आजदेखि थप ६० लाख अस्ट्रेलियाली कोभिड-१९ खोपका लागि योग्य

आजदेखि ६० लाख थप मानिसहरू अस्ट्रेलियामा कोभिड-१९ खोपका लागि योग्य भएका छन्।

General Practices join the Phase 1B COVID-19 vaccine rollout

General Practices join the Phase 1B COVID-19 vaccine rollout Source: Photo by Steven Cornfield on Unsplash

अस्ट्रेलियामा कोरोनाभाइरस विरुद्ध खोप लगाउने प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेसँगै, थप ६० लाख मानिसहरू यसका लागि योग्य भएका हुन्।

"फेज वन बी" नामकरण गरिएको सो चरण सोमबारदेखि देशभर सुरु भएको छ।

७० वर्ष उमेर कटेका अस्ट्रेलियाली, ५५ वर्ष माथिका आदिवासी पृष्ठभूमिका मानिसहरूका साथै अपाङ्गता वा स्वास्थ्य समस्या भएकाहरूले यस चरणमा कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाउनेछन्।

साथै, खोप लगाउन अत्यन्त आवश्यक रहेका वा कोभिड-१९ सङ्क्रमणको उच्च जोखिममा रहेका मानिसहरूले पनि फेज वन बी अन्तर्गत सो खोप लगाउन पाउनेछन्।

डेपुटी चिफ मेडिकल अफिसर माइकल किड भन्छन् कि अस्ट्रेलियाको कोभिड-१९ विरुद्धको लडाँईमा यो एक महत्त्वपूर्ण कोसेढुंगा हो।

"यदि तपाईँ खोप लगाउन योग्य ६० लाख मध्येको एक हुनुहुन्छ भने, कृपया आउँदो केही महिना भित्रमा खोप लगाउनुहोस्," उनले भने।

पहिलो चरण अन्तर्गतको खोप कार्यक्रम पनि अझै अर्को ६ देखि ८ हप्तासम्म जारी रहनेछ।

दोस्रो चरणको खोप कार्यक्रमका लागि १००० भन्दा बढी जीपी क्लिनिकहरूले आफूलाई दर्ता गराइसकेका छन् र आउँदो चार हप्तामा थप ३,५०० क्लिनिकहरू यसमा थपिने छन्।

यसका अलावा थप १०० श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य सेवा प्रदायकहरू कहाँ पनि दोस्रो चरणको खोप लगाउन सकिनेछ।

सरकारी अधिकारीहरुका अनुसार, तपाईँको स्थानीय डाक्टरको क्लिनिकले जोखिमको अवस्था हेरेर तपाईँलाई सम्पर्क गर्नेछ।

यदि तपाईँलाई आफ्नो इलाकामा कहिले र कहाँ खोप लगाउने काम हुँदैछ भनेर जान्न मन छ भने यहाँ थिच्नुहोस्

"आफ्नो पालोको लागि बुकिङ गर्दा धैर्यता अपनाउनुहोस्," प्रोफेसर किडले एबीसी टेलिभिजनसँग कुरा गर्दै भने।

यसका साथै मानिसहरूलाई आउँदो केही महिनामा उपलब्ध हुने फ्लुको खोप लगाउन पनि सम्झाइएको छ।

कोरोनाभाइरस विरुद्धको खोप र फ्लुको खोप लगाउने समयान्तर बारे आफ्नो डाक्टरलाई सोध्नुहोस्।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्नको लागि यो लिङ्क हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

 

 


Share

2 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now