ड सेनाको एन्ज्याक"समूह बिहान सोही समयमा ग्यालिपोली पुगेको सम्झँदै यो समय चुनिएको हो।

कार्यक्रम सुरु हुने समय अस्ट्रेलियाको विभिन्न राज्य तथा प्रदेशमा ठाउँ अनुसार फरक हुन सक्छ।

डअन सर्भिसमा सबै युद्ध र सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका तथा भाग लिएका मानिसहरूलाई सम्झिएर सम्मान व्यक्त गरिन्छ।

त्यस पछि सामान्यतया आरएसएल (रिटर्नड एन्ड सर्भिसेस लीग क्लबहरूमा गनफायर ब्रेकफास्ट गरिन्छ।

त्यसमा ससेज, ब्रेड रोल र अण्डा सहित कहिलेकाहीँ कफी र रम पनि हुन्छ, जुन सैनिकहरूले युद्ध सुरु हुनु अघि बिहान खाने गर्दथे।

स्थानीय एन्ज्याक डे मार्चमा जानुहोस्

ANZAC DAY 2021 SYDNEY
Gurkha veterans march during the Anzac Day March on Elizabeth St in Sydney on Sunday, April 25, 2021. Credit: MICK TSIKAS/AAPIMAGE

डअन सर्भिस पछि देशभर सेनामा सेवा गरेका सैनिकहरूले परेडमा भाग लिन्छन्।

"दोस्रो विश्व युद्धमा भिडेका सैनिकहरू मध्य अहिले धेरै कम बाँकी छन्, र उनीहरू पनि ९० वर्ष कटिसकेका छन्। तर यससँगै, कोरिया र भियतनामका युद्धमा लडेका, र सोमालिया, अफगानिस्तान र इराकका पछिल्ला द्वन्दमा सेवा पुराएका अस्ट्रेलियाली सैनिक, सेलर र हवाई चालकहरू पनि छन्," अस्ट्रेलियन वार मेमोरियलको राष्ट्रिय सङ्ग्रहका सहायक निर्देशक ब्रायन डसनले बताए।

"यस लगायत, अन्य द्वन्दहरूमा लडेका र अस्ट्रेलिया आएका अरू सैनिकहरू पनि छन्।"

यी कार्यक्रमहरू हेर्न कुन ठाउँमा जाने?

ANZAC DAY CANBERRA
Veterans march during the National Service on Anzac Day at the Australian War Memorial in Canberra on Thursday, 25 April 2024. Thousands of Australians gather each year on the 25th of April to commemorate the contribution of Australian defence personnel at Anzac Day services across the country. Source: AAP / LUKAS COCH/AAPIMAGE

हरेक प्रमुख शहरको आफ्नो मुख्य डन सर्भिस र एन्ज्याक डे मार्च हुने गरेको छ।

क्यानबेरामा यी कार्यक्रमहरू अस्ट्रेलियन वर मेमोरियलमा हुन्छ।

त्यस्तै, सिड्नीमा मार्टिन प्लेसको सेनोटाफमा हुन्छ भने मेलबर्नको स्राइन अफ रिमेम्ब्रेन्समा।

डअन सर्भिस, परेड र गनफायर ब्रेकफास्टहरू आरएसएल भनिने रिटर्न्ड एन्ड सर्भिसेज लीग अफ अस्ट्रेलियाले आयोजना गर्दछ।

त्यसैले, तपाईँ बस्ने ठाउँमा के कार्यक्रम हुँदै छ भन्ने जानकारीका लागि आफ्नो स्थानीय आरएसएललाई सम्पर्क गर्नुहोस्।

पूर्व सेना र तिनका परिवारहरूले एन्ज्याक डेलाई आफ्नो स्थानीय आरएसएलमा बिताउँछन्।

यस दिन "टु-अप" भनेर चिनिने जुवाको खेल खेल्ने चलन छ, जुन एन्ज्याक डेमा मात्र कानुनी रूपमा खेल्न पाइन्छ।

यस खेलमा सिक्काहरू उफारेर, टाउको पर्छ कि पुच्छर पर्छ भनेर बाजी राखिन्छ। उपहार भने सबै प्रतिस्पर्धीले राखेको पैसा हुन्छ।

एन्ज्याक डेका प्रतीकहरू

एन्ज्याक डेलाई मानिसहरूले विभिन्न प्रतीकसँग जोडेका छन्।

कसैले त्यस दिनमा रोजमेरीको टुक्रा लगाउने गर्छन्, जुन युद्धको समयमा ग्यालिपोलीमा पाइने जडीबुटी थियो।

कतिले "लोन पाइन" भनेर चिनिने धुपी, र ग्यालिपोली गुलाफको प्रयोग गर्छन्।

सैनिकहरूले युद्ध पछि ग्यालिपोली क्षत्रबाट ती बिरुवाका बीउ अस्ट्रेलिया ल्याएका थिए।

त्यस्तै, पहिलो विश्व युद्ध पछि युद्ध भूमिमा "रेड पपी" भनेर चिनिने युरोपेली फूल फूलेको थियो।

रेड पपीलाई लडाइमा ज्यान गुमाएका सैनिकहरूको सम्झनाको प्रतीक मानिन्छ।

ANZAC DAY DARWIN
A young girl lays a poppy on the Darwin cenotaph following the Anzac Day dawn service at the Bicentennial Park in Darwin. Credit: AAPIMAGE

दि ओड अफ रिमेम्ब्रेन्स एउटा कविता हो जुन युद्धमा गरिएका बलिदानको सम्झनामा एन्ज्याक डेका सेवाहरूमा वाचन गरिन्छ। 

अस्ट्रेलियन वर मेमोरियलसँगको सहकार्यमा, एसबीएसले ओड अफ रिमेम्ब्रेन्सलाई ४५ भाषाहरूमा प्रस्तुत गरेको छ।

यस सम्झनाको दिनको अर्को प्रतीक एन्ज्याक बिस्कुट हो। 

एन्ज्याक बिस्कुट

SG ANZAC DAY - Anzac Biscuits
Chewy anzac biscuits & rosemary stem cutting on cooling rack. Source: iStockphoto / Tim Allen/Getty Images/iStockphoto

अस्ट्रेलिया र न्यु जिल्यान्डमा चर्चित एन्ज्याक बिस्कुटलाई रोल्ड ओट्स, पिठो, चिनी, बटर, गोल्डेन सिरप, बेकिङ सोडा, उम्लिएको पानी र (कहिलेकाहीँ) सुकेको नरिवल प्रयोग गरी बनाइन्छ।

यी सामग्रीहरू सजिलै नबिग्रिने हुनाले युद्धको समयमा सैनिकका श्रीमतीहरू र अन्य महिला समूहहरूले यात्रामा खानलाई एन्ज्याक बिस्कुट पठाउने गरेको विश्वास छ।

एन्ज्याक डेको बारेमा थप जान्नुहोस्

तपाईँले अस्ट्रेलियन वार मेमोरियलको वेबसाइटमा एन्ज्याक डे र अस्ट्रेलियाको सैन्य इतिहासको बारेमा थप जानकारी पाउन सक्नु हुन्छ।

या तपाईँ आफैँ क्यानबेरा गएर पनि मेमोरियलको भ्रमण गर्न सक्नु हुन्छ, जहाँका केही प्रदर्शनीहरू अङ्ग्रेजी बाहेक अन्य भाषामा पनि अनुवाद गरिएका छन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now