"कोभिड मन्दी": अब के होला?

Nhiều doanh nghiệp phải đóng cửa vì đại dịch.

Nhiều doanh nghiệp phải đóng cửa vì đại dịch. Source: Getty Images

सङ्घीय ट्रेजरर जोस फ्राईडेनबर्गले केही दिन अघि आधिकारिक रूपमै अस्ट्रेलिया आर्थिक मन्दीमा प्रवेश गरेको घोषणा गरे पनि देशको अर्थतन्त्र यतिको मात्राले घट्ने अनुमान चाहिँ धेरैले गरेका थिएनन्।


गत बुधवारदेखि देशका सञ्चार माध्यामहरुमा ठुलो बहसको विषय बनेको छ - राष्ट्रिय अर्थतन्त्र र तीन दशक यताकै पहिलो आर्थिक मन्दी।

अस्ट्रेलियाली तथ्याङ्क विभाग - एबीएसद्वारा सार्वजनिक गरिएको आँकडा अनुसार जुन महिनासम्मको त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र ७ प्रतिशतले र त्यस भन्दा अगाडीको तीन महिनामा देशको कुल गृहस्थ उत्पादन ०.३ प्रतिशतले घटेको थियो।

साथै अब क्रिसमससम्मको समय भित्र थप ४ लाख मानिसहरूले आफ्नो जागिर गुमाउने पनि अनुमान गरिएको छ।

२८ वर्षमा पहिलो पटकको यस्तो आर्थिक मन्दीबारे संसद्मा बोल्दै प्रधानमन्त्री स्कट मोरिसनले बुधवारका दिन अस्ट्रेलियाको लागि एकदमै नराम्रो साबित भएको बताए।

तर कोरोनाभाइरसका कारण विश्वभर सिर्जना गराएको सङ्कटले यो दिन आउनेमा कुनै दुईमत नरहेको पनि मोरिसनको भनाइ थियो।

त्यस्तै भनाइ ट्रेजरर जोस फ्राईडेनबर्गको पनि रहेको थियो।

उनले पछिल्लो आर्थिक सङ्कटलाई "कोभिड मन्दी" को संज्ञा दिएका छन् र यसको मतलब लगातार २८ वर्षसम्म अस्ट्रेलियाली अर्थतन्त्रमा देखिएको वृद्धि आधिकारिक रूपमा अन्त्य भएको उनले बताए।

विशेष गरी कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरूले अत्यावश्यक बाहेकका खर्च गराउने सेवाहरूमा व्यापक असर परेको देखिएको छ, जस्तो कि लुगा-फाटा, आयात र निर्यात।

पसलहरूमा गर्ने मानिसहरूको खर्च घट्नुको मतलब, परिवारहरूले बचत गरेको रकमको मात्रामा १९.८ प्रतिशतले वृद्धि भएको छ जुन सन् १९७४ पछिकै सबैभन्दा धेरै हो।

विपक्षी लेबर पार्टीका छाया मन्त्री जिम चाल्मर्सले चाहिँ अरू देशको तुलनामा अस्ट्रेलियाली अर्थतन्त्र बलियो रहेको भनेर बताउनु गलत भएको जोड दिन्छन्।

यसले सङ्कटमा परेका अस्ट्रेलियालीहरू माथि सरकारले ध्यान नदिएको देखाउने उनी बताउँछन्।

Labor's Treasury spokesman Jim Chalmers
Labor's Treasury spokesman Jim Chalmers Source: SBS

त्यसै गरी विपक्षी नेता एन्थनी अल्बनेजीले चाहिँ मोरिसन सरकारद्वारा कोरोनाभाइरस अन्तर्गतका आर्थिक भुक्तानी - जबकीपर र जबसीकर योजनालाई घटाउने मोरिसन सरकारको निर्णय माथि प्रश्न गरेका छन्।

यस्तो कदम चाल्नु अहिले उपयुक्त समय नभएको उनको भनाइ प्रति प्रधानमन्त्रीको प्रतिक्रिया यस्तो थियो।

आप्रवासीहरूको महत्त्व

New migrants are still in challenge in COVID 19 situation (Image representational)
New migrants are still in challenge in COVID 19 situation Source: AAP

तर सरकार र विपक्षी दुवै पक्षले देशको अर्थतन्त्र उकास्न आप्रवासीहरूको महत्त्व रहेको चाहिँ स्वीकार गरेका छन्।

यसका साथ कोरोनाभाइरसका कारण हाल विदेशीहरूलाई अस्ट्रेलिया प्रवेश गर्न रोक लगाइएता पनि देशको लागि खाँचो रहेका १७ भिन्न पेसामा दक्षता रहेका आप्रवासीहरूलाई चाहिँ भिसा प्रदान गर्ने घोषणा सरकारले गरेको छ।

मनोचिकित्सकदेखि, जनरल प्राक्टिश्नर (जीपी) सुँडेनी, नर्स, चिकित्सक र सफ्टवेयर इन्जिनियर लगायतकालाई प्राथमिकता दिइने कार्यवाहक अध्यागमन मन्त्री एलन टज को भनाइ छ।

अध्यागमन सम्बन्धी लेबरकी छाया मन्त्री क्रिस्टिना कनेलीले चाहिँ देशमा कमी रहेका दक्ष कामदारहरूको सङ्ख्या सुधार्न सरकारसँग उपयुक्त योजना नरहेको आरोप लगाएकी छन्।

कामदारहरूको कमी रहेका पेसाहरूमा अस्ट्रेलियालीहरूको संलग्नता बढाउन सरकारले के गर्ने बारे सोच्न जरुरी रहेको उनले बताइन।

यसैक्रममा ट्रेजरर जोस फ्राईडेनबर्गले चाहिँ देशको अर्थतन्त्रमा सुधार हुन लामो समय लाग्न सक्ने बताएका छन्।

पहिलेका भन्दा यो आर्थिक मन्दी फरक रहेको भन्दै आगामी दिनहरूमा मानिसहरू थप सङ्ख्यामा काममा फर्कन पाएको आफूले हेर्न चाहेको फ्राईडेनबर्ग बताउँछन्।

प्रधानमन्त्री स्कट मोरिसनले पनि अर्थतन्त्र सुध्रिने बारे आफू विश्वस्त रहेको बताएका छन्।

अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c
0c8f5ba4-f9d6-418f-b76c-b93a2e6f4008


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now