SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: सरकारी सेवा प्रदायक पोर्टल माइगभले लोड धान्न सकेन, सेन्टरलिङ्कमा सयौंजना लामबद्ध

कोरोनाभाइरस महामारीका बिच सरकारी सेवाहरू प्रदान गर्ने माइगभ वेबसाइट सोमबार बिहान क्र्याश भएको छ।

People queue for access to a Centrelink Service Centre in Sydney.
People queue for access to a Centrelink Service Centre in Sydney. Source: AAP

2 min read

Published

Updated



Skip to article content

माइगभ वेबसाइट हाल सुचारु नै रहे पनि अभूतपूर्व मागका कारण उक्त सेवासम्म पहुँच सुस्त भएको सरकारी सेवाहरू हेर्ने सङ्घीय मन्त्री स्टुवार्ट रोबर्ट्सले सोमबार बिहान एएपीलाई बताएका छन्।

“माइगभ वेबसाइटले काम गरिरहेको छ तर अहिलेका लागि मानिसहरू धीर रहनु नै उपयुक्त होला,” उनले भने।

कोभिड-१९ महामारीबाट पीडित भएकाहरूलाई थप सहायता दिने सरकारी घोषणासँगै सोमवार बिहानैदेखि अस्ट्रेलियाका प्रमुख सहर बजारमा रहेका सेन्टरलिङ्क सेवा केन्द्रहरू बाहिर लामो लाइनहरू देखिन थालेको छ।

नयाँ सरकारी व्यवस्था अनुसार, सीमित अवधिका लागि कोरोनाभाइरस पूरक राशि भन्दै सरकारले कामकाज खोजी रहेका मानिसहरू लगायतकालाई उनीहरूले पाइरहेको सुविधामा प्रत्येक दुई हप्ता थप ५५० डलर दिने घोषणा गरेको छ।

आगामी छ महिनासम्म दिने बताइएको उक्त थप धनराशिका लागी सरकारले १४ अर्व डलर भन्दा बढी रकम खर्चिनु पर्नेछ।

Wabunge washiriki katika kikao cha bunge la taifa, chini ya sheria zawatu kujitenga mita tatu mjini Canberra, ACT.
Wabunge washiriki katika kikao cha bunge la taifa, chini ya sheria zawatu kujitenga mita tatu mjini Canberra, ACT. Source: AAP

उता, क्यानबेरामा संसद्को बैठकलाई सम्बोधन गर्दै भावुक प्रधानमन्त्रीले अझ दुखपूर्ण दिनहरू आउने बताएका छन्।

“अस्ट्रेलियाभर आज हजारौँ मानिसहरूले आफ्नो रोजगारी गुमाउने छन्। हामी अहिले यहाँ बोल्दै गर्दा उनीहरू सेन्टरलिङ्क बाहिर लाइनमा उभिँदै छन्,” उनले भने।

“केही हप्ता अघिसम्म पनि यस्तो दिन देख्नुपर्ला भनेर कसैले शायदै कल्पना गरेको हुनुपर्छ। आज उनीहरूले रोजगारीबाट आफ्नो हात धोएका छन्, आउँदा दिनहरूमा अझ धेरै मानिसहरू आफ्नो काम गुमाउने पक्का-पक्की छ।”

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now