कोरोना सङ्कट: भिक्टोरियामा पनि घरभाडा लिएर बस्नेलाई “छिट्टै” राहत

आफ्नो उत्तरी छिमेकी राज्य न्यु साउथ वेल्सले व्यावसायिक तथा आवासीय घरभाडा बारे राहत प्याकेज घोषणा गर्दै गर्दा, भिक्टोरियाले त्यस्तै कार्यक्रम लागू गर्ने तयारी गरिरहेको बताइएको छ।

Sunday, April 5, 2020. Andrews has provided an update on Coronavirus matters this morning. Victoria's first weekend since harsher social distancing laws were implemented started with a ban on all but the most basic outdoor activities. (AAP Image/Michael D

Victorian Premier Daniel Andrews addresses the media during a press conference in Melbourne, Source: AAP

भिक्टोरियाली प्रिमियर ड्यानियल एन्ड्रुज ले राज्यका आवासीय तथा व्यावसायिक भाडावालहरूलाई सहयोग पुर्‍याउने प्याकेजबारे आफूले “छिट्टै” घोषणा गर्ने बताएका छन्।

सोमबार मात्रै न्यु साउथ वेल्सका ट्रेजरर डोमिनिक पेरोटेटले आफ्नो राज्यका घरधनीहरूद्वारा उनीहरूका भाडावाललाई २५ प्रतिशत छुट दिए सोही अनुपातको मालपोत कर छुट दिने बताएका थिए।

एण्ड्रुजका अनुसार उनी यसबारे कुनै घोषणा गर्न तत्काल तयार त छैनन्, तर उनको सरकारले यस विषयमा कडा परिश्रम गरिरहेको छ।

“यस महामारीका कारण मानिसहरूको सडकमा बास होस् भन्ने हामी चाहँदैनौँ,” धेरै जनाले जारी कोरोना सङ्कटका कारण आफ्नो रोजीरोटी गुमाएको र त्यसबाट उत्पन्न विषम परिस्थितिका कारण पुरै वा आंशिक रूपमा घरभाडा तिर्न शायद असमर्थ भएको हुनसक्ने बताउँदै स्पष्ट पारे।

भिक्टोरियाली प्रिमियर यस बारेमा राष्ट्रिय मन्त्रिपरिषद्द्वारा मानिसहरूले घरभाडा तिर्न नसकेकै कारण घरधनीहरूले भाडावालहरूलाई घरबाट निष्कासित गर्न नपाउने निर्णय एकदमै महत्त्वपूर्ण भएको पनि उल्लेख गरेका छन्।

कोरोना सङ्कट विरुद्ध लड्न प्रधानमन्त्री स्कट मरिसनद्वारा गठित राष्ट्रिय मन्त्रिपरिषद्मा अस्ट्रेलियाका सबै राज्य तथा प्रादेशिक प्रमुखहरू सहभागी रहेका छन् जसमध्ये ड्यानियल एन्ड्रुज पनि एक हुन्।

हरेक राज्य र प्रदेशमा आवासीय घरभाडा सम्बन्धी आ-आफ्नै नियमहरू हाल विद्यमान रहेकाले ती सबैले उक्त विषयमा आफू अनुकूल नीति निर्माण गर्नुपर्ने पनि राष्ट्रिय मन्त्रिपरिषद्को निर्णय रहेको पनि उनले प्रस्ट्याए।

“हामीसँग चाँडै नै केही घोषणाहरू हुनेछन्,” प्रिमियर एन्ड्रुजले अगाडी भने।

“घरभाडामा लिनेहरूलाई मेरो सन्देश, विशेष गरेर जसले आफ्नो फुल टाइम वा पार्ट टाइम रोजगारीबाट कि त जबसीकर वा जबकीपर भुक्तानीमा जानुपरेको छ, हामी तपाईँहरूलाई सहायता हुने प्याकेज ल्याउनेछौँ र तपाईँहरूका अधिकारहरू सुरक्षित रहेको सुनिश्चित गर्नेछौँ।”

यसका अतिरिक्त, असल घरधनीहरूलाई पनि मर्कामा नपर्ने गरी कार्यक्रम ल्याइने भिक्टोरियाली प्रिमियरले बताए।

“आत्मसन्तोष गरेर निर्धक्क बस्ने समय आएको छैन”

गए राति राज्यभर जम्मा थप १३ जनामा र आइतबार जम्मा ३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएता पनि हाल दङ्ग परिहाल्नु नहुनेमा एन्ड्रुजले जोड दिए।

“भिक्टोरियामा हालसम्म पुष्टि भएका सङ्क्रमणका मामिलाहरू मध्ये १२२ बाहिरबाट आएका मानिसहरूका कारण नभई स्थानीय रूपमा भएको जस्तो देखिन आएको छ,”सङ्क्रमित हुनेको सङ्ख्यामा सुधार देखिएता पनि यो निकै नाजुक अवस्था रहेको कारण खुलाउँदै उनले भने।

यसैबिच सोमबारसम्म भनेर राज्यभर लागू सङ्कटकालको अवधि ड्यानियल एन्ड्रुजले थप ४ हप्ताका आइबार लम्ब्याएका थिए।

आइतबार इस्टरको दिन मात्र भिक्टोरियाभर १५० भन्दा बढी मानिसहरूलाई सामाजिक दुरी सम्बन्धी नियमहरूको पालना नगरेको आरोपमा पुर्जी काटिएको बताइएको छ।

भिक्टोरियामा बस्नुहुन्छ भने तपाईँ निम्न लिखित अवस्थामा मात्र घर बाहिर निस्कन सक्नुहुन्छ:
        • खाद्यान्न तथा अन्य अत्यावश्यक समान खरिद गर्न
        • चिकित्सकीय सेवा वा अरूलाई हेरचाह गर्न
        • रोजगारी वा अध्ययनको लागि वा
        • व्यायाम एवं कसरत गर्न।

यी बाहेक घर बाहिर निस्कँदा प्रहरीले तपाईँलाई १,६५२ डलरसम्म जरिवाना तिर्न पुर्जी काट्न सक्नेछन्।

मार्च २१ यता २०,००० भन्दा बढी छड्के जाँच गरी सकिएको भिक्टोरियामा हालसम्म १४ जनाको कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गइसकेको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8


Share

3 min read

Published

Updated

Source: AAP



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now