Jamuna Parajuli PhD Graduation
Jamuna Parajuli PhD Graduation
This article is more than 4 years old

जमुना पराजुली: बाल्यकालदेखिको सङ्घर्ष र सफलता मिश्रित प्रेरणादायी जीवन

भिक्टोरियामा नेपाली महिला केन्द्रित सहायक संस्था स्थापना गर्ने योजना बनाउँदा आलोचनाको पात्र बनेकी मेलबर्न निवासी जमुना पराजुलीको बाल्यकाल देखिनै सङ्घर्ष र सफलताको कथा रहेको छ।

Published

Updated

Image: Ms Parajuli with her supervisor at the graduation ceremony in 2020. (Supplied by Jamuna Parajuli)

सिन्धुपाल्चोकको एक गाउँमा स्कुल जाने पहिलो बालिका बनेकी जमुना पराजुलीले अहिले समाजसेवा सम्बन्धी विषयमा पिएचडी गर्दै डाक्टरको मानार्थ पनि प्राप्त गरेकी छन्।

विक्रम संवत् २०४५ सालमा प्रवेशिका परीक्षा वा चलन चल्तीको भाषामा एसएलसी दिएकी पराजुली, पुराना दिन सम्झँदै भन्छिन् कि छोरीहरूलाई स्कुल नसिबै नहुने बेलामा, हजुरआमालाई स्वस्थानी कथा पढ्न सक्नेसम्मकी नातिनी होस् भन्ने लागेको थियो रे।

सिन्धुपाल्चोकको साङ्गाचोक गाउँबाट सुरु भएको जमुना पराजुलीको यात्रा यतिखेर अस्ट्रेलियाको दोस्रो ठुलो सहर मेलबर्नमा जारी छ।

गाउँमा सानो हुँदा हजुरआमाको स्वस्थानी सुन्ने रहरले पराजुलीको औपचारिक शिक्षा प्रारम्भ मात्र गरिदिएन, तत्कालीन परिवेशमा आफ्नो गाँँउकै पहिलो छात्राका रूपमा विद्यालयसम्मको यात्रा पनि सुरु गरिदियो।

ती दिनहरू सम्झँदै उनले हामीसँगको संवादका क्रममा भनिन्, "जब स्वस्थानी पढ्न सक्ने भइसकेपछि भने अब अरू पढ्न जरुरी छैन भनियो।"

"तर समाजमा, ‌अरू परिवारमा चाहिँ पढ्न आवश्यक छैन; छोरीले पढेर के हुन्छ - छोरीको जात, अरूको घरमा जाने जात; पढायो भने इज्जत फाल्छन् भन्ने!"

Nepalese Hindu women who are unmarried pray for a good husband while married pray for the long life of their husband. (Photo by Bivas Shrestha / SOPA Images/Sipa USA)
Nepalese Hindu priest recites the holy book of Swasthani Brata katha during Madhav Narayan festival in Kathmandu. Source: Sipa USA Bivas Shrestha / SOPA Images/Sip via AAP

तर, आफ्नी हजुरआमा आशीर्वाद अनि पढ्यो भने जीवन सफल हुन्छ भन्ने मनमा कहीँबाट परेको कुराले जमुना पराजुलीको अध्ययनको सिलसिलालाई जबरजस्ती अगाडी बढायो।

उनी भन्छिन् कि ४ कक्षा पढ्ने ९ वर्ष उमेरकी केटीलाई घरमा विद्रोह जस्तै गरेर, एक घण्टाको दुरीमा रहेको पाठशालामा गएर आफ्नो रहर पुरा गर्न फलामको चिउरा चपाउनु जस्तै नै थियो।

"मैले धेरै लडाइँ लड्नु पर्‍यो, आफ्नो पढाइलाई निरन्तरता दिन" पराजुलीले भनिन्।

"धेरै पटक म डिप्रेस्ड, अप्रेस्ड र डिस्क्रिमिनिनेटेड भएको फिल भयो।"

Nepali Village in Sindhupalchowk
Jamuna's village Source: Jamuna Parajuli

जमुनाका अनुसार आफ्नो परिवार र समाजसँग लड्नु उनको लागि निकै कठिन कार्य थियो।

"विद्रोह नै गर्नु पर्थ्यो," उनले स्पष्ट पार्दै भनिन्।

"कतिपय ठाउँमा त मले एकदमै नराम्रोसँग त्यत्तिखेर अर्काको आँखामा ब्याड देखिएको अझ पनि महसुस हुन्छ।"

तर उनलाई यी बाधा-व्यावाधानले रोकेन।

अलि पछि भने आफ्नो परिवारको दृष्टिकोण उदार हुँदै आएता पनि सामाजिक प्रभावका कारण आफू प्रताडित भएको पनि जमुना पराजुलीले एसबीएस नेपालीलाई बताइन।

पराजुली भन्छिन् कि उनले त्यस बेला प्रण नै गरिन् - म यो समाजलाई छोरी पनि छोरा जस्तै शक्तिशाली हुन सक्छन् भनेर एक दिन देखाउने छु।

"हाईएस्ट लेभलको एजुकेसन एटेन गरेर देखाउँछु भनेर मनमनै प्रण गरे।"

पराजुलीसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसएलसीमा उनले आफ्नो गाऊँ र स्कुल मात्र होइन - पुरै जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याइन, छात्राहरूमा।

योसँगै आफ्नो हौसला थप बढेको स्मरण गर्छिन् जमुना पराजुली।

"त्यत्तिखेर गाउँमा फर्स्ट डिभिजन ल्याउने मान्छेहरू खासै हुन्न थिए," पराजुलीले भनिन्।

"फर्स्ट डिभिजन आएपछि समाजमा थाहा भयो कि अहो छोरी पनि छोरा बराबर जान्ने हुन सक्दा रैछन् पढ्न सक्दा रैछन् भन्ने समाजलाई पाठ पनि सिकायो।"

उनको गाउँमा १६ वर्ष पुग्दा सबैको बिहे हुने बेला हुने, घरमा पनि सबै उनका सबै साथीका बिहे भइसकेकाले पराजुलीलाई पनि दबाब भयो।

जमुना पराजुली भन्छिन् कि उनी १६ वर्षको हुँदा, गाउँका सबै छोरीहरूको बिहे भइसकेका र आफू मात्रा बाँकी रहँदा बिहे गर्न बुढी भइसकेँ कि भन्ने पनि लाग्यो रे।

Jamuna Parajuli of Didi Bahini Samaj Victoria is a PhD Scholar from Nepal
Parajuli in earlier years during her nursing studies in Nepal Source: Jamuna Parajuli

"जिल्लामा पहिलो भएकाले मैले त्यत्तिखेर २,५०० (रूपैंया) पुरस्कार पाएकी थिएँ र आइ स दि पावर इन मनी," उनले आफ्नो अगाडी बढ्ने साँचोको रूपमा त्यस घटनालाई वर्णन गर्दै भनिन्।

"यो २,५०० पैसा (रूपैंया) मसँग छ, म युनिभर्सिटी (क्याम्पस) जान्छु भनेर मैले आफ्नो परिवारलाई जित्न सकेँ।"

घरबाट निस्केर थप पढ्न जाने उनको निर्णयमा काकाले ठुलै टेवा दिएको पराजुलीको कथन छ।

अनि त के छ, तँ चिता म पुर्‍याउँछु भने जस्तै गरी उनी काठमान्डू आएर उच्च अध्ययनमा बडो लगनका साथ होमिइन् र कडा परिश्रमको फल पनि उनलाई प्राप्त भयो।

जिल्ला टप्ने पराजुलीले आफ्नो विषयमा विश्वविद्यालयमा सर्वोकृष्ट नतिजा मात्रै ल्याइनन् ऐश्वर्य विद्या पदक समेत पाइन्।

Jamuna Parajuli of Didi Bahini Samaj Victoria is a PhD Scholar from Nepal
Parajuli's gold medal for being the top student Source: Jamuna Parajuli

यसरी एकपछि अर्को शैक्षिक सफलताको श्रेय उनले आफ्नो इखलाई दिन्छिन् र भन्छिन् आफ्नो आत्मविश्वास र मनको कुरालाई मान्दा आफ्नो लक्ष तर्फ लम्किँदिन सकिँदो रहेछ।

जमुना पराजुलीको अस्ट्रेलिया यात्रा भने सन् २००२ मा सुरु भएको हो।

अस्ट्रेलियाली सरकार अन्तर्गतको अस्एड कार्यक्रमको छात्रवृत्ति छानिएर पराजुली मास्टर्स गर्न यहाँ आइन्।

आफ्नो उक्त लक्ष प्राप्ति पछि भने अस्ट्रेलियामा नै बस्ने लालसामा उनको अध्ययनको क्रमलाई भङ्ग गरिदियो।

Jamuna Parajuli of Didi Bahini Samaj Victoria is a PhD Scholar from Nepal
Jamuna Parajuli after her arrival in Melbourne Source: Jamuna Parajuli

बढ्दै गरेका आफ्ना सन्तान र नयाँ देशमा घर जमाउनु कसैका लागि पनि सहज हुँदैन, सम्झ‍ाैता गर्नै पर्ने बाध्यता हुन्छ।

पराजुलीको हकमा पनि यो लागु भयो र आफ्नो किशोर कालमा आफैँसँग गरेको प्रण यही बोझको वजन मुनि कतै हरायो।

उनी भन्छिन् कि जब उनकी कान्छी छोरी पाँच वर्षकी भइन् र प्रेप गइन् तब मात्रै उनलाई सबैभन्दा उच्च शिक्षा प्राप्त गरेर देखाउँछु भन्ने अठोट याद भयो रे।

हामीसँगको कुराकानी कै सन्दर्भमा उनले हाँस्दै भनिन्, "यो (प्रण) पुरा नगरी त मर्न पनि हुँदैन।"

"अनि मैले पिएचडीमा एनरोल गरेँ।"

Jamuna Parajuli of Didi Bahini Samaj Victoria is a PhD Scholar from Nepal
Source: Jamuna Parajuli

आफ्नो जीवन सङ्घर्ष र सफलताले दुवैको आधारमा उभिएको बताउने जमुना पराजुलीलाई विद्यावारिधिमा भर्ना भएर त्यसलाई न्याय दिन भने उत्तिकै धौ-धौ पर्‍यो।

एकातर्फ लाला बाला, अर्को तर्फ आफ्नो रोजगारी अनि तेस्रो धारका रूपमा मेलबर्न र वरपरका क्षेत्रमा बस्ने नेपाली महिलाहरूलाई सहयोग एवम् समर्थन गर्न स्थापित दिदीबहिनी समाज भिक्टोरिया।

यी सबैलाई न्याय गर्दै आफ्नो प्रणलाई पुरा गर्ने कार्य कम चुनौतीपूर्ण नरहेको पराजुलीको भनाइ रहेको छ।

उनले भनिन्, "इट वज अ ह्युज रेस्पन्सीबिलिटी बट आइ टुक द च्यालेन्ज।"

Didi Bahini Samaj Victoria - Jamuna Parajuli Melbourne Nepali
Parajuli at a DBSV function in Melbourne Source: Jamuna Parajuli

विशेष गरेर, महिला केन्द्रित एउटा अलग्गै संस्था खोल्ने क्रममा उठेका नकारात्मक स्वरहरूले उनलाई फेरी एकपल्ट आफ्नो बाल्यकाल र किशोरावस्थाकै याद दिलाएको भन्छिन् जमुना।

आफूहरूलाई पुरुषहरूसँगै बसेर काम गर्न नहुने भन्ने जस्ता आक्षेप लाग्दा त्यो सही विश्लेषण नभएको उनकी भनाई छ।

पराजुली भन्छिन् कि महिलाहरूको आफ्नै प्रकारको समस्याहरू हुन्छन् जुन उनीहरू खुलेर अभिव्यक्त गर्न सक्दैन र आफूहरूले महिलावादी संस्था खोलेर महिलाहरूलाई आफ्नो मनको कुरा सशक्त रूपमा राख्न एउटा साझा मञ्च उपलब्ध गराएको हो।

"पुरुषहरूसँग काम गर्नु हुँदैन भन्ने कुरा होइन, तर जब यो महिलाहरूको एउटा ठाउँ छ, यो महिलाहरूको मात्र ठाउँ हो भन्ने पनि चाहिन्छ भन्ने पक्षको मान्छे हुँ म," उनले भनिन्।

Jamuna Parajuli of Didi Bahini Samaj Victoria is a PhD Scholar from Nepal
Parajuli with her friends and colleagues during a DBSV function. Source: Didi Bahini Samaj Victoria

तत्कालीन समयमा अन्य नेपाली सामुदायिक संस्थाका पदाधिकारीहरूले भने यसलाई सकारात्मक रूपमा ग्रहण गर्न निकै अफ्ठेरो भएको महसुस गरेको पनि जमुना पराजुलीको भनाई रहेको छ।

तर उनले आफ्नो कुरालाई पुरुषहरूसँग मिलेर कामै गर्न नहुने भन्ने आरोपमा परिवर्तन भएको देखेर त्यो बेला दुःख लागेको पनि एसबीएस नेपालीलाई बताइन्।

जिन्दगीको सुरुवाती दौरमा आफूले भोगेका दुःखबाट किञ्चित पनि विचलित नभई, बरु त्यसलाई नै आफ्नो सबैभन्दा ठुलो शक्तिका रूपमा स्थापित गरेकी जमुना पराजुली भन्छिन् कि फर्केर हेर्दा जीवनसँग उनी सन्तुष्ट छिन्।

तर, हरेक मोडमा वाधाहरू आइनै रहन्छन् भन्ने कुरामा हेक्का राख्नुपर्ने पनि उनको कथन रहेको छ।

"प्राप्त गरेका उपलब्धिहरूमा खुसी छु," पराजुली भन्छिन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now