नेपालमा गत सालको सेप्टेम्बरमा भएको जेन जी आन्दोलनका क्रममा घटेका घटनाहरूको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो रिपोर्ट बुझाएपछि उक्त दस्ताबेज सार्वजनिक हुनुपर्ने माग जेन जी अभियन्ताहरूको छ। जेन जी आन्दोलनको बलमा सरकार बने लगत्तै उक्त आयोग गठन गरिएको थियो भने प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन बुझेपछि त्यसको निचोड आफ्नै सरकारले सार्वजनिक गर्ने खबरहरू सार्वजनिक भएका थिए। यसै बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलालले पेसाले अधिवक्ता पनि रहेका एक जना जेन जी अगुवा यतिष ओझासँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




