अस्ट्रेलियाको नागरिकता लिने सोचमा हुनुहुन्छ भने तपाईँले कसलाई साथी बनाउनु पर्छ त?

अस्ट्रेलियन नागरिकताको निवेदन दिन तपाईँको कोसँग चिनजान छ भन्ने कुरामा निर्भर हुनसक्छ - तर कसरी?

A composite image of a group of six people of different ages and ethnicities holding up citizenship certificates on a background with he Australian flag and five people representing different professions.

You may hit a hurdle in your Australian citizenship application if you haven't known the right people for long enough. Source: SBS

अस्ट्रेलियन नागरिकता लिने तयारी गर्दै हुनुहुन्छ? त्यसको लागि के गर्नुपर्छ त?

तपाईँले चिनेजानेको एक जना यस्तो व्यक्ति हुनुपर्छ, जसले तपाईँ को हो भनेर भनिदिनुपर्छ।

यसको लागि उनीहरूले तपाईँको पहिचान सम्बन्धी 'आइडेन्टिट डिक्लेरेसन फर्म' र फोटो प्रमाणित गरिदिनुपर्छ।

सुन्दा सामान्य लाग्छ, तर तपाईँले चिने जानेका साथीहरू मध्ये कोही पनि तपाईँको बारेमा भन्दिन नसक्ने भए भने अस्ट्रेलियन नागरिकता लिने योजनामा धक्का लाग्न सक्छ।

त्यसो भए अस्ट्रेलियन नागरिकता लिनको लागि तपाईँको पहिचान कसले प्रमाणित गरिदिन सक्छ त?

सबैभन्दा पहिला त उक्त व्यक्ति अस्ट्रेलियन नागरिक हुनुपर्‍यो।

तपाईँको जन्मसिद्ध कुनै पनि नातेदार हुनुभएन। तपाईँसँग विवाह अथवा 'डी फ्याक्टो' सम्बन्धमा भएका पनि हुनुभएन र सजिलैसँग जुन सुकै दिनमा पनि फोन सम्पर्क गर्न सकिने व्यक्ति हुनुपर्छ।

अनि उनीहरूले तपाईँलाई कमसेकम एक वर्षदेखि चिनेको हुनुपर्छ। र यी ३९ मध्यको कुनै एक पेशामा हुनुपर्छ।

  • अस्ट्रेलियन कन्सुलर वा डिप्लोम्याटिक अफिसर अर्थात् कूटनीतिक अधिकारी 
  • कानूनी अधिकारी 
  • ब्याङ्क अफिसर 
  • बिल्डिङ सोसाइटी अफिसर 
  • काइरोप्र्याक्टर 
  • अदालतमा काम गर्ने क्लर्क अफ कोर्ट 
  • कमिस्नर फर एफिडेभिट् 
  • कमिस्नर फर डिक्लेरेसन
  • क्रेडिट युनियन अफिसर 
  • डेन्टिस्ट
  • फेलो अफ द नेस्नल ट्याक्स एन्ड एकाउन्टेन्ट एसोसिएसन 
  • फाइनान्स कम्पनी अफिसर 
  • जज् अफ अ कोर्ट अर्थात् अदालतका न्यायाधीश
  • जस्टिस अफ द पीस 
  • लिगल प्राक्टिस्नर
  • म्याजिस्ट्रेट
  • म्यारिज सेलिब्रेन्ट 
  • मास्टर अफ अ कोर्ट 
  • मेडिकल प्राक्टिस्नर 
  • चार्टर्ड सेक्रेट्रिज अस्ट्रेलियाका सदस्य
  • इन्जिनियर्स अस्ट्रेलियाका सदस्य (विद्यार्थी बाहेक) 
  • एसोसिएसन अफ ट्याक्सेसन एन्ड म्यानेज्मेन्ट अकाउन्टेन्ट्सका सदस्य
  • अस्ट्रेलियन डिफेन्स फोर्सका सदस्य
  • इन्स्टिच्युट अफ चार्टर्ड  अकाउन्टेन्ट्स इन अस्ट्रेलिया, अस्ट्रेलियन सोसाइटी अफ सर्टिफाइड प्राक्टिसिङ अकाउन्टेन्ट्स वा इन्स्टिच्युट अफ पब्लिक  अकाउन्टेन्ट्सका सदस्य
  • सङ्घीय, राज्य वा प्रादेशिक संसद वा स्थानीय सरकारका सदस्य
  • मिनिस्टर अफ रिलिजन
  • नर्स 
  • अप्टोमेट्रिस्ट
  • कमनवेल्थ, राज्य वा स्थानीय सरकारका स्थायी कर्मचारी 
  • अस्ट्रेलिया पोस्टका स्थायी कर्मचारी 
  • फार्मसिस्ट 
  • फिजियोथेरापिस्ट 
  • पुलिस अफिसर 
  • साइकोलोजिस्ट अर्थात् मनोवैज्ञानिक 
  • रजिस्टर्ड माइग्रेसन एजेन्ट 
  • अदालतको रजिस्ट्रार वा डेप्युटी रजिस्ट्रार
  • शेरिफ
  • स्कुल वा टर्शरी शैक्षिक संस्थाका शिक्षक (फुल टाइम) 
  • भेटेरिनरी सर्जन

उनीहरू कुन क्षेत्रमा काम गर्छन् त्यसकै आधारमा पाँच वर्ष वा त्यो भन्दा बढी लगातार काम गरेको अनुभव हुनुपर्छ।

यदि तपाईँले ६ वर्ष भन्दा कम उमेरको बच्चाको नागरिकता निवेदन दिँदै हुनुहुन्छ भने उक्त बच्चाको पहिचान प्रमाणित गर्ने व्यक्तिले उनलाई १२ महिनाभन्दा कम समयको लागि चिनकोे भए पनि हुन्छ।

तर निवेदन दिने समयमा अस्ट्रेलियामा हुनुहुन्न भने के गर्ने त?

अस्ट्रेलिया बाहिरबाट नागरिकताको लागि निवेदन दिँदै हुनुहुन्छ र कोही अस्ट्रेलियन नागरिक चिन्नुहुन्न भने पनि नआत्तिनुहोस्।

तपाईँ जुन देशमा बसिरहनुभएको छ, सोही देशमा बसिरहेका नागरिकले पनि प्रमाणित गरिदिन सक्छन्। तर ती व्यक्तिले तपाईँलाई एक वर्ष भन्दा धेरै समय देखि चिनेको भने हुनुपर्छ।

ती व्यक्तिको पनि तपाईँसँग जन्मसिद्ध, वैवाहिक वा डी फ्याक्टो सम्बन्ध हुनुभएन। योसँगै उनी माथिका ३९ मध्यको कुनै एक पेशामा काम गरिरहेको हुनुपर्छ।

अस्ट्रेलियन नागरिकता लिनको लागि कति पैसा लाग्छ त?

तपाईँको आफ्नो अवस्था अनुसार अस्ट्रेलियन नागरिकताको निवेदन प्रक्रियामा ५६० डलरसम्म लाग्न सक्छ।

यसमा लाग्ने शुल्कको सुची यहाँ पाउन सक्नुहुन्छ।

वंशजको आधारमा वा कसैले सन्तान मानेको (धर्म सन्तान) बाहेक अरू अवस्थामा दिइएको नागरिकता निवेदनलाई 'कन्फेरल' हुन्छ।

तपाईँ १८ देखि ५९ वर्षको हुनुहुन्छ र कन्फेरलबाट नागरिकता निवेदन दिँदै हुनुहुन्छ भने 'सिटिजनशिप टेस्ट' भन्ने नागरिकता सम्बन्धी परीक्षा पास गर्नुपर्छ।

यस परीक्षाको लागि कुनै छुट्टै शुल्क भने बुझाउनु पर्दैन। यो निवेदनको प्रक्रिया शुल्क भित्रै पर्छ।

यदि तपाईँले सिटिजनशिप टेस्ट दिन नपरेमा, सिधै गृह मामिला विभाग अर्थात् डिपार्टमेन्ट अफ होम अफेयर्ससँग अन्तरवार्ता दिनु पर्ने हुन सक्छ। त्यसको लागि विभागले तपाईँलाई सम्पर्क गर्ने छन्।

अस्ट्रेलियन सिटिजनशिप टेस्ट कत्तिको गाह्रो छ त?

अस्ट्रेलियन सिटिजनशिप टेस्ट पास गर्न यी तीन कुरामा ध्यान दिनुपर्छः

  • मल्टिपल चोइसका २० वटा प्रश्न-उत्तर 
  • अस्ट्रेलियन मूल्यमान्यता (अस्ट्रेलियन भ्याल्युज) बारेमा पाँच वटै प्रश्नको सही जवाफ दिनुपर्छ, र  
  • कम्तीमा ७५ प्रतिशत सही जवाफ हुनुपर्छ।  

तर पछिल्ला वर्षहरूमा पास हुनेको सङ्ख्या भने घटेको छ।

सन् २०१९ मा ८७ प्रतिशत पास भएका थिए भने सन् २०२१ मा ६८ प्रतिशत मात्र पास भए।

सिटिजनशिप टेस्टको तयारीका लागि अस्ट्रेलियन सिटिजनशिप: आवर कमन बन्ड बुक्लेट र यसै सम्बन्धी पोडकास्टका सामाग्रीहरू सहयोगी हुन सक्छन्।

यो परीक्षा हाल अङ्ग्रेजीमा मात्र उपलब्ध छ।

तर परीक्षा कसरी लिने त भन्नेबारे धेरै सुझाव आएका छन्। त्यसमध्ये एक 'मल्टिकल्चरल फ्रेमवर्क रिभ्यु'ले अङ्ग्रेजी बाहेक अन्य भाषामा पनि सजिलै पहुँच हुने गरी परीक्षा लिन सुझाव दिएको छ।

नागरिकताको आवेदन प्रक्रिया कति लामो हुन्छ त?

यो तपाईँको अवस्था अनुसार फरक हुन्छ।

कन्फरलका आधा भन्दा बढी निवेदनको प्रक्रिया ६ महिना भित्रै सकिने गरेका छन् भने १० महिनामा ९० प्रतिशतको निर्णय आउँछ।

वंशजको आधारमा नागरिकता लिँदा भने ५० प्रतिशत निवेदकको ७९ दिनभित्रै निर्णय आउँछ भने पाँच महिनासम्म ९० प्रतिशतले निर्णय पाउँछन्।


Share

4 min read

Published

By Amy Hall

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now