प्रधानमन्त्री के पी ओलीले संसद्मा विश्वासको मत लिन असफल भएर पदमुक्त भएपछि राष्ट्रपतिले यस्तो आह्वान गरेकी हुन्।
संसद्मा दुई तिहाइको समर्थन सहित पछिल्लो निर्वाचनपछि सत्तामा आएको नेपाल कम्युनिस्ट पार्टी प्रधानमन्त्रीले गत वर्ष संसद् विघटन गरेपछि फुटेका कारण सरकारले आधिकारिकता गुमाएपछि यस्तो गर्नुपर्ने अवस्था आएको थियो।
सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथि मतदान भएको थियो।
नतिजा सुनाउँदै सभामुख अग्नि सापकोटा "...हुन्छ भन्ने पक्षमा जम्मा ९३ मत, प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा १२४ मत, मत दिन्न भन्ने पक्षमा जम्मा १५ मत रहेको छ।"
"सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दछु।“
कुल २७५ सांसदमध्ये मतदानमा २३२ जना उपस्थित थिए।

ओलीको विपक्षमा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) का केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका थिए।
एमालेकै नेता माधवकुमार नेपाल समूहका सांसद तथा उनी आफै बैठकमा सहभागी भएनन् र जसपाका केही सांसदहरू मत नदिई बसेका थिए।
मतदान कार्यक्रम सकिए लगत्तै काङ्ग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बहुमतको सरकार गठन गर्नको निम्ति संयुक्त विज्ञप्ति जारी गरेर आह्वान गरेका थिए।

यसको केही समयपछि राष्ट्रपतिले पनि सांसदहरूलाई बिहीबार भित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी थिइन्।
यस क्रममा काङ्ग्रेसले नयाँ सरकार गठनको निम्ति माओवादी, एमाले र जसपाका केही वरिष्ठ नेताहरूसँग छलफल गरिरहेको छ।
आह्वानको केही समयपछि जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले आफ्नो पार्टी कुनै पनि सरकारमा सहभागी नहुने बताएका छन्।
गठबन्धनको सरकार बनाउनको लागि राष्ट्रपतिले दिएको समय अनुसार अन्तिम दिन बिहीबार हो तर हालसम्म विपक्षी दलहरूबिच कुनै सहमति जुट्न सकेको छैन।
सम्बन्धित सामाग्री:

नेपालमा अक्सिजनको अभाव कम गर्न अस्ट्रेलियाका नेपाली एकजुट हुँदै








