लामो समय श्रब्य दृश्य क्षेत्रमा रहेको संलग्नता रहेको बर्ट न्युटनले सन् १९५० देखि रेडियोबाट आफ्नो मिडिया यात्रा सुरु गरेका थिए।
बितेको एक दशकमा उनी खुट्टामा गम्भीर सङ्क्रमण लगायत अन्य जटिल स्वास्थ्य समस्याहरूबाट गुज्रिरहेका थिए।
अस्ट्रेलियाली कलाकारिता उद्योगका चर्चित र लोकप्रिय व्यक्तित्व बर्ट न्युटनले आफ्नो ६० बर्ष भन्दा लामो व्यावसायिक जीवनमा धेरै लोकप्रियता कमाएका थिए।
सन् १९५० मा मेलबर्न रेडियोबाट सुरु भएको उनको यात्रामा उनले देशका प्रमुख चार नेटवर्क सँगै, साङ्गीतिक थिएटरहरूमा पनि काम गरेका थिए।
उनले अस्ट्रेलियाली टेलिभिजनमा प्रसारित कार्यक्रमद्वारा चार पटक अत्यधिक चर्चित टेलिभिजन व्यक्तित्वलाई दिइने गोल्ड लगी अवार्ड पनि जितेका थिए।
अस्ट्रेलियाली मनोरञ्जन पत्रकार पीटर फोर्डले न्युटनलाई सम्झँदै उनको नैतिकता र सीपको प्रशंसा गरेका छन्।
"लोगीज समारोहको आयोजना गर्दा स्क्रिप्ट त हुन्थ्यो, तर बर्टले [न्युटन] स्क्रिप्ट भन्दा बाहिर पनि परिस्थिति अनुसार बोल्दथे," उनले भने।
न्युटनले अस्ट्रेलियाली टेलिभिजन क्षेत्रको वार्षिक पुरस्कार वितरण समारोहलाई कुल २० चोटि सञ्चालन गर्नुका साथ साथै, १५ वटा लोगी अवार्ड र चार वटा गोल्ड लोगी अवार्ड पनि पाएका थिए।
न्युटन टेलिभिजन स्टुडियोमा उपस्थित हुँदा हरेक समय माहोल निकै रमाइलो हुन्थ्यो।
सन् १९७४ मा पूर्व गायिका प्याटी मकग्राथसँग वैवाहिक जीवनमा बाँधिँदा, मेलबर्नको चर्च बाहिर उनीहरूका हजारौँ प्रशंसकहरू भेला भएका थिए।
सन् १९९० को दशकको मा भने उनी जुवाको लतका कारण केही गम्भीर आर्थिक समस्यामा परेका थिए। तर बिहानको समयमा टिभीमा आउने कार्यक्रमहरूमा काम गर्न थाले पछि उनको काम राम्रो हुन मात्र नभएर, थुप्रै जवान प्रशंसकहरू पनि थपिँदै गए।

उनी संलग्न भएका केही चर्चित कार्यक्रमहरू हुन् - इन मेलबर्न टुनाइट, द ग्राहम केनेडी शो, द डन लेन शो, गुड मर्निङ्ग अस्ट्रेलिया, न्यु फेसेस, बर्ट्स फ्यामिली फ्युड र ट्वेन्टी टु वान।
मनोरञ्जन पत्रकार फोर्ड भन्छन् कि, यसरी रेडियो र टेलिभिजनको साथ साथै न्युटनले नाटक, र विशेष गरी साङ्गीतिक थिएटरमा दुई दशक बिताएका थिए।
न्युटनको सम्झनामा श्रद्धाञ्जली दिनेहरू मध्य प्रधान मन्त्री स्कट मोरिसन पनि रहेका छन्।
मनोरञ्जन उद्योगमा पुराएको योगदानका कारण न्युटनलाई सन् २००६ मा अर्डर अफ अस्ट्रेलियाको सदस्यताले सम्मानित गरिएको थियो र सन् २००८ मा उनी भिक्टोरियन अफ द यर बनेका थिए।
बितेको एक दशकमा न्युटन गम्भीर स्वास्थ्य समस्याहरूबाट गुज्रिरहेका थिए - जस मध्य खुट्टाको औँलामा सङ्क्रमण भएका कारण उनको एउटा खुट्टा काट्नु परेको थियो।
उनका एक छोरा, एक छोरी र नाति नातिनातिनाहरू छन्।








