डढेलोका कारण ठुलो क्षति हुनसक्ने बारे सिड्नीवासीलाई चेतावनी

नजिकैका क्षेत्रहरूमा गएका केही महिना देखि नै व्यापक रूपमा लागेको डढेलोका कारण धुवाँ र धुलोको अभूतपूर्व मार खप्नु परेको सिड्नीवासीलाई आगलागीका घटनाका कारण थप समस्या आउने बताइएको छ।

Transport NSW workers wear masks as smoke haze from bushfires blankets Sydney

Transport NSW workers wear masks as smoke haze from bushfires blankets Sydney Source: AAP

फायर एण्ड रेस्क्यु न्यु साउथ वेल्सका एक पूर्व आयुक्त ग्रेग मलिन्सले आउँदा दिनहरूमा स्थिति झन् बिग्रने भन्दै सिड्नीवासीलाई आगजनीका घटना बारे थप सचेत रहन चेतावनी दिएका हुन्। 

 

सन् २००३ देखि २०१७ सम्म लगातार १४ वर्ष न्यु साउथ वेल्सका अग्नि तथा उद्धार सेवाका प्रमुख पदमा रहेर काम गरेका मलिन्सका अनुसार यो वर्ष सिड्नीले डढेलो एवं आगजनीका कारण सन् १९९४ यताकै सबैभन्दा बढी विनाश देख्न सक्नेछ।

 

सन् १९९४ को भयानक  ‘बुशफायर’ मौसमका बखत सिड्नीका विभिन्न सबर्बहरूमा अवस्थित २२५ घरहरू पूर्णरुपले ध्वस्त हुनुका साथै चारजनाले आफ्नो ज्यान गुमाएका थिए।

 

“तापक्रम बढ्दै जाने र त्यसको साथ सुक्खा पर्दै जाने हुँदा स्थिति अझ खराब हुनेछ र अर्थपूर्ण वर्षा हुने योग पनि छैन,” उनले भने।

 

“अहिले राज्यका विभिन्न ठाउँहरूमा भीषण डढेलोहरू यथावत् छन् जसलाई नियन्त्रण गर्न ठुलो वर्षाको सहयोग अपरिहार्य छ। आउँदा दिनहरूमा यी डरलाग्दा रूप लिएर सिड्नी,  साउथ कोस्ट र सेन्ट्रल कोस्टका घरहरूसम्मै आइपुग्नेछन्।”

 

यो भन्दा अगाडी धेरै जसो हानी ब्लु माउण्टेन्स, सदरल्याण्ड, वारिङ्गाह र लेन कोभ जस्ता क्षेत्रीय र ग्रामीण इलाकामा मात्र सीमित हुन्थ्यो। आगो सिड्नीसम्म आइपुगेकै छैन, मानिसहरू तयारी अवस्थामा बसे हुन्छ,” मलिन्सले चेतावनी दिँदै भने।

हालसम्म यस डढेलो मौसमको अवधिभर न्यु साउथ वेल्स राज्यमा मात्रै ६८० भन्दा धेरै घरहरू ध्वस्त भइसकेका छन् भने ६ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।

 

यो डढेलो मौसममा मात्र २० लाख हेक्टर भन्दा बढी जमिन आगलागीबाट प्रभावित भैसकेको छ भने सिड्नीको उत्तर पश्चिमी इलाकामा ‘मेगाफायर’ भनिएको एकदमै ठुलो प्रकारको डढेलो दन्किरहेको स्थिति छ।

 

मलिन्सका अनुसार विगत केही महिना यतादेखि आगलागीका घटनासँग जुझिरहेका दमकलकर्मी तथा अन्य स्वयंसेवक अग्निनियन्त्रकहरु अहिले निकै थाकिसकेका छन्।  

 

प्रचण्ड गर्मी हुने ज्यान्वरी र फेब्रुअरी आइपुग्दासम्म उनीहरू कस्तो स्थितिमा पुग्लान् भनेर आफू निकै चिन्तित रहेको पनि उनको भनाइ छ।


2 min read

Published

Updated

Source: AAP




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now