विदेशबाट फर्कन चाहने अस्ट्रेलियालीलाई टिकट किन्न सरकारी सहयोग

कोरोनाभाइरसका कारण विदेश मै अड्केर बस्न बाध्य अस्ट्रेलियालीहरूलाई सङ्घीय सरकारले सहायता स्वरूप ऋण उपलब्ध गराउने भएको छ।

Australian News in Sinhala on 04 Nov: TGA recognised two additional COVID-19 vaccines for the purposes of international travel

Returning passengers from a special Nepal Air flight repatriating Australian and New Zealanders from overseas (AAP Image/Dan Peled) NO ARCHIVING Source: AAP

अघिल्लो हप्ता संसद्मा कोरोनाभाइरसका कारण विदेश मै अड्केर बस्न बाध्य अस्ट्रेलियालीहरू बारे सोधिइएको एक प्रश्नको जवाफ दिने क्रममा परराष्ट्र मन्त्री मरिस् पेनले आर्थिक रूपमा कमजोर तथा असुरक्षित अस्ट्रेलियालीहरू लक्षित एक कार्यक्रमको घोषणा गरेकी हुन्।

पेनका अनुसार गत बुधवार घोषणा गरिएको सो योजना हाल जारी ट्राभेलर इमर्जेन्सी लोन्स प्रोग्राम नामको यात्रु आपतकालिन ऋण कार्यक्रमकै विस्तृत रूप हुनेछ।

"यी एक चोटिका लागि प्रदान गरिने ऋणले आपतकालिन रूपमा जीवनयापन गर्न आवश्यक पर्ने रकम उपलब्ध गराउने छ जुन मानिसहरू अस्ट्रेलिया फिर्ता हुन सक्षम नभएसम्म उपलब्ध हुनेछ,"उनले भनिन्।

"अस्ट्रेलिया फर्कन हवाई टिकट किन्न पनि ऋणहरू उपलब्ध छन्।"

तर, मानिसहरूले यसरी सरकारी ऋण लिन कडा योग्यता आवश्यकताहरू पुरा गरेको हुनुपर्ने बताइएको छ - जस्तो कि उनीहरूले अस्ट्रेलिया फर्कन हर सम्भव प्रयास गरेको प्रमाण।

पेनले सङ्घीय संसद्लाई बताए अनुसार कोरोनाभाइरस महामारी सुरु भए यता हालसम्म झन्डै ३ लाख ७९ हजार अस्ट्रेलियालीहरू स्वदेश फर्किसकेका छन्।

यसै गरी वैदेशिक मामिला तथा व्यापार मन्त्रालय (डिफ्याट) सँग लगभग ३० हजार मानिसहरू विदेशी भूमिमा अझै रहेको तथ्याङ्क छ जसमध्ये करिब २०,००० ले देश फर्किन चासो देखाएको परराष्ट्र मन्त्रीको भनाई छ।

मन्त्री पेनले घोषणा गरेको ऋण सहायता कसले पाउन सक्छ त?

डिफ्याटका अनुसार सो ऋण साहयताका लागि निम्न योग्यता हुनुपर्नेछ:

  • अस्ट्रेलियाली नागरिक
  • पीआर धारकहरू यस ऋण सहायताका लागि योग्य नभएता पनि अस्ट्रेलियाली नागरिक रहेका आफ्नो निकटका सम्बन्ध भएका परिवारजनसँग फर्किने भए र सो नागरिकले आर्थिक सहयोगका लागि दिएको आवेदनमा ती पीआर धारकको नाम समावेश हुनुपर्नेछ
  • फर्किने परिवारमा अस्ट्रेलियाली नागरिकका रूपमा बालबालिका मात्रै रहेको र तिनका अभिभावक पीआर धारक रहेको अवस्थामा भने ती अभिभावकले अस्ट्रेलियासँगको गहिरो सम्बन्ध छ भनेर प्रमाणित गर्नुपर्नेछ - जस्तै अस्ट्रेलिया रहेको आवासीय सम्पत्ति
  • १८ वर्षभन्दा बढी उमेर हुनुपर्नेछ
  • आवेदन दिने मानिसले आर्थिक सहयोगका लागि व्यावहारिक प्रयास गरेको हुनुपर्नेछ र यस्तो कदमको प्रमाण दिनुपर्नेछ।

माथि उल्लेखित योग्यता बाहेक मरिस पेनद्वारा घोषित सो ऋण सहायताका लागि थप रूपमा, तपाईँले निम्न मापदण्ड मध्ये एक वा बढी पूरा गर्न आवश्यक छ:

  • तपाईँ विदेशमा अस्थायी रूपमा हुनुहुन्छ र चिकित्सा वा अन्य कारणहरूको लागि तुरुन्तै अस्ट्रेलिया फर्कनु पर्ने भएको छ
  • कोभिड-१९ को कारण जारी यात्रा अवरोधहरूको परिणामस्वरूप आर्थिक सङ्कटबाट गुज्रिरहनुभएको छ
  • तपाईंले बस्ने स्थान सुरक्षित गर्न सक्नुभएको छैन वा अस्ट्रेलिया फर्कनको लागि टिकट खरिद नगरुन्जेल आश्रय स्थलमा बस्नका लागि आर्थिक सहयोग आवश्यक परेको छ
  • यात्रा प्रतिबन्ध भएको वा कुनै पनि व्यावसायिक हवाई सेवा उपलब्ध नभएको स्थानमा अड्किनु भएको छ

१ लाख अस्ट्रेलियालीहरू अझै विदेशमा नै अल्झेर बस्न बाध्य

हाल प्रति सप्ताह ४ हजारका दरले अस्ट्रेलियामा अन्तर्राष्ट्रिय आगमन सङ्ख्या तोकिएको छ र सरकारी आँकडा भन्दै झन्डै चौबर मानिसहरू विदेशी भूमि अड्किन बाध्य रहेको दि बोर्ड अफ एयर लाइन रिप्रेसेन्टेटिभ्स अफ अस्ट्रेलियाले बताएको छ।

सो संस्थाका अनुसार हाल लगभग १ लाख अस्ट्रेलियालीहरू अझै विदेशमा नै अल्झेर बस्न बाध्य छन्।

यही क्रममा नेदरल्यान्डमा जन्मेका अस्ट्रेलियाली नागरिक पिटर डेन हेटेनले रिमुभदिक्याप डट कम नामक एक वेबसाइट सुरु गरेका छन् ।

उक्त वेबसाइटले संसारभर कहाँ-कहाँ कति अस्ट्रेलियालीहरू घर फर्किन नपाएर त्यसै बस्न बाध्य छन् भनेर एक अन्तरक्रियात्मक नक्सामा देखाउँछ।

केही हप्ता अघि मात्रै सुरु भएको सो वेबसाइटमा हालसम्म ४० देशमा रहेका २,१०० भन्दा बढी मानिसहरूले आफ्नो "कथा" राखिसकेका छन्।

Removethecap.com
Source: Removethecap.com

डेन हेटेनको सो वेबसाइटले एक अर्को सोही प्रकारको पहल - प्यासेन्जरक्याप्स डट इन्फोसँग सहकार्य गरेको बताएको छ।

प्यासेन्जरक्याप्स डट इन्फोको उद्देश्य भने अस्ट्रेलियालीहरूलाई घर फर्केर सार्वजनिक समर्थन प्राप्त गर्नका लागि यस मुद्दाको गम्भीरता प्रदर्शन गर्नु हो।

यसै गरी, सिड्नी मर्निंग हेराल्डको एक रिपोर्ट अनुसार सरकारले असन्तुष्ट अस्ट्रेलियालीहरूलाई घर फर्कन सहयोग हुने गरी योजना तयारी गरिरहेको छ।

अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c
0c8f5ba4-f9d6-418f-b76c-b93a2e6f4008


Share

4 min read

Published

Updated

By Zoe Osborne




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now