कोभिड-१९: न्यु साउथ वेल्सद्वारा ४४ करोड डलरको घर भाडा राहत प्याकेज घोषणा

ग्लाडिस बेरिजिक्लियन नेतृत्वको राज्य सरकारले व्यावसायिक एवं आवासीय घर भाडा राहत प्याकेजका लागि ४४ करोड डलर खर्चिने बताएको छ।

Residential housing in Sydney's inner east.

Residential housing in Sydney's inner east. Source: AAP

कोरोनाभाइरसद्वारा उत्पन्न विषम अवधिभर न्यु साउथ वेल्समा घर भाडालाई लिएर तनाव उत्पन्न नहोस् भन्ने हेतुले राज्य सरकारले नयाँ योजना अघि सारेको हो।

सोमबार घोषित उक्त नयाँ व्यवस्था अनुसार, कोरोनाभाइरस सङ्कटका कारण आवासीय भाडावालले आफ्नो कुल आयमा २५ प्रतिशतभन्दा बढीको क्षति व्यहोर्नु परे घरधनी र त्यस्ता पीडित भाडावालले विश्वासको आधारमा भाडा तिर्ने बारे कुराकानी गर्नुपर्नेछ।

आगामी ६ महिनासम्मका लागि लागु गरिने उक्त नयाँ सरकारी व्यवस्थामा भाडावालले महामारीबाट प्रभावित भएर भाडा तिर्न नसके, घरधनीले उनीहरूलाई निकाल्न सक्ने छैनन्।

त्यसको बदला न्यु साउथ वेल्स राज्य सरकारले मालपोत करमा छुट दिने बताएको छ जसअनुसार आवासीय घरधनीहरूले २५ प्रतिशतसम्म छुट पाउनेछन् तर त्यो छुट पाउन उनीहरूले आर्थिक सङ्कट भोगिरहेका आफ्ना भाडावाललाई उक्त बचत पास गरी दिनुपर्नेछ।

The NSW government has urged young people to take the COVID-19 pandemic seriously, revealing more than a quarter of the state's coronavirus cases are in people under 29
NSW Treasurer Dominic Perrottet speaks to the media during a press conference in Sydney, Source: AAP

“अहिलेको वास्तविकता भनेको के हो भने, जति धेरै घरधनीले आफ्ना भाडावाललाई हेर्छन् र भाडावाल र घरधनी मिलेर जति धेरै काम गर्छन्, त्यति नै राम्ररी यी दुवै महामारीको अवधिलाई पार गर्न सक्नेछन्,” न्यु साउथ वेल्सका ट्रेजरर डम पेरोटेटले भने।

भाडावाल र घरधनी बिच राम्ररी छलफल भए नभएको नेशनल सिभिल एण्ड एड्मिनिसट्रेटिभ ट्राइब्युनल भनिने राष्ट्रिय नागरिक एवं प्रशासनिक न्यायाधिकरणले हेर्नेछ र उक्त छलफल अवधिको नतिरिएको घर भाडा बेला, पछि फछ्यौट हुने गरी हिसाबमिलान हुने बताइएको छ।

घरधनी र भाडावाल बिच मध्यस्थकर्ता गर्न आवश्यक जनशक्ति भर्नाका लागि राज्य सरकारले एक करोड डलर खर्चिने बताएको छ।

“यो कुराकानी एवं मध्यस्थताको बारेमा हो,” असल नियमन मन्त्री केभिन एण्डसनले भने।

भाडामा बस्ने मानिसहरूको प्रश्नहरूलाई सम्बोधन गर्न सरकारले टेन्यान्ट्स युनियन अफ न्यु साउथ वेल्सका लागि अर्को झन्डै २३ लाख डलर विनियोजन गर्ने पनि बताइएको छ।

Victorian renter Farida has stopped paying her rent.
Some renters have stopped paying their rent. Source: Supplied

“हामीले के गर्न चाहिरहेका छौँ भने, भाडावाल मानिसहरूलाई थाहा होस् कि उनीहरूलाई सहायता उपलब्ध छ र घर जग्गा मालिकहरूका लागि पनि। उनीहरू आफ्ना भाडामा बस्ने मानिसहरू हराउन चाहँदैनन्, साथै भाडावालाहरू पनि जहाँ बस्छन् त्यहाँ बस्न चाहन्छन्,” एण्डसनले भने।

धेरै मानिसहरू आफ्नो वित्तीय प्रतिबद्धताहरू पूरा गर्नका लागि चिन्तित छन् भन्दै आफूहरू भाडावाल र घरधनी दुवैका लागि स्थायित्व कायम रहिरहोस् भन्ने हेतुका साथ काम गरिरहेको पनि उनले बताए।

ट्रेजरर डोमिनिक पेरोटेटका अनुसार योग्य भाडावालहरूलाई घर भाडा बापतको रकम तिर्न बाँकी भएकै लागि कालोसूचीमा राखिने छैन।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

COVID-19 Nepali Infographics
Source: SBS Nepali

Share

3 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now