SKIP TO MAIN CONTENT

कोभिड-१९ अपडेट: छैटौँ सङ्क्रमित फेला परेपछि न्यु साउथ वेल्समा क्वारेन्टिन दण्ड बढ्यो

यो १ डिसेम्बर २०२१, बुधवारको संक्षिप्त अस्ट्रेलियाली कोरोनाभाइरस अपडेट हो।

People wearing PPE arriving at Sydney International Airport in Sydney, Monday, November 29, 2021.
People arriving at Sydney International Airport in Sydney. Source: AAP

2 min read

Published

Updated



Skip to article content

न्यु साउथ वेल्समा ओमिक्रन भेरिएन्टबाट सङ्क्रमित मानिसहरूको सङ्ख्या छ जना पुगेको पुष्टि हुँदै गर्दा राज्य सरकारले क्वारेन्टिन वा परीक्षण सम्बन्धी नियमहरू उल्लङ्घन गर्ने मानिसहरूलाई जनही ५,००० डलरसम्मको जरिमाना गराउने घोषणा गरेको छ।

यसअघि, उक्त जरिमाना एक हजार डलर थियो।

यसै गरी व्यापारिक प्रतिष्ठानहरूले कोभिड-१९ सम्बन्धी नियमहरू तोडेको पाइएमा जरिमाना स्वरूप १०,००० डलरसम्म तिर्नुपर्ने छ।

ओमिक्रन भेरिएन्टबाट सङ्क्रमित भनेर आज पुष्टि गरिएका ती ४० वर्षिय पुरुष पनि अघिल्लो साता आएका अन्य सङ्क्रमित व्यक्तिहरू सवार विमानबाटै सिड्नी ओर्लिएको बताइएको छ।

अस्ट्रेलियाका प्रमुख चिकित्सकीय अधिकृत पअल केलीले नयाँ भेरिएन्टको प्रभावहरू राम्ररी बुझ्न दुई साताको समय लाग्ने बताउँदै आएका छन्।

हाल भिक्टोरिया सहित न्यु साउथ वेल्स र क्यानबेरा अवतरण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूले ७२ घण्टा आइसोलेसनमा रहनुका साथै कोभिड-१९ परीक्षण गर्नुपर्ने नियम छ।

क्वारेन्टिनबाट निस्किसके पछि पनि भिक्टोरियामा दोस्रो परीक्षण पाँचौँदेखि सातौँ दिन भित्र गरिसक्नुपर्नेछ भने न्यु साउथ वेल्स र एसीटीमा छैटौँ दिनमा दोस्रो कोभिड-१९ परीक्षण गर्नुपर्ने व्यवस्था छ।

कोभिड-१९ सम्बन्धी पछिल्ला केही तथ्याङ्कहरू:

मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियाले थप १,१७९ सङ्क्रमणहरू दर्ता गरेको छ भने सोही अवधिमा ६ भिक्टोरियालीले कोभिड-१९ सम्बन्धी जटिलताहरूका कारण ज्यान गुमाएका छन्।

यसै गरी न्यु साउथ वेल्समा मङ्गलवार साँझ आठ बजेसम्मको अवधिमा थप २५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठनको ओमिक्रन बारे पछिल्लो जानकारी यहाँ उपलब्ध छ

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now