SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: विद्यार्थी सङ्क्रमित भएपछि सिड्नीमा एक विद्यालय बन्द

सार्वजनिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि दोस्रो शैक्षिक सत्र सुरु भएको केही दिन भित्रै उक्त विद्यालय पुनः बन्द भएको छ।

Sydney's Warragamba School
Sydney's Warragamba School Source: Google Maps

2 min read

Published



Skip to article content

एक विद्यार्थीलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि वारागम्बा पब्लिक स्कूललाई राम्ररी सरसफाइ गर्न तथा कन्ट्याक्ट ट्रेसिङ्गका लागि भनेर बन्द गरिएको हो।

“राज्यको शिक्षा विभागलाई न्यु साउथ वेल्स हेल्थद्वारा दिइएको जानकारीमा एक विद्यार्थीलाई कोभिड-१९ सङ्क्रमण भएको बताइएको छ,” उक्त स्कुलको वेबसाइटमा जारी एक वक्तव्यमा उल्लेख छ।

“कन्ट्याक्ट ट्रेसिङ्ग र सरसफाइ गर्नका लागि कर्मचारी तथा विद्यार्थीहरू स्कुल हातामै उपस्थिति भएर गरिने क्रियाकलाप हाललाई सञ्चालन हुने छैनन्।”

उक्त सूचनाका अनुसार स्कूलले ती सङ्क्रमित विद्यार्थीको सम्पर्कमा आएका अन्य सबै विद्यार्थी तथा कर्मचारीहरूलाई तोकिएको अवधि क्वारेनटिनमा बस्न भनिने बताएको छ भने स्कुल पुनः सञ्चालनमा कहिले आउने भन्नेबारे मङ्गलवार थप जानकारी दिइने छ।

आइतबार मात्र उत्तरी मेलबर्न स्थित एप्पिङ्गको एक विद्यालयमा सङ्गीत शिक्षिकालाई कोभिड-१९ सङ्क्रमण भएको भिक्टोरिया राज्यका अधिकारीहरूले पुष्टि गरेका थिए।

आइबार मिडियाकर्मीहरूसँग बोल्दै भिक्टोरियाली स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले उक्त मीडोग्लेन प्राथमिक विद्यालय आगामी बुधवारसम्मका लागि सरसफाइका निमित्त बन्द हुने बताएकी थिइन्।

Victorian Health Minister Jenny Mikakos speaks to media during a press conference at the Department of Health and Human Services offices in Melbourne, Monday, March 2, 2020. An update has been provided Corona Virus. (AAP Image/James Ross) NO ARCHIVING
Victorian Health Minister Jenny Mikakos. Source: AAP

सङ्घीय सरकारले विद्यालयहरू सुचारु हुनुपर्ने बताउँदै गर्दा यी पछिल्ला दुई सङ्क्रमणका घटनाहरू बाहिर आएका हुन्।

आइतबार मात्र पनि एबीसी टिभीको इन्साइडर्स कार्यक्रममा बोल्दै केन्द्रीय शिक्षा मन्त्री ड्यान टिहानले भिक्टोरियाली प्रिमियर ड्यानियल एण्ड्रुजको हाललाई स्कुलहरू बन्दै राखेर दूर शिक्षा मार्फत पठनपाठन गर्ने निर्णयको आलोचना गरेका थिए।

उक्त अवसरमा टिहानले एण्ड्रुज माथि भिक्टोरियाली स्कुल व्यवस्थालाई ध्वस्त गरेको आरोप लगाए पनि त्यसको केही घण्टा भित्रै आफ्नो भनाई फिर्ता लिन बाध्य भए।

आफ्नो गृह राज्यका स्कूलहरूले कक्षाकोठामा प्रत्यक्ष अध्ययन-अध्यापन सुरु नगरेका कारण बिहान आफ्नो निराशा पोखिएको उनले एक विज्ञप्ति मार्फत आइतबार दिउसो स्पष्टोक्ति दिएका थिए।

60ee1f03-8fb5-4520-832e-0a0480e695e0

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now