‘हामी एभरेस्ट बेस क्याम्प जाँदै थियौँ, अचानक सारा संसार हल्लिन थाल्यो!’: नेपालको महाभूकम्पलाई सम्झँदै

A group of Peter Hillary's friends trekking down the blizzard after the 2015 earthquake in Nepal.

A group of Peter Hillary's friends trekking down the blizzard after the 2015 earthquake in Nepal. Credit: Supplied/Peter Hillary

नेपालमा एक दशक अगि गोर्खा जिल्ला केन्द्रबिन्दु बनाएर झन्डै ९,००० जनाको मृत्यु हुने गरी गएको सात दशमलव आठ म्याग्निट्युडको भूकम्पमा २२,००० भन्दा बढी घाइते हुनुका साथै लाखौँ मानिसहरू प्रभावित भएका थिए। शनिवार, २५ एप्रिल २०१५ मा गएको उक्त महाभूकम्पको चपेटामा नेपाली लगायत विश्वका थुप्रै देशका मानिसहरू परेका थिए। भूकम्प जाँदा नेपालमा रहेका थुप्रै पर्यटकहरू मध्ये न्यु जिल्यान्डका चर्चित पर्वतारोही सर एडमन्ड हिलारीका छोरा पिटर हिलारी पनि एक थिए। नेपालका हिमाली क्षेत्रमा परोपकारी कामहरू गर्दै आएको गैर नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसनका एक संस्थापक निर्देशक पनि रहेका पिटर हिलारीसँग उक्त दिन र त्यसपछिका घटनाहरूका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now