यसपालीको विश्वकपका बाँकी सबै खेलहरु अप्टसका साथसाथै एसबीएसले पनि प्रतियोगता अवधिभर नै गर्ने भएको छ। यसको प्रसारण तपाईंले आफ्नो टिभी, मोबाइल, ट्याब्लेट तथा कम्प्युटर जुनसुकै माध्यमहरुबाट नि:शुल्क अस्ट्रेलिया भरि नै हेर्न सक्नुहुनेछ।
एसबीएसका कार्यकारी निर्देशक माइकल एबिद भन्छन्, "हामीलाई यो खबर सुनाउन पाउँदा अत्यन्तै खुशी लागेको छ कि अप्टसका साथसाथै एसबीएसले पनि फिफा विश्वकप २०१८का सम्पूर्ण खेलहरु अब प्रतियोगता अवधिभर नै प्रत्यक्ष प्रसारण गर्ने छ। ८० लाख अस्ट्रेलियनहरुले अहिलेसम्म एसबीएसको प्रसारणबाट लाभ उठाईसक्नु भएको छ र अब यो प्रतियोगता अवधिभर नै जारी रहने छ भन्ने हाम्रो आसा छ।
एसबीएसले हरेक साँझ ५:३० देखि मस्कोको रेड स्क्वेर स्थित आफ्नो स्टुडियोबाट खेलहरुको हाईलाइट्स् "फिफा वर्ल्डकप लाइभ" मार्फत गरिरहेको छ भने हरेक बिहानी ६:३० देखि राती भएका खेलहरुको पुन:प्रसारण गर्दै आएको छ।
आज रातीबाट समुह चरणका सम्पुर्ण खेलहरु पुरा हुनेछ र भोलि राति देखि नक्-आउट चरणका खेलहरु सुरु हुनेछ।
२०१८ विश्वकप सम्बन्धी थप सामाग्री:

फिफा विश्वकप २०१८: ब्राजील, फ्रान्स र जर्मनी प्रमुख दावेदार भन्छन उपकप्तान विक्रम लामा