SKIP TO MAIN CONTENT

फिफा विश्वकप २०१८: एसबीएसले बाँकी सम्पुर्ण खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने

Fifa 2018
Source: SBS

1 min read

Published

Updated



Skip to article content

यसपालीको विश्वकपका बाँकी सबै खेलहरु अप्टसका साथसाथै एसबीएसले पनि प्रतियोगता अवधिभर नै गर्ने भएको छ। यसको प्रसारण तपाईंले आफ्नो टिभी, मोबाइल, ट्याब्लेट तथा कम्प्युटर जुनसुकै माध्यमहरुबाट नि:शुल्क अस्ट्रेलिया भरि नै हेर्न सक्नुहुनेछ।

एसबीएसका कार्यकारी निर्देशक माइकल एबिद भन्छन्, "हामीलाई यो खबर सुनाउन पाउँदा अत्यन्तै खुशी लागेको छ कि अप्टसका साथसाथै एसबीएसले पनि फिफा विश्वकप २०१८का सम्पूर्ण खेलहरु अब प्रतियोगता अवधिभर नै प्रत्यक्ष प्रसारण गर्ने छ। ८० लाख अस्ट्रेलियनहरुले अहिलेसम्म एसबीएसको प्रसारणबाट लाभ उठाईसक्नु भएको छ र अब यो प्रतियोगता अवधिभर नै जारी रहने छ भन्ने हाम्रो आसा छ।

एसबीएसले हरेक साँझ ५:३० देखि मस्कोको रेड स्क्वेर स्थित आफ्नो स्टुडियोबाट खेलहरुको हाईलाइट्स् "फिफा वर्ल्डकप लाइभ" मार्फत गरिरहेको छ भने हरेक बिहानी ६:३० देखि राती भएका खेलहरुको पुन:प्रसारण गर्दै आएको छ।

आज रातीबाट समुह चरणका सम्पुर्ण खेलहरु पुरा हुनेछ र भोलि राति देखि नक्-आउट चरणका खेलहरु सुरु हुनेछ।

अप्टस्बाट आफ्नो रकम फिर्ता पाउने बारे जानकारी यहाँ छ: https://offer.optus.com.au/optussportrefund/ 



Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now