नेपाल अपडेट: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक शनिवार बिहान पक्राउ परेका छन्। दुवैलाई गौरी बहादुर कार्कीको अध्यक्षतामा बनेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा “हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा” पक्राउ गरिएको बताइएको छ।

A group of South Asian men, including individuals in dark blue police or security uniforms with matching caps escorting an older man wearing a white baseball cap and a light-colored jacket.

Police are investigating whether former Nepal Prime Minister KP Sharma Oli was negligent in ‌failing to prevent dozens of deaths during the Gen Z protests. Source: AAP / Skanda Gautam

बालेन्द्र शाह (बालेन)ले शुक्रवार प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

“दुवै नेतालाई मन्त्रिपरिषद् निर्णय अनुसार पक्राउ गरिएको,” प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले बताए।

पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सरकारले सेप्टेम्बर आठ र नौमा भएका घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा एक आयोग बताएको थियो।

उक्त आयोगले कार्की सरकारलाई प्रतिवेदन बुझाएको थियो। कार्की सरकारले प्रतिवेदन सार्वजनिक नगरेको र कार्यान्वयनमा नलगेको भन्दै विशेष गरी जेन जी अभियन्ताहरूबाट आलोचना भएको थियो।

प्रतिशोधको राजनीति

पछिल्लो समय नेताहरू यसरी पक्राउ परेको घटना खासै नभएको सन्दर्भमा यस घटनाले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ।

दुई नेता पक्राउको घटनालाई राजनीतिक वृत्तले चाहिँ प्रतिशोध र निषेधको राजनीतिको संज्ञा दिएका छन्। विशेष गरी नेकपा एमालेका नेताहरूले यस्तो बताएका हुन्।

पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

“प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,” उनले लेखेका छन्।

“तर उसले चाहे जस्तो हुने छैन।“

Pradeep Gyawali Status 2.png
Credit: Facebook/Pradeep Gyawali

यो समाचार तयार पारेको समयसम्म, नेपाली काँग्रेसले भने पक्राउबारे आधिकारीक धारणा सार्वजनिक गरिसकेको छैन।

प्रतिशोध होइन

गृहमन्त्री सुधन गुरुङले चाहिँ कानूनभन्दा माथि कोही नहुने बताएका छन्।

नेताद्वय ओली र लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, “कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”

Sudan Gurung Status.png
Credit: Facebook/Sudan Gurung

कानूनी परामर्श

पक्राउ हुनु अघि ओलीले कानूनी परामर्श गरेको बताइएको छ।

उनले दुई वरिष्ठ अधिवक्ताहरूलाई निवासमा बोलाएर पक्राउबारे कानूनी परामर्श गरेको बताइएको छ।


2 min read

Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now