आतङ्क मच्चाउने गरी सामान किन्नु "अन-अस्ट्रेलियन” भयो, यो बन्द हुनुपर्छ: प्रधानमन्त्री मरिसन

एल्डि, कोल्स, आईजीए र वूलवर्थ्स सबैले आ-आफ्ना ग्राहकहरूलाई एक अर्का तथा आफू मातहतका कर्मचारीहरू प्रति सद्भाव राख्न अनुरोध गर्दै गर्दा प्रधानमन्त्री स्कट मरिसनले भने आतङ्क मच्चाउने गरी मानिसहरूले दैनिक उपभोग्य वस्तुहरू खरिद गर्न तत्काल रोक्नुपर्ने बताएका छन्।

Empty toilet paper shelves at a Coles supermarket.

Empty toilet paper shelves at a Coles supermarket. Source: SBS News

कोरोनाभाइरस सन्त्रासबाट उत्पन्न विषम परिस्थितिमा अस्ट्रेलियाभरका मानिसहरूले आवश्यक भन्दा बढी दैनिक उपभोग्य वस्तु किन्ने र सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएकोमा प्रधानमन्त्री स्कट मरिसनले रोष प्रकट गर्दै उक्त ठाडो सन्देश दिएका हुन्।

“यो बुद्दिमतापूर्ण छैन, यसले कसैलाई सहयोग पनि गर्दैन र यस सङ्कटको घडीमा मैले यो भन्दा झुर अस्ट्रेलियाली व्यवहार देखेको छैन,” बुधवार पत्रकारहरूसँग कुरा गर्ने क्रममा प्रधानमन्त्री स्कट मरिसनले भने।

“यो बुद्दिमतापूर्ण छैन, यसले कसैलाई सहयोग पनि गर्दैन र यस सङ्कटको घडीमा मैले यो भन्दा झुर अस्ट्रेलियाली व्यवहार देखेको छैन,” बुधवार पत्रकारहरूसँग कुरा गर्ने क्रममा प्रधानमन्त्री स्कट मरिसनले भने।

“यो वाहियात कुरो हो, यो अस्ट्रेलियाली हुनुको मर्म विपरीत छ, र यो रोकिनुपर्छ।”
अलौकिक सङ्कटको यस परिस्थितिमा मानिसहरूद्वारा दर्शाइएको निकृष्ट व्यवहार अनि सुपर मार्केटका तखताहरू लगातार रूपमा खाली बनाइदिँदा अधिकारीहरूको ध्यान जरुरी कुराबाट अन्तै मोडिएको बताउँदै मरिसनले पसलहरूमा दैनिक उपभोग्य वस्तुहरूको निरन्तर आपूर्ति बनाइराख्न महत्त्वपूर्ण संसाधनहरू प्रयोग गरी रहनुपरेको उल्लेख गरे।

उक्त अवसरमा प्रधानमन्त्रीले अस्ट्रेलियाका वरिष्ठ चिकित्सकीय अधिकृतहरूद्वारा जारी गरिएको एक सूचना पत्र पढेर सुनाएका थिए जसमा ती अधिकारीहरूले हाल “प्यानिक-बाईंग” भनेर प्रचारित - आतङ्कित हुँदै आवश्यक भन्दा बढी सामान किन्ने प्रवृत्तिलाई दुरुत्साहित गरिएको छ।

यसैक्रममा प्रमुख अस्ट्रेलियाली सुपर मार्केट सञ्चालकहरूले हातेमालो गर्दै आ-आफ्ना ग्राहकहरूसँग अरूको बारेमा पनि सोचिदिन अपिल गरेका हुन्।

आज देशभर प्रकाशित भएका अखबारहरूमा उनीहरूले एक विज्ञापन छपाउँदै उक्त आग्रह गरेका हुन्।
Working together to provide for all Australians
एल्डि, कोल्स, आईजीए र वूलवर्थ्सद्वारा संयुक्त रुपमा प्रकाशित विज्ञापन Source: Working together to provide for all Australians newspaper advert
दैनिक उपभोग्य वस्तु खरिद गर्न जाँदा खाली तखताहरू देखेर क्रुद्ध भएका मानिसहरूले सुपर मार्केटका कर्मचारीहरू माथि दुर्व्यवहार गर्दै गरेको थप भिडियो फुटेजहरू सामाजिक सञ्जाल मार्फत बाहिर आउन थालेपछि सुपर मार्केट सञ्चालकहरूले मानिसहरूलाई संयमित रहन भनेका हुन्।
एल्डि, कोल्स, आईजीए र वूलवर्थ्स सबैले प्रतिकूल परिस्थितिका बाबजुद आ-आफ्नो बलबुताले भ्याएसम्म समानहरू तखतामा राखिरहेको बताएका छन्।

“त्यसैले हामी तपाईँलाई विचारशील भएर खरिददारी गरिदिनुहुन आग्रह गर्छौँ,” उक्त एक पाने विज्ञापनमा भनिएको छ।

“तपाईँको चिन्ता हामीले राम्ररी बुझेका छौँ, तर तपाईंले आफूलाई तत्काल चाहिने सामान मात्र किनिदिनुभयो भने यसले सबैलाई सहयोग पुग्छ, विशेष गरेर वृद्धावस्थामा रहेका र अपाङ्ग मानिसहरूलाई।”

“हाम्रा पसलहरूमा काम गर्ने वा खरिददारी गर्ने कसैले पनि दुर्व्यवहार वा आक्रामक व्यवहारको सामना गर्नु हुँदैन।”

प्रधानमन्त्री स्कट मरिसनले पनि मानिसहरूलाई पसलका कर्मचारीहरू माथि दुर्व्यवहार नगर्न आग्रह गरेका छन्।
Supermarkets to work together to ensure grocery supply.
Supermarkets to work together to ensure grocery supply. Source: AAP
वूलवर्थ्सको कदम पछ्याउँदै कोल्सले पनि वयोवृद्ध तथा अपाङ्ग ग्राहकहरूले उनीहरूलाई आवश्यक पर्ने सरसामान किन्न सहज होस भनेर बुधवारदेखि आफ्नो पसलहरूमा बिहान सात बजेदेखि आठ बजेसम्मको अवधिलाई “सामुदायिक घण्टा” भनेर तोकेको छ।

आईजीएले पनि यस्तै व्यवस्था गर्न खोजिरहेको बताइएको छ।

यसका साथै, कोल्सले आफूलाई सामानहरू स्कट गरिदिन थप ५००० कर्मचारीको आवश्यकता रहेको र त्यसलाई परिपूर्ति गर्न क्याजुअल रूपमा उनीहरूलाई भर्ना गर्ने बताएको छ। यी थप कर्मचारीहरूको अलावा उसलाई डेलिभरी गर्ने भ्यान चालकहरूको पनि आवश्यकता रहने कोल्सले बताएको छ।
कोरोनाभाइरसद्वारा उत्पन्न परिस्थितिका कारण अस्ट्रेलियाभर मानिसहरू डराएर आफूलाई चाहिने भन्दा अधिक मात्रामा चामल, पास्ता, टोइलेट पेपर र बरफमा जमाइएर राखिएको दीर्घकालसम्म प्रयोग गर्न मिल्ने फ्रोजन खानेकुराहरू जस्ता दैनिक उपभोग्य बस्तुहरू खरिद गर्दा बजारमा सामानहरू अभाव हुन गई हाहाकार मच्चिएको छ।

यस बारेमा प्रमुख डिपार्टमेन्ट स्टोरहरूका सञ्चालकहरूले प्रधानमन्त्री स्कट मरिसन लगायत अस्ट्रेलिया भरका राज्य प्रमुखहरू सम्मिलित नवगठित राष्ट्रिय क्याबिनेटलाई समान आपूर्तिमा समस्या नरहेको बरु आफूहरूले सामान बेच्न राख्न नभ्याउँदै मानिसहरूले किनिदिने हुनाले बजारमा अभाव देखिएको बताइएका छन्।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand