SKIP TO MAIN CONTENT

बिद्युत् र ग्यासको मूल्य वृद्धि बारे चिन्ता व्यक्त गर्दै ट्रेजरर जिम चामर्सद्वारा लिखित आह्वान

ट्रेजरर जिम चामर्स भन्छन् कि सरकारले बढ्दो ऊर्जा मूल्यको सामना गर्न धेरै विकल्पहरूको समीक्षा गरिरहेको छ। त्यस्तै, अस्ट्रेलियाको बढ्दो ग्यास र बिजुलीको मूल्य बारे एल्बनिजी सरकारले के-कस्ता कदम चाल्दै छ?

Treasurer Jim Chalmers has written to the ACCC about rising energy prices.
Treasurer Jim Chalmers has written to the ACCC about rising energy prices. Source: AAP / MICK TSIKAS/AAPIMAGE

3 min read

Published

Updated

Presented by SBS Nepali

Source: AAP, SBS News



Skip to article content

ऊर्जाको बढ्दो मूल्य र जाडो याम एउटै समयमा पर्दा अस्ट्रेलियालीहरूलाई हिटरको प्रयोग गर्ने कि नगर्ने भन्ने दुबिधा पर्न सक्छ।

युक्रेनमा भएको युद्धका कारण कोइला र ग्यासको मूल्य विश्वव्यापी रूपमा उकालो लाग्दै छ। त्यस्तै, न्यु साउथ वेल्स र क्वीन्सल्यान्डमा खराब मौसमले गर्दा ऊर्जाको माग बढ्दो छ।

यस विषयमा अस्ट्रेलियालीहरूका लागि सङ्घीय र राज्य तथा प्रदेश सरकारहरूले के-कस्ता आर्थिक सहयोग प्रदान गर्दै छन् र तपाईँ तिनका लागि आफ्नो योग्यता थाहा पाउन यहाँ हेर्नुहोस्।

ग्यास र बिद्युतको बढ्दो मूल्य बारे ट्रेजररद्वारा चिन्ता व्यक्त

बढ्दो मूल्यले परिवार र व्यवसायहरूलाई मारमा पर्ने भन्दै ट्रेजरर जिम चामर्सले अस्ट्रेलियाको उपभोक्ता नियामक संस्था अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्ज्युमर कमिसन (एसीसीसी)लाई लिखितमा व्यक्त गरेका छन्।

अवस्थालाई नियन्त्रणमा राख्नका लागि अपनाउन सकिने कुनै नियामक परिवर्तनहरूको बारेमा सरकारलाई सल्लाह दिन उनले एसीसीसीलाई आग्रह गरेका छन्।

"मूल्य वृद्धिका थुप्रै कारणहरू भएतापनि, बिजुली र ग्यास बजारमा भएका घटनाक्रमको अनुगमन र रिपोर्टिङमा एसीसीसीले ठूलो भूमिका खेल्दछ," उनले सोमबार एक विज्ञप्तिमा भने।

"बजारमा मूल्य वृद्धिका कारकहरूलाई एसीसीसीले पूर्ण रूपमा पारदर्शी बनाउन निकै महत्त्वपूर्ण छ।"

ऊर्जा कम्पनीहरूका प्रतिस्पर्धा विरोधी या गलत तथा भ्रामक आचरणको बारेमा पनि अनुसन्धान गर्न चाल्मर्सले कमिसनलाई आह्वान गरेका छन्।

ऊर्जा आपूर्ति सुधारका लागि सरकारले के गरिरहेको छ?

अस्ट्रेलियन एनर्जी मार्केट अपरेटरले पहिलो पटक ग्यास सप्लाइ ग्यारेन्टी मेक्यानिजमलाई लागु गरेको छ।

पावर जेनरेटरका ग्यास बचाएर राख्न र दक्षिणी राज्यहरूमा ग्यासको कमी हुन नदिनका लागि उक्त कदमलाई सन् २०१७ मा प्रस्तुत गरिएको थियो।

प्रधानमन्त्री एन्थनी एल्बनिजीले भन्छन् कि सरकारले ग्यासको मूल्य बढ्न नदिन सक्दो विकल्पहरू अपनाउने छ, तर ऊर्जा नीतिको असफलता र विश्वव्यापी दबाबका कारण यो काम कठिन भएको छ।

वर्तमान दबाबलाई कम गर्न र आपूर्ति बढाउनका लागि आफ्नो सरकारका मन्त्रीहरूले ग्यास प्रदायकहरूसँग कुरा गरेको एल्बनिजीले बताए।

यही मुद्दाको छलफलका लागि यस हप्ता ऊर्जा मन्त्री क्रिस बावेनले राज्य र प्रदेशका आफ्ना समकक्षीहरूसँग भेट्ने बताइएको छ।

दीर्घकालीन रूपमा भने ऊर्जाको प्रयोगमा परिवर्तन ल्याउनु पर्ने प्रधानमन्त्रीले बताए।

Australian Prime Minister Anthony Albanese speaks to media during a press conference in Darwin, Wednesday, June 8, 2022.
Australian Prime Minister Anthony Albanese speaks to media during a press conference in Darwin, Wednesday, June 8, 2022. Source: AAP Image/Lukas Coch

ग्यासले प्रमुख भूमिका निभाउन जारी राखे तापनि सरकारले नवीकरणीय ऊर्जा र ब्याट्री भण्डारणका ध्यान दिने उनको भनाइ छ।

यता विपक्षी नेता पीटर डटन भन्छन् कि अस्ट्रेलियाले उत्सर्जन र मूल्य दुवै कम गर्न खोजिरहेको हुनाले परमाणु ऊर्जा (न्युक्लियर ऊर्जा) तिर पनि ध्यान दिनु पर्छ।

के ऊर्जा शुल्क अझै महँगो हुँदै जान्छ त?

जुलाई १ तारिखदेखि ऊर्जाको आयात कर बढाउने भनी ऊर्जा नियामक अस्ट्रेलियन एनर्जी रेगुलेटरले मे महिनामा स्वीकृति दिएको थियो। यस अनुसार आयात कर दक्षिण-पूर्वी क्वीन्सल्यान्डमा १२.६%, साउथ अस्ट्रेलियामा ९.५% र न्यु साउथ वेल्समा ८.५% देखि १८.३% सम्म बढ्ने छ।

नियामकका अध्यक्ष क्लेयर स्याभेजका भन्छिन् कि दैनिक खर्च महँगो भइरहेको समयमा मूल्य वृद्धि गर्नु एक कठिन निर्णय थियो, तर ऊर्जा प्रदायकहरूको लागि इन्धन लागत बढेको हुनाले यो कदम चाल्नु परेको हो।

"अहिलेदेखि दैनिक खर्च टार्न मुस्किल रहेका उपभोक्ताहरूलाई यस मूल्य वृद्धिले झनै मारमा पार्छ भन्ने कुरा हामी बुझ्दछौँ," उनले बताइन्।

"यदि खुद्रा विक्रेताहरूले आफ्नो लागत तिर्न नसकी काम बन्द गर्नु पर्‍यो भने - बेलायतमा भएको जस्तै - त्यसले उपभोक्ताहरूलाई झनै महँगाइमा धकेल्छ।"


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now